पहिलो बन्ने होडमा संवेदनशीलता नगुमाउन मिडियालाई प्रेस काउन्सिलको आग्रह

पहिलो बन्ने होडमा संवेदनशीलता नगुमाउन मिडियालाई प्रेस काउन्सिलको आग्रह

  • कार्तिक १९, २०८० आइतबार ०२:२८

प्रेस काउन्सिल नेपालले भूकम्प लगायत विपद्को समाचार सामग्री सम्प्रेषणमा सम्वेदनशीलता अपनाउन सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ । काउन्सिलले शनिबार विज्ञप्ति जारी गरी पहिलो हुने होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने सामग्री सम्प्रेषण नगर्न भनेको हो । 

"...विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्ने गरी, मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न/नगराउन र मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भइ गोपनीयताको सम्मान गर्न" काउन्सिलले आम सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, युट्युबलगायतका सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा आग्रह गरेको छ । 

"यस किसिमको विपद् एवं दैवीप्रकोपको समयमा आफ्नो कर्तव्य निर्वाह गर्नेक्रममा पत्रकार तथा सञ्चार माध्यम थप संवेदनशील हुनुपर्दछ", काउन्सिलको विज्ञप्तिमा भनिएको छ, "भूकम्पको सामग्री सम्प्रेषण गर्ने सिलसिलामा केही युट्युबलगायतका सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यमबाट बीभत्स दृश्य तथा तस्बिरसहित तथ्यगत पुष्टिबेगर अतिरञ्जित हुने एवं पीडितलाई थप पीडा पुग्ने किसिमबाट सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण भएको छ ।"

काउन्सिलले पत्रकार आचारसंहिता पनि स्मरण गराएको छ । काउन्सिलका सहप्रवक्ता रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा लेखिएको छ-  

पत्रकार तथा सञ्चार माध्यमले “सत्यतथ्य र सन्तुलित सामग्री सम्प्रेषण गर्नुपर्ने, छिटो हुनेभन्दा तथ्यतर्फ सजग रहनुपर्ने, सामाजिक सञ्जालमार्फत सूचना तथा जानकारी प्रवाह गर्दा पनि तथ्यगत पुष्टिपश्चात मात्र सामग्री सम्प्रेषण गर्नुपर्ने, घृणा, सन्त्रास र उत्तजेना फैलाउने किसिमका बीभत्स दृश्य र तस्बिर सम्प्रेषण गर्न नहुने, सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ वा गल्ती भएको भए जानकारी हुनासाथ यथाशीघ्र क्षमायाचनासहित सच्याउनुपर्ने” पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) मा व्यवस्था छ ।

press council nepal press release jajarkot.jpg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८