सामाजिक सञ्जाल विधेयकविरुद्ध श्रमजीवी पत्रकार संघको दबाबमूलक आन्दोलन

सामाजिक सञ्जाल विधेयकविरुद्ध श्रमजीवी पत्रकार संघको दबाबमूलक आन्दोलन

  • माघ २६, २०८१ शनिबार २३:२८

श्रमजीवी पत्रकार संघले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयकविरुद्ध दबाबमूलक आन्दोलनको घोषणा गरेको छ । 

संघका अध्यक्ष जन्मदेव जैसीद्वारा जारी विज्ञप्तिमा विधेयकहरूमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक हकलाई बन्देज गर्ने प्रावधानहरू रहेको उल्लेख छ ।

विज्ञप्तिमा सामाजिक सञ्जाल विधेयकमा नागरिकका आवाजलाई फौजदारीकरण गर्ने र चर्को आर्थिक दण्डसहित जेल हाल्ने बुँदाहरू राखिएको जनाइएको छ । त्यस्तै मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिल जस्तो स्वतन्त्र र अर्धन्यायिक निकायलाई सरकारी कार्यालयको इकाईको रूपमा राख्न खोजिएको आरोप लगाइएको छ ।

संघले २०७४ सालदेखि पत्रकार एवं श्रमिक सञ्चारकर्मीहरूको पारिश्रमिक नबढेको र साना तथा स्थानीय स्वरोजगार मिडियाको संरक्षणका लागि कुनै नीति नबनाएको भन्दै पनि सरकारको आलोचना गरेको छ ।

संघले फागुन २ गतेदेखि विभिन्न चरणमा विरोध कार्यक्रम गर्ने जनाएको छ । पहिलो चरणमा सभामुख र विषयगत समितिलाई ध्यानाकर्षण पत्र बुझाउने, दोस्रो चरणमा प्रतिनिधिसभाका सबै सदस्यलाई मोबाइल सन्देश पठाउने, तेस्रो चरणमा सञ्चारग्रामस्थित सबै सञ्चार संस्था घेराउ गर्ने र अन्तिम चरणमा सिंहदरबारको दक्षिण ढोका नजिकै हनुमानस्थान मन्दिरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

विज्ञप्तिमा यी कार्यक्रमबाट सिर्जित परिस्थितिको जिम्मेवार सरकार र सम्बन्धित सरोकारवाला संस्था हुने उल्लेख गरिएको छ । सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति सामाजिक सञ्जाल विधेयक: संसद्‍मा दर्ता भएकै दिनदेखि चौतर्फी विरोध सामाजिक सञ्जाल विधेयक: संसद्‍मा दर्ता भएकै दिनदेखि चौतर्फी विरोध 'सामाजिक सञ्जाल विधेयक' यत्तिकै ऐन बनेमा बेहोर्नुपर्ने हुनसक्छ सेन्सरसिपसहित १५ खतरा 'सामाजिक सञ्जाल विधेयक' यत्तिकै ऐन बनेमा बेहोर्नुपर्ने हुनसक्छ सेन्सरसिपसहित १५ खतरा

पढ्नुस् संघको विज्ञप्तिः

Working Journalists Association.jpeg


Related Story

डलरको लोभमा फेसबुक रिलमार्फत साम्प्रदायिक विद्वेषको खेती

काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल ठहर गरेका कुल ९० वटा सामग्रीमध्ये ६२ वटा त फेसबुक रिल मात्रै रहेका छन् । प्रेस काउन्सिल

काठमाडौंमा डिजिटल प्लाटफर्म सुशासनसम्बन्धी क्षेत्रीय कार्यशाला, दुई टुलकिट अनुमोदन

दक्षिण एसियामा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सुदृढ गर्ने उद्देश्यले काठमाडौँमा आयोजित 'डिजिटल प्लाटफर्मको सुशासनका लागि युनेस्को निर्देशिका कार्यान्वयन' सम्बन्धी

Why Social Media Makes You Angry?

सोसल मिडियाका कतिपय सामग्रीले हामीलाई किन आक्रोषित बनाउँछ भनेर कहिल्यै सोच्नुभएको छ ? हेर्नेबित्तिकै रिस उठाउने यस्ता पोस्टको असर समाजमा कस्तो

जेन जी आन्दोलन: सूचना रिक्ततादेखि सूचना महामारीसम्म

मुलधारका मिडियाले सामाजिक सञ्जालका दृश्य सामग्रीलाई सम्पादन र विश्लेषण नगरी सीधै प्रसारण गरेपछि नागरिकलाई सत्य र झूठ छुट्याउन गाह्रो भयो भदौ

सोसल मिडिया प्लेटफर्म बन्द गर्ने सरकारको निर्णय, सूचिमा फेसबुकदेखि हाम्रोपात्रोसम्म

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गरी

३० दिनपछि स्वतः हट्दैछन् फेसबुकका लाइभ भिडियो, जोगाउन के गर्ने ?

फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ । अर्थात्, लाइभ गरेको ३० दिनपछि जुनसुकै भिडियो फेसबुकको

सामाजिक सञ्जाल विधेयक: नागरिक अभिव्यक्तिमाथि अंकुशको डर

सरकारी विभागको एकल निर्णयबाट इन्टरनेटमा नागरिकको आवाज बन्द गर्ने खतरनाक प्रावधान सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनलाई नियमन गर्ने उद्देश्यले सरकारले हालै

इन्टरनेट सेन्सरसिपको हतियार बन्न सक्छ सामाजिक सञ्जाल विधेयक

सरकारले प्रस्ताव गरेको सामाजिक सञ्जाल विधेयक २०८१ ले इन्टरनेटमा स्वतन्त्र अभिव्यक्ति, सञ्चारको हक र गोपनीयताको अधिकारमा गम्भीर सेन्सरसिप लगाउने खतरा