३० दिनपछि स्वतः हट्दैछन् फेसबुकका लाइभ भिडियो, जोगाउन के गर्ने ?

३० दिनपछि स्वतः हट्दैछन् फेसबुकका लाइभ भिडियो, जोगाउन के गर्ने ?

  • फाल्गुण २०, २०८१ मंगलबार ०१:४०

फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ । अर्थात्, लाइभ गरेको ३० दिनपछि जुनसुकै भिडियो फेसबुकको सर्भरबाट स्वतः डिलिट हुनेछ । फेब्रवरी १९ मा फेसबुकले ल्याएको नयाँ नीति अनुसार यो नियम लागु गरिएको हो । यसअघि लाइभ भिडिओ अनिश्चितकालसम्म फेसबुकमा सुरक्षित रहन्थ्यो । 

फेसबुकका अनुसार यो नयाँ नीति फेब्रुअरी १९ देखि लागु भएको छ। यसको मतलब अब ३० दिनभन्दा पुराना लाइभ भिडिओहरू फेसबुकबाट हट्नेछन् । तर, फेसबुकले भिडिओ हटाउनुअघि प्रयोगकर्ताहरूलाई नोटिफिकेसन पठाउनेछ । प्रयोगकर्ताहरूले ती भिडिओहरूलाई के गर्ने भन्ने निर्णय गर्न ९० दिनको समय पाउनेछन् ।  कारणवस ९‍‍० दिन भित्र भिडियो डाउनलोड गर्न नसकेमा डिलिट हुने समयलाई ६ महिना सम्म सार्न सकिने फेसबुकले जनाएको छ। समय सार्ने माैका एक पटक मात्र दिइने छ । 

फेसबुकले अब लाइभ भिडियोहरू ३० दिनपछि स्वतः मेटाउनेछ । यसले फेसबुकमा रहेका ऐतिहासिक, राजनीतिक, सामाजिक वा सांस्कृतिक महत्त्वका लाइभ भिडियो रेकर्डिङहरूको विशाल संग्रह स्थायी रूपमा हराउने जोखिम सिर्जना गरेको छ । 

डाउनलोड गर्ने समय कसरी थप्ने ?

Postpone GIF

मेमोरियलाइज (memorialized) अर्थात् मृत्यु भइसकेका मान्छेहरूको फेसबुक अकाउन्टबाट भएका लाइभ भिडियोलाई भने फेसबुकको नयाँ नीतिले असर गर्दैन । फेसबुकले आफैँ कुनै प्रयोगकर्ताको मृत्यु भएको जानकारी पाएपछि उक्त अकाउन्टलाई मेमोरियलाइज गर्छ । खाता मेमोरियलाइज  भएपछि व्यक्तिले राखेका लाइभ भिडियो र अन्य सामग्री फेसबुकमा जस्ताको त्यस्तै रहन्छन् ।

फेसबुकबाट लाइभ भिडियो कसरी डाउनलोड गर्ने ?

फेसबुकले प्रयोगकर्ताको सजिलोका लागि लाइभ भिडियो डाउनलोड गर्ने नयाँ तरिकाहरू ल्याउन लागेको जनाएको छ । हेर्नुस्, एउटा भिडियो डाउनलोड गर्ने तरिकाः

GIF

एकसाथ सबै (बल्क) भिडियो डाउनलोड गर्ने तरिका

GIF

लाइभ भिडियोलाई क्लाउडमा अपलोड गर्ने तरिका 

GIF

लाइभलाई रिलमा कन्भर्ट  गर्ने तरिका

Notification Image

फेसबुकको सञ्चालक कम्पनी मेटाले लाइभ भिडियो हटाउने नीति किन ल्याएको भन्ने स्पष्ट छैन । टेकक्रन्च, म्यासेबल लगायतका सञ्चारमाध्यमले मेटासँग प्रतिक्रिया लिन खोजे पनि प्रतिक्रिया प्राप्त नभएको उल्लेख गरेका छन् । 


Related Story

डलरको लोभमा फेसबुक रिलमार्फत साम्प्रदायिक विद्वेषको खेती

काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल ठहर गरेका कुल ९० वटा सामग्रीमध्ये ६२ वटा त फेसबुक रिल मात्रै रहेका छन् । प्रेस काउन्सिल

काठमाडौंमा डिजिटल प्लाटफर्म सुशासनसम्बन्धी क्षेत्रीय कार्यशाला, दुई टुलकिट अनुमोदन

दक्षिण एसियामा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सुदृढ गर्ने उद्देश्यले काठमाडौँमा आयोजित 'डिजिटल प्लाटफर्मको सुशासनका लागि युनेस्को निर्देशिका कार्यान्वयन' सम्बन्धी

Why Social Media Makes You Angry?

सोसल मिडियाका कतिपय सामग्रीले हामीलाई किन आक्रोषित बनाउँछ भनेर कहिल्यै सोच्नुभएको छ ? हेर्नेबित्तिकै रिस उठाउने यस्ता पोस्टको असर समाजमा कस्तो

जेन जी आन्दोलन: सूचना रिक्ततादेखि सूचना महामारीसम्म

मुलधारका मिडियाले सामाजिक सञ्जालका दृश्य सामग्रीलाई सम्पादन र विश्लेषण नगरी सीधै प्रसारण गरेपछि नागरिकलाई सत्य र झूठ छुट्याउन गाह्रो भयो भदौ

सोसल मिडिया प्लेटफर्म बन्द गर्ने सरकारको निर्णय, सूचिमा फेसबुकदेखि हाम्रोपात्रोसम्म

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गरी

सामाजिक सञ्जाल विधेयक: नागरिक अभिव्यक्तिमाथि अंकुशको डर

सरकारी विभागको एकल निर्णयबाट इन्टरनेटमा नागरिकको आवाज बन्द गर्ने खतरनाक प्रावधान सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनलाई नियमन गर्ने उद्देश्यले सरकारले हालै

इन्टरनेट सेन्सरसिपको हतियार बन्न सक्छ सामाजिक सञ्जाल विधेयक

सरकारले प्रस्ताव गरेको सामाजिक सञ्जाल विधेयक २०८१ ले इन्टरनेटमा स्वतन्त्र अभिव्यक्ति, सञ्चारको हक र गोपनीयताको अधिकारमा गम्भीर सेन्सरसिप लगाउने खतरा

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए पत्रकार महासंघ आन्दोलनमा उत्रने

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता कुण्ठित पार्ने सामाजिक सञ्जाल विधेयक तत्काल फिर्ता लिन माग गर्दै विधेयक फिर्ता नभए आन्दोलनमा उत्रने