नेपाल पत्रकार महासंघले सुरक्षित मिडिया परियोजनाका लागि परियोजना व्यवस्थापक पदमा आवेदन आह्वान गरेको छ । युरोपियन युनियन र इन्टरनेसनल एलर्टको सहयोगमा ११ जिल्लामा पत्रकारहरूका लागि तालिम सहितका गतिविधि सञ्चालनका लागि महासंघले परियोजना व्यवस्थापक खोजेको हो ।
आवेदन दिन कम्तिमा आम सञ्चार तथा पत्रकारिता वा सामाजिक विज्ञान तथा अन्य कुनै सान्दर्भिक विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको, ७ वर्षको कार्य अनुभव भएको, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, मिडिया वा विकास सञ्चार लगायत परियोजना व्यवस्थापनमा ज्ञान भएको लगायतका योग्यता अनिवार्य छन् । यस सम्बन्धित थप जानकारीका लागि प्रोजेक्ट म्यानेजरको टिओर हेर्नुहोस् ।
यो परियोजना काठमाडौंसहित मोरङ, सुनसरी, धनुषा, सर्लाही, मकवानपुर, कास्की, रुपन्देही, दाङ, सुर्खेत, कैलालीमा लागू हुने तयारी छ ।
यदि तपाईँ यो पदका लागि आफूलाई योग्य ठान्नुहुन्छ भने आफ्नो बायोडाटा र कभर लेटर, अपेक्षित तलबसहित [email protected] मा इमेल दिन सक्नुहुन्छ ।
२०२२ मार्च १८ कार्यालय समयभित्र आवेदन दिने समय तोकिएको छ । महासंघको कार्यालयमा गएर समेत आवेदन दिन सकिन्छ । महासंघले वित्तीय अधिकृतमा पनि आवेदन आह्वान गरेको छ ।