किशोर श्रेष्ठ पक्राउ अघिका दुई मुख्य घटना

किशोर श्रेष्ठ पक्राउ अघिका दुई मुख्य घटना

पत्रकार किशोर श्रेष्ठ । तस्बिर साभारः english.pardafas.com
  • श्रावण २८, २०८३ बिहीबार ०४:४२

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनको निवासबाट पक्राउ गरेको छ । 

प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको छ । 

पक्राउअघिका दुई मुख्य घटना

पक्राउको सबैभन्दा तात्कालिक र कानुनी कारण जनआस्था डटकममा प्रकाशित एउटा समाचार र तस्बिर बनेको छ । 

'केही दिनअघि उहाँको सञ्चारमाध्यममा आएको तस्बिरसँग सम्बन्धित विषय हो,' जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले कान्तिपुरसँग भनेका छन्, 'अहिलेसम्म एउटा मात्र उजुरी आएको हो ।'

जनआस्था साप्ताहिकले "परस्त्रीसँग माननीयको ‘लिप किस’" शीर्षकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अमरकान्त चौधरी र सप्तरीकै एक महिलाको चुम्बन गरिरहेको निजी तस्बिरसहितको समाचार प्रकाशित गरेको थियो । 

समाचारमा उक्त तस्बिर ती युवतीले आफ्नो फेसबुक वालमा सेयर गरेको दाबी गरिएको थियो ।

सो समाचार प्रकाशित भएपछि ती महिलाले आफ्नो वैयक्तिक गोपनीयता हनन भएको भन्दै साउन २७ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको देखिन्छ ।  

प्रहरीले सोही जाहेरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिई श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ। 

“तपाईँलाई …को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाईँ भएको वैयक्तिक गोपनीयता सम्बन्धी कसूर मुद्दामा प्रहरी हिरासतमा राख्नुपर्ने भएकोले आजैका मितिदेखि प्रहरी हिरासतमा राखी थो थुनुवापूर्जी दिइएको छ”, अनुसन्धान अधिकारी प्रहरी निरीक्षक लोकृष्ण दाहालले हस्ताक्षर गरी किशोर श्रेष्ठका नाममा दिइएको थुनुवापूर्जीमा भनिएको छ । 

ती महिलाले अमरकान्त चौधरीसँगको फोटोलाई 'फेक' भन्दै उक्त फोटो भाइरल नबनाइदिन र 'तनावका कारण दुनियाँ छोड्न बाध्य नबनाइदिनु' भन्दै भिडियो समेत सार्वजनिक गरेकी थिइन् ।

अर्को घटना

साउन २७ गते श्रेष्ठ पक्राउ परेकै दिन प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले पनि जनआस्था डटकम र त्यसको सामाजिक सञ्जाल पेजविरुद्ध प्रेस काउन्सिल नेपालमा लिखित उजुरी दर्ता गराएको खुलेको छ ।

जनआस्थाले उनको तस्बिर राखेर "सुध्रिनुस् म्याडम, अझै समय छ" भन्ने आपत्तिजनक र धम्कीपूर्ण थम्बनेल बनाई सामग्री सम्प्रेषण गरेको उनको उजुरीमा उल्लेख छ । 

उनले यसबाट आफ्नो सार्वजनिक प्रतिष्ठा र चरित्रमा गम्भीर आँच पुगेको भन्दै छानबिन र कारबाहीको माग गरेकी छन् ।

श्रेष्ठ पक्राउ परेको समाचार सार्वजनिक भएपछि उपसभामुख ठाकुरले आफ्नो फेसबुक अकाउन्टमा उनलाई लक्षित गर्दै आक्रामक टिप्पणी गरेकी छन् । 

यद्यपि, विवाद उत्पन्न भएपछि उनले यो पोस्ट हटाएकी छन् । 

पक्राउपछिका प्रतिक्रिया 

किशोर श्रेष्ठको पक्राउलाई लिएर सञ्चार जगत् र सामाजिक सञ्जालमा दुई खालका धारणाहरू देखा परेका छन् । 

पक्राउको विरोध गर्ने पक्षले यसलाई राज्यको असहिष्णुता र पत्रकारमाथिको दमनका रूपमा अर्थ्याएका छन् । 

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले यसलाई "सत्ताको प्रतिशोधपूर्ण हर्कत" भन्दै विरोध गरेका छन् । 

उनका अनुसार श्रेष्ठले पछिल्लो समय सरकार र सत्तारुढ दलका नेताहरूका गलत कदमविरुद्ध प्रखर आवाज उठाइरहेका थिए र त्यही आवाज दबाउन सत्ताले उनलाई पक्राउ गरेको हो ।

