सरकारले गोरखापत्र संस्थानको व्यवस्थापन, आर्थिक एवम प्रिन्टिङ सल्लाहकारमा रामकृष्ण अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पनि हुन् ।
मेरोन्यूज डटकमका सम्पादक समेत रहेका अधिकारीलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र सस्थान ऐन, २०१९ को दफा १४ को उपदफा १ बमोजिम नियुक्त गरेको हो ।
बैठकले संस्थानकै कानुनी सल्लाहकारमा सुशीला चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।
उनीहरू दुबै जनाको कार्यकाल दुई वर्ष रहेको छ ।