पत्रकारलाई निःशुल्क उपचारसहित के छन् सञ्चार क्षेत्रका लागि बजेटमा ?

पत्रकारलाई निःशुल्क उपचारसहित के छन् सञ्चार क्षेत्रका लागि बजेटमा ?

बजेट वक्तव्य पाठ गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल । फोटोः राजन काफ्ले/प्रम सचिवालय
  • जेठ १५, २०७८ शनिबार २२:१८

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा श्रमजीवी पत्रकारको लागि सात लाख रुपैयाँसम्मको दुर्घटनना बिमा गरी प्रिमियमको ५० प्रतिशत रकम सरकारले बेहोर्ने व्यवस्था गरेको छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । हेर्नुस् सञ्चार क्षेत्रका बारेमा बजेटमा के छ।


१. नागरिकको संविधान प्रदत्त सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र प्रति वर्तमान सरकार प्रतिवद्ध छ। सञ्‍चार गृह,  सञ्‍चारकर्मी र समग्र प्रेस जगतको व्यावसायिकता विकास गर्ने नीति अवलम्बन गरिनेछ।

२. सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्न डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरिनेछ। डिजिटल प्रविधिको उपयोग गरी सार्वजनिक सेवामा आमनागरिकको सरल र सहज पहुँच विस्तार गरिनेछ। ज्ञान र सूचनामा आधारित डिजिटल अर्थतन्त्रको विकास गरिनेछ।

३. श्रमजीवी पत्रकारको लागि रु. ७ लाखसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइनेछ। आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देश भित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु। सञ्‍चारकर्मीको पेशागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आम सञ्‍चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ। नेपाल पत्रकार महासंघको निर्माणाधीन भवन सम्पन्‍न गर्न आवश्यक रकम विनियोजन गरेको छु ।

४. नेपालको प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्‍न सञ्‍चार ग्राम परिसरमा प्रेस संग्रहालय स्थापना गरिनेछ। कोभिड १९ बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्‍चारगृहलाई पुनर्कर्जा तथा व्यावसायिक निरन्तरता कर्जा सुविधा दिइनेछ ।

५. नेपाल सरकारले सञ्‍चार प्रतिष्ठानलाई लोककल्याणकारी विज्ञापन वापत उपलव्ध गराउने रकमको १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्थालाई शीघ्र कार्यान्वयन गरिनेछ। निजी क्षेत्रबाट समेत विज्ञापन वापत प्राप्‍त आम्दानीको १० प्रतिशत रकम उक्त कोषमा जम्मा गर्न प्रोत्साहित गरिनेछ। कल्याणकारी कोष परिचालन कार्यविधि तीन महिनाभित्र तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।

६. दुरसञ्‍चार सेवाको गुणस्तर सुधार गरिनेछ। आगामी श्रावण १ गतेदेखि मोवाइल डिभाइस म्यानेज्मेन्ट सिस्टम सञ्‍चालनमा ल्याइनेछ। यसबाट अवैध मोवाइल सेटको प्रयोग नियन्त्रणमा आउनुका साथै मोवाइलको प्रयोग गरी हुने अपराधिक गतिविधि समेत नियन्त्रण हुने विश्‍वास लिएको छु।

७. ग्रामीण दुरसञ्‍चार विकास कोष परिचालन गरी सबै स्थानीय तहका केन्द्र,  वडा कार्यालय,  स्वास्थ्य संस्था,  सामुदायिक क्याम्पस र माध्यमिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गरिनेछ। आगामी दुई वर्षभित्र देशभर अप्टिकल फाइबर विछ्याई सूचना महामार्ग निर्माण सम्पन्‍न गरिनेछ। सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गरिनेछ। राष्ट्रिय साइवर सुरक्षा अनुगमन केन्द्रको संस्थागत सुदृढीकरण गरी वेबसाइट,  एप्लिकेसन र सर्भरको साइवर सुरक्षा मजबुत तुल्याइनेछ।

८. सरकारी विज्ञापनमा सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्‍चार माध्यमको न्यायपूर्ण पहुँच सुनिश्‍चित गरिनेछ।

९. सरकारी निकायबाट प्रदान गरिने सबै प्रकारका सेवालाई नागरिक एप्ससँग अन्तरआवद्ध गरिनेछ।

१०. सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गरिनेछ। गणेश हिमाल क्षेत्रमा चलचित्र छायाङ्कन स्थल बनाउन सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिनेछ।  काभ्रेको बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गरिनेछ। उत्कृष्ट चलचित्र निर्माणका लागि स्टोरी बैंकको अवधारणा कार्यान्वयनमा ल्याइनेछ।

११. हुलाक सेवाको पुनर्संरचना गरी आधुनिक र व्यावसायिक बनाइनेछ। नागरिकता, राहदानी लगायतका महत्वपूर्ण दस्तावेज हुलाक सेवा मार्फत सुरक्षित र छरितोरुपमा नागरिकको घर दैलोसम्म पुर्‍याइनेछ। हुलाक मार्फत इ-कमर्शको विस्तार गर्न सम्भाव्यता अध्ययन गरिनेछ।

१२. पाँचथर,  भोजपुर,  सिराहा, पर्वत,  दाङ्ग लगायतका विभिन्‍न ९ स्थानमा ट्रान्समिटर थप गरी रेडियो नेपालको पहुँच विस्तार गरिनेछ।

१३. नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्‍ट्रिय स्तरमा पुर्‍याउन एनटिभी वर्ल्ड च्यानल सञ्‍चालनमा ल्याइनेछ।

१४. सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु. ७ अर्ब ७४ करोड विनियोजन गरेको छु ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८