'जनआस्था साप्ताहिक' ले बनाएको पत्रकारिताको अर्को लज्जास्पद उदाहरण 'जनआस्था साप्ताहिक' ले बनाएको पत्रकारिताको अर्को लज्जास्पद उदाहरण

कतिपय पत्रकारहरूले समाचार लेखेकै आधारमा पत्रकारलाई सीधै पक्राउ गर्ने प्रहरीको शैलीको आलोचना गरेका छन् ।

अर्काथरीले, प्रेस स्वतन्त्रताको आडमा कसैको निजी जीवन र गोपनीयता हनन गर्न नपाइने र पत्रकार पनि कानुनभन्दा माथि हुन नसक्ने तर्क राखिरहेका छन् । 

लेखक सीमा आभाषले सामाजिक सञ्जालमा टिप्पणी गर्दै विगतमा जनआस्थामा प्रकाशित सामग्रीकै कारण आत्महत्या गरेकी नायिका श्रीषा कार्कीको प्रसंग स्मरण गराएकी छन् । 

उनले प्रश्न गरेकी छन्— "समाचार र तस्विर छापिएकै कारण आत्महत्या गर्ने वातावरण बनाउनेले कानुनी दायरामा कसरी आउनुपर्छ? पत्रकार हुनेबित्तिकै कानुन नलाग्ने भन्ने कदापि हुँदैन ।"

समाचारबाट चित्त नबुझेमा पत्रकार आचारसंहिता, २०७३ अनुसार सम्बन्धित सञ्चारमाध्यमलाई खण्डन पठाउन सकिन्छ । सम्बन्धित मिडियाले खण्डन छाप्न इन्कार गरे वा चित्त नबुझे काउन्सिलमा उजुरी दिन सकिन्छ ।

सञ्चारमाध्यमले आफ्नो समाचार सामग्रीका बारेमा प्राप्त खण्डनलाई उचित स्थान दिएर प्रकाशन तथा प्रसारण गर्नुपर्छ ।

पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले श्रेष्ठलाई पक्राउ गरी सरकारले मिडियालाई तर्साउन खोजेको प्रतिक्रिया दिएकी छन् ।


Related Story

सञ्चार सामग्री जफत गर्नु संविधानको ठाडो उल्लंघन : पत्रकार महासंघ

जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको

किशोर श्रेष्ठ पक्राउ प्रकरणमा महिला आयोग अध्यक्षको आफ्नै पीडा र गम्भीर खुलासा

'पटक पटक प्रेस काउन्सिल जाँदा पनि न्याय पाइनँ' जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननको मुद्दामा पक्राउ गरेपछि

किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिल नेपालः ‘कार्यालयमा प्रहरी छापा’ को विरोध गर्दै पत्रकारलाई पनि जिम्मेवार बन्न आग्रह

प्रेस काउन्सिलले किशोर श्रेष्ठ पक्राउ र उनको सञ्चार गृहमा छापा मारिएको शैलीप्रति आपत्ति जनाउँदै पत्रकारहरूलाई स्वतन्त्रताको नाममा स्वच्छन्द नहुन आग्रह

किशोर श्रेष्ठ पक्राउ प्रकरणः के भन्छ प्रेस काउन्सिल ऐन र आचारसंहिताको ‘विधि’?

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरेपछि सञ्चार जगत् र कानुनी वृत्तमा एउटा बहस सुरु

मिडियाका कटु आलोचक उमेश श्रेष्ठ प्रेस काउन्सिलको नेतृत्त्वमा

नेपाली पत्रकारितामा उमेश श्रेष्ठ 'सालोक्य' एउटा यस्तो नाम हो, जसले गएका दुई दशकदेखि मूलधारका मिडियाका ससाना गल्तीदेखि ठूला विचलनसम्मलाई निर्भयतापूर्वक

फरक फरक निकायमा एउटै व्यक्ति दाबेदारः विज्ञता कि पदको भोक ?

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको नेतृत्वका लागि आवेदन दिएका नामहरूको प्रारम्भिक लेखाजोखा सरकारले प्रेस काउन्सिल नेपाल, गोरखापत्र संस्थान

मोनेटाइजेसन मोहदेखि सीमामा विदेशी मिडियाको अवैध सक्रियतासम्म, पत्रकारितामा देखिएका ७ विकृति

प्रेस काउन्सिल नेपालले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका केही नकारात्मक प्रवृत्तिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिता

पत्रकारको 'धम्की'ले मन्त्रीलाई डिप्रेसनको डर

मन्त्रीको कमिसनखोरी VS पत्रकारको ब्ल्याकमेलिङ: जब आरोपप्रत्यारोपमा एकअर्का नाङ्गिए मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पत्रकारले आफ्नो व्यक्तिगत फाइदाका