बहुसंख्यक पत्रकारहरूले आइतबार व्यवस्थापन र पत्रकार महासंघ कान्तिपुर शाखाबीच भएको सहमति अस्वीकार गरेपछि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आन्दोलन घोषणा गरेको छ ।
महासंघ केन्द्रले सोमबार विज्ञप्ति जारी गरी 'अनिश्चितकालीन दबाबमूलक आन्दोलन' घोषणा गरेको हो ।
महासंघले असोज ३० गते मंगलबार (भोलि) दिउँसो ३ बजेदेखि ४ बजेसम्म थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपमा १ घण्टा धर्ना दिने छ ।
कान्तिपुर पब्लिकेसन्सले श्रमजीवी पत्रकारहरूको माग सम्बोधन नगरेको महासंघले ठहर गरेको छ ।
"कान्तिपुर मिडिया ग्रुपमा लामो समयदेखि उब्जिएको श्रमजीवी पत्रकारको समस्याका सवालमा पछिल्लो समय कान्तिपुरको व्यवस्थापन पक्ष र पत्रकारका प्रतिनिधिबीच भएको सहमतिलाई बहुसंख्यक पत्रकारले अस्वीकार गरेपछि श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनको लागि दबाब सिर्जना गर्न नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो", महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आइतबार व्यवस्थापन पक्ष र पत्रकार प्रतिनिधिबीच सात बुँदे सहमति भएको थियो । तर उक्त सहमति पत्र भने सार्वजनिक भएको छैन ।
कान्तिपुर १० वर्षसम्म काम गरेका पत्रकारहरूलाई वार्षिक ५० हजार, २० वर्षसम्म काम गरेका पत्रकारहरूलाई वार्षिक ५५ हजार र २० वर्षभन्दा माथि काम गरेकालाई वार्षिक ६० हजारका दरले प्याकेज दिन तयार भएको थियो ।
तर यो प्याकेजमा कान्तिपुरका अधिकांश पत्रकारहरू असहमत छन् । धर्ना श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने महासंघले जनाएको छ ।
व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयलगायतका मागहरू अविलम्ब पूरा गर्न महासंघले कान्तिपुर मिडिया ग्रुपसमक्ष पटकपटक आग्रह गर्दै आइरहेको थियो ।
घोषित कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाल पत्रकार महासंघ उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवी पत्रकारका पक्षधर आग्रह गरेको छ ।
मुलुकको प्रभावशाली सञ्चार संस्था कान्तिपुर पब्लिकेसन्समा के भइरहेको छ थाहा पाउनुहोस् ।
- कान्तिपुर पब्लिकेसन्स न्यूनतम अवकाश प्याकेज दिन तयार
- 'कान्तिपुर' मा के भइरहेको छ ? पछिल्ला ६ अपडेट
- मिडियाको श्रम समस्या सुल्झाउन सम्भव छ त संयुक्त संघर्ष समिति ?
- समाजवादी प्रेस संगठनले भन्यो- 'कान्तिपुर गैरजिम्मेवार, नैतिक दायित्वबाट पन्छियो'
- कान्तिपुरका पत्रकारमाथि व्यवस्थापनले गरेको अपमानको फेहरिस्त
- युनियन, चौतारी र सेन्टरको संयुक्त बोली - ‘कान्तिपुरको व्यवहार निन्दनीय’
- कसले गर्यो कान्तिपुरबारे ‘अलर्गल प्रचार’ ? महासंघ शाखाको विज्ञप्तिका सङ्केत र सन्देश
- कान्तिपुर व्यवस्थापनले पत्रकार महासंघको प्रतिष्ठान शाखालाई वार्तामा बोलायो
- कान्तिपुरबाट फोटो पत्रकारहरू निकालिएको भन्दै पीजे क्लबको विरोध
- कान्तिपुरको समस्या सुनेपछि सञ्चारमन्त्रीले भनिन्- आवश्यक परे क्याबिनेटमा प्रस्ताव लान्छौँ
- कान्तिपुर व्यवस्थापनलाई गल्ती सच्याउने अवसर, यस्ता छन् पत्रकारका १२ माग
- कान्तिपुर प्रकरणमा पत्रकार महासंघको चेतावनी- 'माग बेवास्ता गरे कडा संघर्ष'
- दशैँको मुखमा ६८ पत्रकारलाई कान्तिपुरको अवकाश पत्र
- पत्रकार महासंघको ठहर- कान्तिपुर व्यवस्थापनका काम ‘कानुनी व्यवस्थाविरोधी’
- ‘कान्तिपुर’ मा सल्किएको आगो