कान्तिपुरस्थित शाखा निलम्बन गर्ने पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय

कान्तिपुरस्थित शाखा निलम्बन गर्ने पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय

  • कार्तिक १८, २०८० शनिबार ०४:२१

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले कान्तिपुर पब्लिकेसन्स लिमिटेडस्थित आफ्नो शाखा निलम्बन गरेको छ ।

शुक्रबार बसेको महासंघको केन्द्रीय समिति बैठकले महासंघको नीतिविपरीत कार्य गरेको ठहर गर्दै महासंघको कान्तिपुर प्रतिष्ठान शाखा निलम्बन गर्ने निर्णय गरेको महासंघका महासचिव रोसन पुरीले जानकारी दिए । 

८२ जना पत्रकारहरूलाई गैरकानुनी ढंगले निष्कासन तथा सरुवा गर्ने कान्तिपुर व्यवस्थापनको निर्णयविरुद्ध कान्तिपुरका पत्रकार आन्दोलित भइरहँदा त्यहाँस्थित महासंघ शाखाले व्यवस्थापनको हीतमा सहमति गरेको आरोप लागेको थियो । 

यस्तै महासंघ केन्द्रले कान्तिपुर लगायतका सञ्चार माध्यममा देखिएको श्रम समस्याका बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई ध्यानाकर्षण गराइरहँदा महासंघको कान्तिपुर शाखाले त्यसलाई कान्तिपुर विरुद्ध दुश्प्रचार भनिरहेको थियो । 

व्यवस्थापनले महासंघविरुद्ध महासंघकै शाखालाई प्रयोग गरी लाञ्छित गर्न थालेपछि महासंघ केन्द्रीय समितिले गत कात्तिक १ गते कान्तिपुर शाखालाई स्पष्टीकरण सोधेको थियो ।  उक्त स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै महासंघ केन्द्रले शाखा निलम्बनको निर्णय गरेको हो । 

यदि तपाईँलाई नेपालको प्रभावशाली मिडिया कान्तिपुरमा के भइरहेको छ भन्ने थाहा छैन भने कान्तिपुरको श्रम सङ्कटमाथि मिडिया कुराकानीको निगारानी पढ्नुहोस् ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८