फिलिपिन्स र रुसका पत्रकारलाई यो वर्षको नोबेल शान्ति पुरस्कार

फिलिपिन्स र रुसका पत्रकारलाई यो वर्षको नोबेल शान्ति पुरस्कार

  • आश्विन २३, २०७८ शनिबार ०३:३०

पत्रकारहरू मारिया रेसा र दिमित्री मुरातोभलाई फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ साहसिक सङ्घर्षका लागि यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ।

पुरस्कार समितिले पुरस्कृत जोडीले 'त्यो सिद्धान्तका लागि उभिने सबै पत्रकारको प्रतिनिधित्व गर्ने' बताएको छ।

ओस्लोस्थित नर्वेजीयन नोबेल इन्स्टिच्युटले ११ लाख अमेरिकी डलर बराबरको पुरस्कारको घोषणा गरेको हो।

उनीहरू ३२९ जना मनोनीत व्यक्तित्वबाट छानिएका हुन्।

र्‍यापलर समाचार वेबसाइटका संस्थापिका रेसाले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेर "आफ्नो देश फिलिपिन्समा अख्तियार दुरुपयोग, हिंसाको प्रयोग र बढ्दो अधिनायकवादविरुद्ध आवाज उठाएको" समितिले बताएको छ।

र्‍यापलरको प्रत्यक्ष प्रसारणमा रेसाले आफू अचम्मित भएको बताइन्।

उनले आफ्नो जितले "तथ्यबिना केही पनि सम्भव नरहेको... तथ्यबिनाको विश्व भनेको सत्य र विश्वासबिनाको विश्व" हुने देखाएको बताइन्।

समितिले नभोया गजेटा नामक स्वतन्त्र पत्रिकाका सह-संस्थापक र सम्पादक मुरातोभले दशकौँदेखि रुसमा चुनौतीपूर्ण अवस्थामा अभिव्यक्ति स्वतन्त्रताको लागि लडेको बताएको छ।

टेलिग्राम च्यानलको एक अन्तर्वार्तामा उनले भने: "म हाँसिरहेको छु। मैले यसको आशा गरेको थिइनँ। यहाँ रमाइलो अवस्था छ।"

उनले सो पुरस्कार रुसी पत्रकारिताका लागि भएको बताएका छन्।

उनलाई क्रेमलिनका प्रवक्ताले बधाई दिएका छन्। दिमित्री पेस्कोभले भने: "उनले आफ्नो आदर्श अनुसार निरन्तर काम गरे, उनी आदर्शप्रति समर्पित रहे, उनी प्रतिभावान् छन्, उनी बहादुर छन्।"

"स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताले अख्तियार दुरुपयोग, झूट र युद्ध प्रोपागान्डाबाट जोगाउँछ," समितिले एक विज्ञप्तिमा भनेको छ।

"अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता नभए देशहरूबीचको भ्रातृत्व, निःशस्त्रीकरण र हाम्रो समयमा राम्रो विश्व व्यवस्था प्रवर्द्धन हुन सक्दैन।"

गत वर्ष नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिइएको थियो। 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८