न्यूनतम पारिश्रमिक निर्धारण समितिले भन्यो- मिडियामा श्रम शोषणको उजुरी आउनु दुःखद

न्यूनतम पारिश्रमिक निर्धारण समितिले भन्यो- मिडियामा श्रम शोषणको उजुरी आउनु दुःखद

  • कार्तिक १, २०८० बुधबार ००:५९

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुन विपरीत बर्खास्त तथा सरुवा गरिएकोमा ध्यानाकर्षण भएको जनाएको छ । 

कान्तिपुर पब्लिकेसन्स लगायत विभिन्न सञ्चार प्रतिष्ठानले पछिल्ला दिनमा कानुनी व्यवस्थाविपरीत पत्रकार तथा कर्मचारीलाई ऐनले तोकेको सेवा सुविधा बिना नै करार सम्झौता भङ्ग गर्ने, निष्कासन गर्ने, सरुवा गर्ने लगायतका कार्य गरेको गुनासो र उजुरीहरू समितिमा पारेका छन् ।

"श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका सेवा सुविधाको विषय तथा श्रमजीवी पक्ष र सञ्चालक पक्षका अधिकार र कर्तव्यसम्बन्धी स्पष्ट व्यवस्था गरेको छ", समितिका अध्यक्ष संगीता खड्काद्वारा जारी विज्ञप्तिमा जनाइएको छ, "राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रमा नै श्रम अधिकार हनन सम्बन्धी उजुरी र गुनासो आउनु दुःखद विषय हो ।"

श्रमजीवी पत्रकार, कर्मचारी र कामदारलाई ऐनमा तोकिए बमोजिम सेवा सुविधा उपलब्ध गराई सञ्चार प्रतिष्ठानलाई श्रम शोषण मुक्त क्षेत्रको रुपमा आफ्नो पहिचान स्थापित गर्न समितिले आग्रह गरेको छ ।

"ऐन बमोजिम सधैँ सञ्चार प्रतिष्ठानले श्रमजीवी पक्षलाई तोकिए बमोजिमको सेवा सुविधा दिनुपर्ने कुरा सर्वविदित नै छ", विज्ञप्तिमा भनिएको छ, "त्यस माथि पनि नेपालीहरूको ठूलो पर्वको रुपमा रहेको दशैं पर्व संघारमा रहेको यो समयमा देखिएको विवादलाई तत्काल सम्बोधन गरी ऐनको पूर्ण पालनाका लागि सम्बन्धित सञ्चार प्रतिष्ठानलाई समिति आग्रह गर्दछ ।"

सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्यालाई सम्वेदनशील रुपमा लिई समाधान गर्न सम्बन्धित निकायलाई समितिले आग्रह गरेको छ । 

minimum.jpg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८