टेलिभिजन पत्रकारितामा रुचि छ ? महिला प्रशिक्षार्थी चाहियो

टेलिभिजन पत्रकारितामा रुचि छ ? महिला प्रशिक्षार्थी चाहियो

प्रतीकात्मक फोटो । साभारः Lukas/pexels.com
  • मंसिर २८, २०७७ आइतबार १९:१०

चाँडै प्रसार हुने भिडियो म्यागजिनका लागि काम गर्दै टिभी पत्रकारिता सिक्न चाहने एकजना महिला प्रशिक्षार्थी चाहिएको छ ।
 
आवश्यक न्यूनतम योग्यता
  • पत्रकारितामा नगरि नहुने मेहनत गर्न इच्छुक ।
  • नेपाली राम्रोसँग लेख्न र अंग्रेजी राम्रोसँग बुझ्न सक्ने ।
  • अनुसन्धान गर्न इच्छुक ।
  • कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण ।
  • पत्रकारिताको अनुभव आवश्यक छैन । 

गर्नुपर्ने काम

  • दृश्य र आवाज लग गर्ने ।
  • अन्तर्वार्ता उतार्ने ।
  • आवश्यकताअनुसार नेपाली टाइप गर्ने (नेपाली युनिकोड चलाउन नआउने भए चाँडै सिके हुन्छ ।)
  • लिखित सामग्री पढेर र मानिससँग कुराकानी गरेर म्यागजिनका लागि छानिएका विषयमा अनुसन्धान गर्ने ।
  • केही समयको अनुभवपछि सुटिङका लागि प्लान बनाउने, फिल्डमा रिपोर्टरलाई सहयोग गर्ने र स्क्रिप्ट तयार गर्ने ।
  • भिडियो फुटेज व्यवस्थित ढंगले राख्न सहयोग गर्ने ।
  • स्किप्ट न्यारेट गर्ने ।
  • भिडियो म्यागजिन निर्माणसम्बन्धी अन्य काम गर्ने ।
व्यक्तिगत विवरण र आफूले चाहेको पारिश्रमिक उल्लेख निवेदन २०७७ पुस ५ गते भित्र मोहन मैनालीको इमेल [email protected] मा निवेदन पठाउनुहोला । छानिएका उम्मेदवारलाई पुस ७ गते भित्र आफैँ सम्पर्क गर्छौँ । यसबारे थप जानकारी सोधिबस्ने दुःख नगर्नुहोला । 


Related Story

बीबीसी मिडिया एक्सनलाई 'डिजिटल प्रोड्युसर' आवश्यक

बीबीसी मिडिया एक्सन नेपालले 'डिजिटल प्रोड्युसर' पदका लागि आवेदन आह्वान गरेको छ । यो पदमा छानिने उम्मेदवारले संस्थाका विभिन्न परियोजनाहरूका लागि

गोरखापत्र, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारणको नेतृत्त्व छान्न सरकारले निकाल्यो सूचना

सरकारले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रशारण संस्था र प्रेस काउन्सिल नेपालको नेतृत्त्व छान्न आवेदन आह्वान गरेको छ । यी तीनवटा सार्वजनिक

रेडियोलाई 'अन डिमान्ड' बनाउन कान्तिपुरले खोज्यो सिनियर पड्कास्ट प्रोड्युसर

के तपाईँलाई पड्कास्टमार्फत पत्रकारिता गर्न मन लागेको छ ? पड्कास्ट उत्पादनमा अनुभव छ ? यदि छ भने यो अवसर तपाईँका

खोज र फिचरलाई सुदृढ बनाउन कान्तिपुरले माग्यो 'म्यानेजिङ एडिटर'

नेपालको अग्रणी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुपले आफ्नो खोजमूलक र फिचर पत्रकारितालाई थप सुदृढ बनाउन 'म्यानेजिङ एडिटर' (फिचर, इन्भेस्टिगेसन र

NIMJN मा रोजगारीको अवसर

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले प्रोग्राम अफिसर र प्रोग्राम एसोसियट पदमा आवेदन आह्वान गरेको छ । NIMJN सामाजिक

समाचार वाचन, सम्पादन र प्रस्तुतीमा रुची छ? नेपाल टेलिभिजनको यो अवसर तपाईँका लागि हो

नेपाल टेलिभिजनले समाचार च्यानलका लागि करार सेवामा समाचार वाचक, सम्पादक र प्रस्तोता पदहरूका लागि आवेदन आह्वान गरेको छ। सूचना अनुसार

नेपाल फोटो लाइब्रेरीलाई फोटोग्राफर र भिडियोग्राफर आवश्यक

फोटो एजेन्सी 'नेपाल फोटो लाइब्रेरी' ले सिर्जनशील फोटोग्राफर तथा भिडियोग्राफरहरूको खोजी गरेको छ । कम्पनीले पूर्णकालीन तथा आंशिककालीन रूपमा काम गर्न

कान्तिपुरको स्ट्रिन्जर विज्ञापन: ३० वर्षे उमेरहददेखि श्रम शोषणसम्मका ५ विवाद

कान्तिपुर पब्लिकेसन्सले ३२ जिल्लामा स्ट्रिन्जर पदका लागि गरेको विज्ञापनले पत्रकारिता क्षेत्रमा व्यापक चर्चा जन्माएको छ । विशेषगरी ३० वर्षको उमेरहद,