कोभिड-१९ को मारमा नेपाली पत्रकारिता #Research #Report

कोभिड-१९ को मारमा नेपाली पत्रकारिता #Research #Report

अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेश दाहाल ।
  • भाद्र १२, २०७८ शनिबार ०२:१३

कोभिड-१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्ट सार्वजनिक भएको छ। सेन्टर फर मिडिया रिसर्च - नेपालले प्रकाशन गरेको रिपोर्टले कोभिड-१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ ।

रिपोर्टमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापा माध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन कमी भएको, आमसञ्चार माध्यमको आम्दानी घटेको, पत्रकारहरूलाई जागिरबाट निकालिएको, समयमा पारिश्रमिक नपाएको, पारिश्रमिक घटाइएको, बिदा दिइएको, बिना पारिश्रमिक पनि पत्रकारले काम गरेको उल्लेख छ । रिपोर्ट अनुसार प्रकाशन तथा प्रसारण भएका आमसञ्चार माध्यमहरूका लागि सामग्री संकलन गर्न कठिनाइ भएको र त्यसको प्रभाव गुणस्तरमा समेत परेको थियो।

कोभिड १९ बाट पत्रकार संक्रमित हुनुका साथै निधन भएको, पत्रकारमा मनोवैज्ञिनक असर परेको, पत्रकारिताको भविष्यप्रति अन्योल सिर्जना भएको रिपोर्टमा उल्लेख छ। आर्थिक समस्या र स्वास्थ्य संवेदनशीलता हुँदाहुँदै पनि पत्रकारहरू समाचार संकलन तथा प्रकाशन तथा प्रसारणमा खटिएको पनि रिपोर्टले देखाएको छ । संकटका बेला आम्दानी कम भए पनि मिडियालाई टिकाउनु नै महत्वपूर्ण पक्ष रहेको मिडिया सञ्चालकहरूको भनाइ छ ।        

रिपोर्टले विपद्लाई सामना गर्ने गरी नेपाली मिडियाको पूर्व तयारी नभएको र त्यसो हुँदा मिडिया सञ्चालक र पत्रकार मारमा परेको पनि देखाएको छ । छापा माध्यमका सञ्चालकले अनलाइनलाई जोड दिएको र जागिर गुमाएका पत्रकारले अनलाइनलाई विकल्पका रुपमा लिएको पनि रिपोर्टमा उल्लेख छ ।

मिडिया र पत्रकारलाई सहयोग गर्न सरकारले रेडियो टेलिभिजनको नवीकरणमा छुट दिएको, प्रदेशमा पत्रकारलाई बिमा, लेखनवृत्तिका साथै जनचेतनामूलक सामग्रीमार्फत सहयोग गरेको तर पत्रकारले त्यस भन्दा बढी सहयोगको अपेक्षा गरेको पनि रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा संघ, प्रदेश र स्थानीय तहले विपद्‍मा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने कुरालाई मनन् गरी स्वतन्त्र र व्यवसायिक आमसञ्चार माध्यमको अस्तित्व कायम राख्न सहयोग हुने गरी नीति निर्माण गर्नुका साथै विपद्को अवस्थामा तत्काल राहत तथा सहयोग हुने कार्यक्रम ल्याउन सुझाव दिइएको छ ।

यस्तै, आमसञ्चार माध्यमहरूले कुनै पनि बेला विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भौतिक, आर्थिक र मनोवैज्ञानिक हिसाबले विपद् व्यवस्थापन योजना निर्माण गरी तयार रहन र पत्रकार  तथा कर्मचारीहरूलाई आवश्यक पूर्व तयारी ज्ञान र सीपका तालिम दिनुपर्ने उल्लेख छ । साथै पत्रकार र कर्मचारीलाई सहयोग  र प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने लगायतका सुझाव पनि उल्लेख गरिएको छ ।

रिपोर्ट तयार पार्ने क्रममा मिडिया सञ्चालक, पत्रकार सहित १४६ जनासँग अन्तर्वार्ता लिइएको थियो । 

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेश दाहालले गुणात्मक विधि अपनाएर तयार पारिएको रिपोर्टले लकडाउनका बेला सातवटै प्रदेशका मिडिया र पत्रकारले भोग्नु परेका समस्या तथा चुनौतीलाई मिहिन रुपमा बुझ्न सहयोग पुग्ने बताए ।

प्रदेशगत अध्ययन २०७७ साल मंसिरसम्म प्राप्त जानकारीका आधारमा गरिएको छ भने रिपोर्टको मूल लेखमा २०७८ साल साउनसम्मको विवरण समावेश गरी आगामी दिनमा विपद्को सामना गर्न सरकार, आमसञ्चार माध्यम, पत्रकार, पत्रकारका संघसंगठन लगायतले निर्वाह गर्नु भूमिकाबारे सुझाव दिइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोभिड-१९ बाट थिलोथिलोमा परेको मिडिया क्षेत्रको पुनर्उत्थानका लागि अभियान नै चलाउनुपर्ने बताए । संकटका बेला पनि नेपाली पत्रकारिता क्षेत्रले जिम्मेवार रुपमा सूचना प्रवाह गरेकोमा प्रशंसा गर्दै अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्रलाई सही दिशामा अघि बढाउन तत्कालिन र दीर्धकालिन रणनीतिका साथ अघि बढ्नु पर्ने बताए ।

फेडरिक इवर्ट  स्टिफटुङ्ग (एफइएस) नेपालका आवासीय प्रतिनिधि जोनाथन मेन्जले कोभिड-१९ का कारण मिडियाको चक्र र व्यवसायिक पक्षमा धेरै परिवर्तन आएको भन्दै संकटका बेला गुणस्तरीय पत्रकारिताको विशेष महत्व हुने बताए ।


Download the Report


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८