कान्तिपुर पब्लिकेसन्स न्यूनतम अवकाश प्याकेज दिन तयार

कान्तिपुर पब्लिकेसन्स न्यूनतम अवकाश प्याकेज दिन तयार

  • आश्विन २८, २०८० आइतबार २३:३६

कान्तिपुर पब्लिकेसन्स लिमिटेड पत्रकार/कर्मचारीलाई न्यूनतम अवकाश प्याकेज दिन तयार भएको छ । कान्तिपुर व्यवस्थापन र कान्तिपुरस्थित नेपाल पत्रकार महासंघ शाखाबीच आइतबार साँझ सहमति बनेको हो ।  

कान्तिपुरले १० वर्षसम्म काम गरेका पत्रकारहरूलाई वार्षिक ५० हजार, २० वर्षसम्म काम गरेका पत्रकारहरूलाई वार्षिक ५५ हजार र २० वर्षभन्दा माथि काम गरेकालाई वार्षिक ६० हजारका दरले प्याकेज दिन तयार भएको हो ।

"हामीले अथक प्रयासपछि श्रम समस्यालाई एउटा सकारात्मक विन्दुमा पुर्‍याएका छौँ", नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाका अध्यक्ष अनिल गिरीले भने, "दशैँको मुखमा साथीहरूमाथि न्याय भएको छ ।"

कानुनअनुसार पाउनुपर्ने सेवासुविधा समेत नदिई पत्रकारहरूलाई निष्कासन गर्न खोजिएपछि त्यहाँस्थित नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले व्यवस्थापनसमक्ष १२ बुँदे माग राखेको थियो । महासंघ शाखा र कान्तिपुर व्यवस्थापनबीच विभिन्न चरणमा वार्ताहरू भएका थिए । 

दशैँको मुखमा पब्लिकेसन्स व्यवस्थापनले वर्षौँदेखि काम गरिरहेका ६८ जना पत्रकारहरूलाई इमेलमार्फत् अवकाश पत्र पठाएर रित्तै हात घर फर्काउन खोजेको थियो ।

कान्तिपुरका पत्रकार, नेपाल पत्रकार महासंघ र कान्तिपुरस्थित महासंघको शाखाले व्यवस्थापनको निर्णयविरुद्ध पहल लिएका थिए । श्रमजीवी पत्रकार संघसहित पत्रकारका अन्य संगठन, संस्थाहरूले समेत कान्तिपुरको श्रम समस्या सुल्झाउन पहल गरेका थिए ।

व्यवस्थापन र महासंघ शाखाबीच सहमति बनेको प्याकेज अस्वीकार गर्ने पत्रकारले कानुनी उपचारको बाटो समाएर श्रम अदालत जाने बाटो भने खुलै छ । कान्तिपुरका कतिपय पत्रकार यसअघि नै कानुनी उपचारको बाटोमा गइसकेका पनि छन् । 

"महासंघको पहलका कारण न्यूनतम सहमति बनेको हो । एकजना पनि पत्रकारले यसमा असहमति राखेर कानुनी उपचारको बाटोमा जान चाहनुभएमा हामी सहयोग गर्छौँ", नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले भने, "सहमति कार्यान्वयनको अवस्था हेर्छौँ र आवश्यक पहल लिन्छौँ ।" 

बाँकी तलब पनि यथाशीघ्र भुक्तानी गर्न कान्तिपुर सहमत भएको छ । "कान्तिपुरमा कार्यरत पत्रकारहरू स्वेच्छिक अवकासमा जान चाहेको खण्डमा बिदा, औषधी उपचार, उपदान लगायतका कानुनले तोकेका विषयमा काम गरेको वर्षका आधारमा एकमुष्ट प्याकेज उपलब्ध गराउने, जिल्लामा कार्यरत पत्रकारहरू अवकाशपछि पनि इच्छुक भएमा स्ट्रिन्जरका रुपमा काममा राखिने, बाँकी तलब यथाशिघ्र भुक्तानी गर्ने लगायतका सहमतिमा दुई पक्षबीच आइतबार हस्ताक्षर भएको छ", महासंघ कान्तिपुर शाखाको विज्ञप्तिमा उल्लेख छ । 

मुलुकको प्रभावशाली सञ्चार संस्था कान्तिपुर पब्लिकेसन्समा के भइरहेको छ थाहा पाउनुहोस् । 



Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८