विज्ञापन आचारसंहिता २०७८ को मस्यौदा सार्वजनिक

विज्ञापन आचारसंहिता २०७८ को मस्यौदा सार्वजनिक

सञ्चार मन्त्री कार्की कार्यक्रम उद्‍घाटन गर्दै । फोटोः रासस
  • कार्तिक ८, २०७८ सोमबार ०५:४८

विज्ञापन बोर्डले विज्ञापन आचारसंहिता, २०७८ को मस्यौदा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विज्ञापन बोर्डले सोमबार गरेको कार्यक्रममा आचारसंहिता सार्वजनिक गरेका हुन् । 

एक महिनासम्म सरोकारवालाको राय प्रतिक्रिया लिई आचारसंहिताको मस्यौदालाई अन्तिम रूप दिने बोर्डले तयारी गरेको छ । विज्ञापन ऐन २०७६ जारी भएको दुई वर्ष पुरा भएको अवसरमा काठमाडौंमा आयोजित विज्ञापन दिवस तथा आचारसंहिताको मस्यौदा सार्वजनिकीकरण एवं अन्तरक्रिया कार्यक्रममा मस्यौदा सार्वजनिक गरिएको हो । 

आचारसंहिता सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले विज्ञापन क्षेत्रलाई स्वच्छ पारदर्शी, व्यवसायिक र विकृति रहित बनाउन बनाउन आचारसंहिता सहयोगी हुने बताए । सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रण नभई नियमन गर्न चाहेको मन्त्री कार्कीले बताए । विज्ञापन गर्न रोक लगाइएका वस्तु तथा सेवाको विज्ञापन गर्ने प्रवृतिलाई रोक्नु पर्ने बताउँदै मन्त्री कार्कीले होर्डिङबार्ड र भित्ते लेखन जस्ता कुराले सहर र राजमार्गको सौन्दर्यतामा ह्रास आएको बताए । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले व्यवसायीका समस्या समाधान गर्न मन्त्रालय तत्पर रहेको बताए । विज्ञापनरहित प्रसारणमा विकृति देखिन थालेको उनको भनाई छ । ऐन तथा कानुनले रोक लगायतका विषयमा विज्ञापन गर्ने गरिएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने उनले बताए । विज्ञापन व्यवसाय प्रतिष्पर्धात्मक हुनुपर्ने पनि उनको भनाई छ । 

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बोर्डले आचारसंहितालाई दुई महिना भित्र अन्तिम रुप दिने र आगामी वर्ष भित्र विज्ञापनको राष्ट्रिय नीति ल्याइने बताए । उनले विज्ञापनरहित प्रसारणमा कडाई गरिने होर्डिङ बोर्ड सम्बन्धी छुट्टै नियमावली ल्याउने र सञ्चारमाध्यम प्रति जनतामा रहेको प्रभाव पहुँचका आधारमा विज्ञापन दिने लिने संयन्त्रको विकास गरिने जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन बोर्डले गरेको प्रयासको सराहना गर्दै भविष्यमा निजी क्षेत्रसँग समन्वय गरी अघि बढ्न आग्रह गरे । 

मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सरकारी विज्ञापनका एकद्वार नीति र विज्ञापन बोर्ड मार्फत गर्ने गराउने ऐनको व्यवस्था कार्यान्वयनको माग गरे । डिजिटल मिडिया र सामाजिक, सञ्जालमा भइरहेको विज्ञापनमा रोक लगाउन उनले माग गरे । 

विज्ञापन संघ नेपालका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन बोर्डमा विज्ञापन संघको प्रतिनिधित्व सुनिश्चितता गर्न आग्रह गरे । विज्ञापन बोर्डका रचनात्मक काममा सहयोग गर्न संघ तयार रहेको भन्दै उनले विज्ञापनको आचारसंहिताको पालनामा विज्ञापन चक्रमा सहभागी सबैको सहयोग आवश्यक हुने बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले साना संचारमाध्यमको हितको संरक्षण र पत्रकारहरुको सुरक्षामा जोड दिए । 

मंसिर ७ गतेसम्म प्राप्त सुझावलाई अध्ययन तथा समावेश गरी विज्ञापन आचारसंहितालाई अन्तिम रूप दिइने अध्यक्ष हुमागाईले जानकारी दिए । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८