कारबाही गर्न काउन्सिललाई कसले छेक्यो ?

कारबाही गर्न काउन्सिललाई कसले छेक्यो ?

  • पौष २६, २०७७ आइतबार २२:३८

दिक्क त्यतिबेला लाग्छ जब कसैले गल्ती गर्दा कारबाही गर्ने अख्तियारी बोकेको कुनै निकाय निरीह रुपमा प्रस्तुत हुन्छ । प्रेस काउन्सिल नेपाल पछिल्लो उदाहरण हो । 

मिडियाहरूले पत्रकार आचारसंहिता उल्लङ्घन गरेमा कारबाहीसम्म गर्न सक्ने प्रेस काउन्सिल नेपालले आफ्नो मूल कम बिर्सेजस्तो विज्ञप्ति निकालेको छ । 

'पछिल्लो राजनीतिक घटनाक्रममा दल तथा नेताहरूबाट प्रयोग भएका भनिएका भाषा, शब्द, आन्दोलनका नारालगायतका विषयमा प्रकाशित/प्रसारित समाचारहरूप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ' बुधबार अपिल जारी गर्दै काउन्सिलले पत्रकार आचारसंहिता नै प्रभावित हुनेगरी सामग्री प्रचारप्रसार भइरहेको जनाएको छ ।

‘कुनै बैठक तथा सभाहरूमा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्छृङ्खल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकहरूको मर्यादामा समेत आँच पुग्ने गरी मूल शीर्षक बनाई, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पुर्‍याउने किसिमबाट सञ्चार माध्यमहरूबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत सामग्रीहरू प्रचारप्रसार भइरहेको देखिएकाले यसप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, काउन्सिलका सूचना अधिकारीसमेत रहेका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी अपिलमा भनिएको छ ।

खासमा काउन्सिलले गर्नुपर्ने त आचारसंहित उल्लङ्घन गर्ने मिडियाहरूमाथि नत्थी लगाउने हो । तर त्यसो नगरे काउन्सिलले अपिल निकालेर कर्तव्य पूरा गरेजस्तो गरेको छ । आचारसंहिता उल्लङ्घन भएको उसले ठहर गरिसकेपछि त्यस्ता गतिविधिमा संलग्‍न मिडियाहरूमाथि कारबाही गर्नु उसको मुख्य काम हो । 

बैठक भेला तथा आन्दोलनका समाचार सम्प्रेषण तथा प्रचारप्रसार गर्दा अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने गरी सम्प्रेषण नगर्न काउन्सिलको आग्रह छ ।

‘तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानी पुर्‍याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस पुर्‍याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने गरी सामग्री सम्प्रेषण गर्नु/गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने हुँदा तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो’ अपिलमा भनिएको छ, ‘सभ्य, शिष्ट, मर्यादित, जिम्मेवार भइ सामग्री सम्प्रेषण गर्नु/गराउनुहुन आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक अपिल गर्दछ ।’

हेर्नुस् काउन्सिलको विज्ञप्तिः

Press-Council-Appeal.jpg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८