प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

  • जेठ २१, २०७८ शुक्रबार १९:५३

सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । दोलखावासी बस्नेतसँग कान्तिपुर लगायत दैनिक पत्रिकामा काम गरेको अनुभव छ । बस्नेतले केही समयअगाडि भएको नेपाल पत्रकार महासंघको चुनावमा महासचिवमा पनि उम्मेदवारी दिएका थिए ।

काउन्सिलको अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि काउन्सिल बोर्डले किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्ष तोकेको थियो । तर, सरकारले २६ साउनमा प्रेस काउन्सिल (कार्य व्यवस्था) नियमावलीमा काउन्सिलमा कार्यबाहक अध्यक्ष तोक्न सक्ने व्यवस्था गरेको थियो ।

त्यसपछिको मन्त्रिपरिषद्को अर्को बैठकले कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्ति गर्ने निर्णय गरेको थियो । तर, सरकारको निर्णयले काउन्सिलको स्वायत्तता नरहने भन्दै काउन्सिल सर्वोच्च गएको थियो ।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले ३ भदौमा नियमावलीको संशोधित नियम कार्यान्वयन नगरी प्रेस काउन्सिलमा भइरहेका अध्यक्षलाई हटाउने गरी काम नगर्न आदेश दिएको थियो । तर, श्रेष्ठको कार्यकाल सकिएपछि कार्यबाहक अध्यक्षका रूपमा गोपाल बुढाथोकीले चलाउँदै आएका छन् । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८