सञ्चारमाध्यम र सामाजिक सञ्जाल अनुगमन गर्ने संयन्त्रमा सेना र प्रहरीका प्रतिनिधि राख्ने निर्णय किन विवादित ?

सञ्चारमाध्यम र सामाजिक सञ्जाल अनुगमन गर्ने संयन्त्रमा सेना र प्रहरीका प्रतिनिधि राख्ने निर्णय किन विवादित ?

तस्बिर साभारः बीबीसी नेपाली
  • आश्विन १४, २०७९ शुक्रबार २०:२९

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सामाजिक सञ्जाल र सञ्चारमाध्यम अनुगमन गर्ने एउटा संयन्त्रमा निर्वाचन आयोगले नेपाली सेना र नेपाल प्रहरीको साइबर ब्यूरोका प्रतिनिधिहरू राखेपछि त्यसबारे प्रश्न उठेको छ।


प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सामाजिक सञ्जालमार्फत् फैलिन सक्ने मिथ्या सूचना नियन्त्रणका लागि विशिष्ट जनशक्तिका रूपमा सुरक्षा निकायका ती प्रतिनिधिहरूले काम गर्ने बताए।

प्रेस अफिस स्थापना तथा सञ्चालनसम्बन्धी अवधारणापत्रलाई निर्वाचन आयोगले अघिल्लो महिना नै स्वीकृत गरेको थियो।

तर अहिले त्यसमा राखिएको प्रेस अफिसको संरचनाबारेका विवरणहरू बाहिर आएपछि विज्ञहरूले जङ्गी प्रकृतिका सुरक्षा अधिकारी पनि राखेर प्रेस र सामाजिक सञ्जालको अनुगमन गर्नु लोकतन्त्रको अभ्यास र मान्यताविपरीत हुने टिप्पणी गरेका हुन्।

उनीहरूले निर्वाचन आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् हुन सक्ने आचारसंहिताको उल्लङ्घनको अनुगमन गर्न सक्ने भए पनि अहिले प्रस्ताव गरिएको संरचनाले अपेक्षा गरिएको उपलब्धि नदिने तर्क गरेका छन्।

सेना र प्रहरीसहितको संयन्त्रको चर्चा गरिएको अवधारणा पत्रमा के छ?

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सञ्चारमाध्यमसँग सम्बन्ध सुमधुर तुल्याउन, आयोगका गतिविधिहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् प्रभावकारी रूपमा सम्प्रेषण गर्न एवं तिनको अनुगमनलाई व्यवस्थित गर्ने लक्ष्य आफ्नो अवधारणापत्रले राखेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन अवधिभरिका लागि आयोगमा स्थापित हुने प्रेस अफिसमा आयोगका प्रवक्तासहित २७ कर्मचारी रहने भनिएको छ।

उक्त संयन्त्रमा नेपाल प्रहरी र नेपाली सेनाको साइबर ब्यूरोका प्रतिनिधि राखिएको जसलाई विज्ञहरूले आपत्तिजनक भनेका छन्। पूरा पढ्नुहोस्


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८