सेतोपाटीको युट्युब च्यानल ह्याक

सेतोपाटीको युट्युब च्यानल ह्याक

  • माघ १४, २०८१ सोमबार २०:५०

अनलाइन सञ्चार माध्यम सेतोपाटी डटकमको आधिकारिक युट्युब च्यानल ह्याक भएको छ ।  ३ लाख ७४ हजारभन्दा बढी सब्सक्राइबर भएको सेटोपाटीको च्यानल सोमबार ह्याक भएको हो ।

च्यानल ह्याक भएपछि सेतोपाटीले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको छ ।  "हाम्रा प्रिय पाठकहरू, हामी तपाईंहरूलाई यो जानकारी गराउन चाहन्छौं कि सेतोपाटीको आधिकारिक युट्युब च्यानल ह्याक भएको छ र यसमा असान्दर्भिक सामग्रीहरू प्रसारण भइरहेका छन्," सेतोपाटीले आफ्नो फेसबुक पेजमा लेखेको छ, "हामी यस समस्याको समाधान गर्न हरसम्भव प्रयास गरिरहेका छौं।"

अपरिचित ह्याकरहरूको एक समूहले च्यानललाई आफ्नो नियन्त्रणमा लिएको छ । ह्याकरहरूले च्यानल ह्याक गरेर नेपालमा अवैध क्रिप्टोकरेन्सीको प्रचार गर्न थालेका छन् । ह्याकरहरूले च्यानलको नाम परिवर्तन गरेर ‘रिप्पल’ राखेका थिए ।

'रिप्पल एक प्रकारको क्रिप्टोकरेन्सी हो । यो समाचार तयार पार्दा सम्म सो च्यानल देखिदैन । सेतोपाटीको च्यानल पनि गायब छ । 

च्यानल ह्याक भएपछि आन्तरिक रुपमा समाधानको कार्य भैरहेको सेटोपाटीका एक पत्रकारले जानकारी दिए । 

 


Related Story

डलरको लोभमा फेसबुक रिलमार्फत साम्प्रदायिक विद्वेषको खेती

काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल ठहर गरेका कुल ९० वटा सामग्रीमध्ये ६२ वटा त फेसबुक रिल मात्रै रहेका छन् । प्रेस काउन्सिल

काठमाडौंमा डिजिटल प्लाटफर्म सुशासनसम्बन्धी क्षेत्रीय कार्यशाला, दुई टुलकिट अनुमोदन

दक्षिण एसियामा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सुदृढ गर्ने उद्देश्यले काठमाडौँमा आयोजित 'डिजिटल प्लाटफर्मको सुशासनका लागि युनेस्को निर्देशिका कार्यान्वयन' सम्बन्धी

Why Social Media Makes You Angry?

सोसल मिडियाका कतिपय सामग्रीले हामीलाई किन आक्रोषित बनाउँछ भनेर कहिल्यै सोच्नुभएको छ ? हेर्नेबित्तिकै रिस उठाउने यस्ता पोस्टको असर समाजमा कस्तो

जेन जी आन्दोलन: सूचना रिक्ततादेखि सूचना महामारीसम्म

मुलधारका मिडियाले सामाजिक सञ्जालका दृश्य सामग्रीलाई सम्पादन र विश्लेषण नगरी सीधै प्रसारण गरेपछि नागरिकलाई सत्य र झूठ छुट्याउन गाह्रो भयो भदौ

सोसल मिडिया प्लेटफर्म बन्द गर्ने सरकारको निर्णय, सूचिमा फेसबुकदेखि हाम्रोपात्रोसम्म

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गरी

३० दिनपछि स्वतः हट्दैछन् फेसबुकका लाइभ भिडियो, जोगाउन के गर्ने ?

फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ । अर्थात्, लाइभ गरेको ३० दिनपछि जुनसुकै भिडियो फेसबुकको

सामाजिक सञ्जाल विधेयक: नागरिक अभिव्यक्तिमाथि अंकुशको डर

सरकारी विभागको एकल निर्णयबाट इन्टरनेटमा नागरिकको आवाज बन्द गर्ने खतरनाक प्रावधान सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनलाई नियमन गर्ने उद्देश्यले सरकारले हालै

इन्टरनेट सेन्सरसिपको हतियार बन्न सक्छ सामाजिक सञ्जाल विधेयक

सरकारले प्रस्ताव गरेको सामाजिक सञ्जाल विधेयक २०८१ ले इन्टरनेटमा स्वतन्त्र अभिव्यक्ति, सञ्चारको हक र गोपनीयताको अधिकारमा गम्भीर सेन्सरसिप लगाउने खतरा