कान्तिपुर प्रकरणमा पत्रकार महासंघको चेतावनी- 'माग बेवास्ता गरे कडा संघर्ष'

कान्तिपुर प्रकरणमा पत्रकार महासंघको चेतावनी- 'माग बेवास्ता गरे कडा संघर्ष'

  • आश्विन १४, २०८० आइतबार २१:२८

कान्तिपुर व्यवस्थापनले दशैँको मुखमा पत्रकारलाई अवकाश पत्र दिएपछि नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारहरूलाई कानुनविपरीत अवकाश पत्र थमाउने कान्तिपुर मिडिया ग्रुपको कदमप्रति आपत्ति जनाएको हो ।

गत असोज ९ गते कान्तिपुरले ६८ जना पत्रकारहरूलाई इमेलमार्फत् अवकाश पत्र पठाएपछि त्यहाँस्थित महासंघको शाखाले व्यवस्थापनसमक्ष १२ बुँदे माग राखेको छ । कान्तिपुर प्रतिष्ठान शाखाले व्यस्थापन समक्ष राखेका मागहरूप्रति महासंघ केन्द्रले पनि पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गरेको छ ।  

"श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत पत्रकारलाई पेशाबाट निष्कासन गर्ने, कानुनविपरीत सरुवा गर्ने काम गर्ने, वातावरण नदिने र लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गर्ने कार्य महासंघका लागि किमार्थ स्वीकार्य नहुने प्रष्ट पार्न चाहन्छौं", महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

कान्तिपुरले प्रतिष्ठान शाखाले गत शुक्रबार समस्या समाधानका लागि व्यवस्थापनसँग १२ बुँदे माग पेस गरेको थियो । कान्तिपुरले सो मागलाई बेवास्ता गरे संघर्षमा उत्रिने चेतावनी पत्रकार महासंघले दिएको छ । 

"महासंघ केन्द्र र प्रतिष्ठान शाखाको माग र आग्रहलाई बेवास्ता गरिए प्रतिष्ठान शाखासमेतको समन्वयमा कडा संघर्षमा उत्रिन बाध्य हुने कुरा स्पष्ट पार्दछौँ", विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै महासंघले कान्तिपुरको श्रम समस्यालाई लिएर सरकार र जननिर्वाचित प्रतिनिधिहरूको संस्था संसद्को समेत ध्यानाकर्षण गराएको छ ।

पढ्नुस् महासंघको विज्ञप्तिः

FNJ Nepal Press Release.jpg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८