अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो स्थापना दिवसको अवसरमा पुरस्कृत गर्न सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निवारण सम्बन्धी समाचार तथा लेख रचना आह्वान गरेको छ ।
संकलितमध्येबाट उत्कृष्ट सामग्रीहरूलाई अख्तियारको स्थापना दिवस अर्थात् २०८१ माघ २८ गते पुरस्कृत गरिनेछ ।
आयोगका अनुसार गत आर्थिक वर्षको माघ महिनादेखि चालु आर्थिक वर्षको पुष मसान्तसम्म प्रकाशित समाचार तथा लेख रचनाहरू पठाउन सकिनेछ । रचनाहरू नेपाली वा अंग्रेजी भाषामा हुन सक्नेछन् । लेख रचना न्यूनतम सात सय शब्दको हुनुपर्ने उल्लेख गरिएको छ ।
प्रतिव्यक्ति अधिकतम तीनवटासम्म समाचार र लेख रचना पठाउन सकिने अख्तियारले जनाएको छ। रचनाहरू [email protected] मा पठाउन सकिने र श्रव्य दृश्य सामग्रीको हकमा पेनड्राइभमा राखी आयोगमा पेश गर्न सकिने सूचनामा उल्लेख छ । समाचार तथा लेख रचना २०८१ साल माघ १३ गते आइतबार राति १२:०० बजेसम्म पठाउन सकिनेछ ।
पढ्नुस् अख्तियारको सूचनाः