मिडियाको श्रम समस्या सुल्झाउन सम्भव छ त संयुक्त संघर्ष समिति ?

मिडियाको श्रम समस्या सुल्झाउन सम्भव छ त संयुक्त संघर्ष समिति ?

  • आश्विन २१, २०८० आइतबार २२:१५

पछिल्लो समय कान्तिपुर पब्लिकेसन्स् लिमिटेड सहितका सञ्चारमाध्यमहरूमा देखिएको श्रम समस्या समाधान गर्न सञ्चारसम्बद्ध संगठनहरूले संयुक्त संघर्ष समिति बनाउने तयारी थालेका छन् ।

असोज २१ गते आइतबार श्रमजीवी पत्रकार संघ, नेपालले गरेको ‘सञ्चार क्षेत्रका श्रम समस्या र समाधानको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा नेपाली सञ्चार जगतमा देखिएका समस्या समाधानका लागि सञ्चारसम्बद्ध संगठनहरूले संयुक्त समिति बनाउनुपर्ने बताए ।

श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले अन्तर्क्रियाको सुरुमै ‘सञ्चार क्षेत्रका श्रम समस्या र समाधानको बाटो’ विषयक संक्षिप्त कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा केन्द्रित रहेर कान्तिपुर सहितका मिडियाबाट प्रभावित पत्रकारहरूले संगठित रूपमा श्रम समस्याको विरूद्धमा आन्दोलन गर्नपर्ने विचार राखे ।

उनीहरूले पत्रकारसँग सम्बन्धित संघ संस्थाहरूले श्रमजीवीहरूको मुद्दामा सहयोग नगरेको आरोप समेत लगाए । पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले चुनावको समयमा श्रमजीवी पत्रकारको मुद्दा उठाउने र नेतृत्वमा पुगेपछि मतलब नगरेको आरोप सहभागीहरूले लगाए । 

कान्तिपुरबाट प्रभावित पत्रकार तथा श्रमिकहरू शिवप्रसाद काफ्ले, दामोदर न्यौपाने, अनुप ओझा, टिकाराम प्रधान, पूर्व कान्तिपुरकर्मी श्यामकृष्ण पुडासैनी, पत्रकार ज्ञानु घिमिरे लगायतले सञ्चार क्षेत्रका श्रम समस्या र समाधानका लागि आन्दोलन एक मात्र विकल्प भएको धारणा राखे ।

कार्यक्रममा बोल्दै संघका कानुनी सल्लाहकार उमाकान्त न्यौपानेले कानुनको पालना नगर्ने मिडियालाई सरकारले कानुनको दायरामा ल्याउनैपर्ने बताए । “कानुनले भन्छ, ऐन कार्यान्वयन नगर्ने हाउसलाई ऐनको दफा ३३ (क) बमोजिम कच्चा पदार्थमा रोकावट, सरकारी सेवासुविधामा रोक लगाउने र वैदेशिक सद्भाव भ्रमणमा सहभागी नगराउने लगायतका कारबाहीको व्यवस्था छ तर किन हुँदैन ?” उनले प्रश्न गरे ।

कार्यक्रममा प्रेस सेन्टर, प्रेस चौतारी र समाजवादी प्रेस संगठनका पदाधिकारीहरूले पनि अहिले मिडियाहरूमा देखा परेको श्रम समस्याको विषयमा जागरूक रहेको र श्रमजीवीहरूको समस्यामा सधै साथ दिने एक्यवद्धता जनाए ।

प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले मिडियाका व्यवस्थापक, श्रमिक र संगठन यसखालको अन्तर्क्रियामा बस्नुपर्ने बताए । 'श्रमजीवी र पत्रकारको मुद्दामा हामी सबै संगठनहरू एक छौँ", उनले भने, “श्रमजीवीको पक्षमा सरकारले निर्णय गर्न सकेन भने सरकारको विरूद्धमा जान सेन्टर तयार छ ।" 

प्रेस चौतारीका महासचिव हिरामान लामाले श्रम समस्याको विषयमा हाम्रो संगठन गम्भीर रहेको बताए । "श्रमजीवीहरूको समस्या छिटो समाधान हुनपर्छ", उनले भने, “श्रमजीवीहरूले गर्ने आन्दोलनमा प्रेस चौतारीको साथ छ र आन्दोलनमा उपस्थिति समेत रहन्छ ।" 

पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष लवदेव ढुंगानाले संघर्षका कार्यक्रम तय गरेर संयुक्त आन्दोलनका लागि सरोकारावालाहरू होमिन ढिला भइसकेको बताए ।

संघका अध्यक्ष जैसीले नेपाल पत्रकार महासंघ सहितको छुट्टै संघर्ष समिति बनाएर आन्दोलन गर्ने बताए । मिडियाहरूले वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ भने पनि बिना आन्दोलन वार्ताको औचित्य नहुने विगतको अनुभव रहेको उनले सुनाए ।  


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८