नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान

  • बैशाख ८, २०८० शुक्रबार २०:१३

हरेक दुई वर्षमा प्रदान गरिने नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान गरिएको छ ।

यो पुरस्कार नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दछ । नेजा अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको संस्था हो ।

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासनका क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिन्छ । पुरस्कारको राशी २,२२,२२२.२२ (दुई लाख बाइस हजार दुईसय बाइस रुपैयाँ, बाइस पैसा) छ ।

पुरस्कारका लागि आवेदन दिन इच्छुक पत्रकार वा सञ्चार संस्थाले २०७८ साल भदौदेखि २०८० साल वैशाख ५ गतेसम्ममा प्रकाशन/प्रशारण भएका कम्तिमा तीनवटा सामग्री महासंघको इमेल [email protected] मार्फत वा सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा उपलब्ध गराउनु पर्ने महासंघको वेबसाइटमा जनाइएको छ ।

२०८० वैशाख १२ गतेदेखि वैशाख २७ गतेसम्ममा पुरस्कारका लागि दरखास्त दिने समय तोकिएको छ । 


Related Story

स्थापना दिवसमा पुरस्कृत गर्न अख्तियारले माग्यो समाचार तथा लेख रचना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो स्थापना दिवसको अवसरमा पुरस्कृत गर्न सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निवारण सम्बन्धी समाचार तथा लेख रचना

डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका #DigitalRights and #Safety Handbook [Download]

डिजिटल राइट्स नेपालले डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका सार्वजनिक गरेको छ । डिजिटल अधिकार तथा सुरक्षाका विषयमा नागरिकलाई

डेटा,  मोजो र अनलाइन पत्रकारितासहितका तालिममा अवसर

बागमती प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले विभिन्न तालिमका लागि निवेदन माग गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा

संघीयतामा मिडियाको अवस्था झल्काउने ‘प्रदेशमा मिडिया’

‘प्रदेशमा मिडिया’ नामक पुस्तक सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको यो पुस्तकमा संघ र प्रदेशहरुमा

अनलाइन पत्रकार बन्‍न सिक्नैपर्ने १० सीप

म पनि अनलाइनमा काम गर्न चाहन्छु, मैले के गर्नुपर्छ? पढाइ सकियो, अब पत्रकारिता गर्नुपर्यो। लौ न कतै काम खोजिदेउ। म पनि अनलाइन

कोभिड १९ को दोस्रो लहर : रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने १५ कुरा

पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं । कोरोना COVID-19 को दोस्रो लहरका बारेमा समाचार

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६)

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) प्रस्तावनाः विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रतालगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, संवद्धर्न र प्रचलनका