खोज पत्रकारिता केन्द्रलाई मल्टिमिडिया उत्पादक र व्यवस्थापक आवश्यक

खोज पत्रकारिता केन्द्रलाई मल्टिमिडिया उत्पादक र व्यवस्थापक आवश्यक

@glenncarstenspeters from unsplash.com
  • बैशाख २४, २०७८ शुक्रबार १८:१६

यदि तपाईँ मल्टिमिडिया पत्रकारितामा दख्खल राख्नुहुन्छ र नयाँ अवसरको खोजीमा हुनुहुन्छ भने खोज पत्रकारिता केन्द्र (खोपके) तपाईँको नयाँ गन्तव्य हुन सक्छ । खोपकेले मल्टिमिडिया युनिटका लागि केही दक्ष जनशक्तिका लागि आवेदन आह्वान गरेको छ । 

१. मल्टिमिडिया कन्टेन्ट डेभलपर (एक जना) 

कार्य प्रकृतिः करार / फूलटाइम

कार्य अवधि: १८ महीना ( सुरुमा ६ महिना र त्यसपछि १ वर्ष थप )

न्यूनतम योग्यता:

१. फोटोग्राफी, भिडियोग्राफी र अडियोसहित डिजिटल कन्टेन्ट उत्पादनमा दक्खल भएको ।

२. भिडियो, तस्बिर, ग्राफिक्स, इलस्ट्रेसन, इन्फोग्राफिक्स, एनिमेसन लगायतको सही प्रयोग तथा सम्पादन गरी 'भिडियो कन्टेन्ट' तयार गर्नसक्ने ।

३. लामो खोज रिपोर्टलाई मल्टिमिडिया कन्टेन्टमा परिणत गर्न सक्ने तथा डिजिटल मिडिया र सोसल मिडियाको विभिन्न प्लेटफर्म अनुसार भिजुअल कन्टेन्ट तयार गर्न ।

४. अनलाइन मिडियाको अनुभव सहित सिएमएस चलाउन सक्ने । 

५. मल्टिमिडिया कन्टेन्टमा काम गरेको तीन वर्षको अनुभव भएको । 

६. नेपाली र अङ्ग्रेजी भाषाको ज्ञान भएको ।

२. मल्टिमिडिया व्यवस्थापक (एक जना)

कार्य प्रकृतिः करार/पार्टटाइम

कार्य अवधिः १८ महिना (सुरुमा ६ महिना र त्यसपछि १ वर्ष थप)

न्यूनतम योग्यता:

१. मल्टिमिडिया कन्टेन्ट उत्पादनमा सम्पादकीय र व्यवस्थापकीय नेतृत्व दिनसक्ने ।

२. ग्राफिक्स, इलस्ट्रेसन, तस्बिर, भिडियो, डाटा, इन्फोग्राफिक्स इत्यादिको प्रयोग गरी पूर्ण प्याकेजसहित रिपोर्टबाट मल्टिमिडिया कन्टेन्ट उत्पादनको सक्ने ।

३. इन्फोग्राफिक्स, डाटा भिजुलाइजेसन, डिजिटल ग्राफिक्स तथा डिजाइन गर्न सक्ने |

४. नेपाली भाषा लेखन र शैली राम्रो भएको तथा सम्पादकीय संवेदनशीलतालाई न्याय गर्न सक्ने ।

५. अनलाइन मिडियाको अनुभव अनुभव सहित सिएमएस चलाउन सक्ने ।

६. न्युज रुम व्यवस्थापनको कम्तीमा पाँच वर्षको अनुभव भएको । 

७. नेपाली र अङ्ग्रेजी भाषाको राम्रो ज्ञान भएको ।

आवेदन गर्दा आफूलाई मनपरेको मल्टिमिडियाको राम्रो प्रयोग भएको समाचार फिचर वा खोजमूलक स्टोरीका केही उदाहरण तथा ती स्टोरी तपाईंले किन छान्नुभएको भन्ने कुरा पनि आवेदनमा उल्लेख गर्न खोपकेले भनेको छ । 

खोज मुलक मल्टिमिडिया पत्रकारितामा इच्छा भएका व्यक्तिहरुले आफ्नो बायोडाटा सहित १३ मे २०२१ (वैशाख ३०, २०७८) भित्र निम्नलिखित ठेगानामा आवेदन पठाउन सकिने खोपकेले जनाएको छ ।


खोज पत्रकारिता केन्द्र

मच्छिन्द्रमार्ग जवलाखेल, ललितपुर फोन: ०१-५५४३०८५

इमेल: [email protected]

खोज पत्रकारिता केन्द्र खोजमूलक समाचार रिपोर्टिङ तथा उत्पादनका लागि पत्रकारहरूलाई तालिम, मेन्टरसिप तथा आर्थिक लगायतका सहयोग प्रदान गर्ने गैरसरकारी संस्था हो ।  


Related Story

बीबीसी मिडिया एक्सनलाई 'डिजिटल प्रोड्युसर' आवश्यक

बीबीसी मिडिया एक्सन नेपालले 'डिजिटल प्रोड्युसर' पदका लागि आवेदन आह्वान गरेको छ । यो पदमा छानिने उम्मेदवारले संस्थाका विभिन्न परियोजनाहरूका लागि

गोरखापत्र, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारणको नेतृत्त्व छान्न सरकारले निकाल्यो सूचना

सरकारले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रशारण संस्था र प्रेस काउन्सिल नेपालको नेतृत्त्व छान्न आवेदन आह्वान गरेको छ । यी तीनवटा सार्वजनिक

रेडियोलाई 'अन डिमान्ड' बनाउन कान्तिपुरले खोज्यो सिनियर पड्कास्ट प्रोड्युसर

के तपाईँलाई पड्कास्टमार्फत पत्रकारिता गर्न मन लागेको छ ? पड्कास्ट उत्पादनमा अनुभव छ ? यदि छ भने यो अवसर तपाईँका

खोज र फिचरलाई सुदृढ बनाउन कान्तिपुरले माग्यो 'म्यानेजिङ एडिटर'

नेपालको अग्रणी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुपले आफ्नो खोजमूलक र फिचर पत्रकारितालाई थप सुदृढ बनाउन 'म्यानेजिङ एडिटर' (फिचर, इन्भेस्टिगेसन र

NIMJN मा रोजगारीको अवसर

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले प्रोग्राम अफिसर र प्रोग्राम एसोसियट पदमा आवेदन आह्वान गरेको छ । NIMJN सामाजिक

समाचार वाचन, सम्पादन र प्रस्तुतीमा रुची छ? नेपाल टेलिभिजनको यो अवसर तपाईँका लागि हो

नेपाल टेलिभिजनले समाचार च्यानलका लागि करार सेवामा समाचार वाचक, सम्पादक र प्रस्तोता पदहरूका लागि आवेदन आह्वान गरेको छ। सूचना अनुसार

नेपाल फोटो लाइब्रेरीलाई फोटोग्राफर र भिडियोग्राफर आवश्यक

फोटो एजेन्सी 'नेपाल फोटो लाइब्रेरी' ले सिर्जनशील फोटोग्राफर तथा भिडियोग्राफरहरूको खोजी गरेको छ । कम्पनीले पूर्णकालीन तथा आंशिककालीन रूपमा काम गर्न

कान्तिपुरको स्ट्रिन्जर विज्ञापन: ३० वर्षे उमेरहददेखि श्रम शोषणसम्मका ५ विवाद

कान्तिपुर पब्लिकेसन्सले ३२ जिल्लामा स्ट्रिन्जर पदका लागि गरेको विज्ञापनले पत्रकारिता क्षेत्रमा व्यापक चर्चा जन्माएको छ । विशेषगरी ३० वर्षको उमेरहद,