डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका #DigitalRights and #Safety Handbook [Download]

डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका #DigitalRights and #Safety Handbook [Download]

  • आषाढ ३१, २०८१ आइतबार २०:४९

डिजिटल राइट्स नेपालले डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका सार्वजनिक गरेको छ । डिजिटल अधिकार तथा सुरक्षाका विषयमा नागरिकलाई सशक्तिकरण गर्ने हाते पुस्तिकाको उद्देश्य रहेको डिजिटल राइट्स नेपालले जनाएको छ । 

नागरिक, शिक्षक-शिक्षिका, नीति निर्माता तथा अभियन्ताहरूलाई अनलाइन स्पेसमा रहेका सुरक्षासम्बन्धी चुनौती वा जटिलताहरूलाई बुझाउने गरी पुस्तिका तयार पारिएको छ ।

पुस्तिकामार्फत् डिजिटल प्रविधिहरूको सुरक्षित प्रयोग गर्न आवश्यक सीप र उपयुक्त उपकरणहरूको बारेमा सचेतना फैलाउने लक्ष्य रहेको डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले जानकारी दिए ।

“यो हाते पुस्तिका डिजिटल साक्षरता अभिवृद्धि गर्ने र सुरक्षित अनलाइन वातावरणलाई प्रवर्द्धन गर्ने एक उपयोगी औजार हो,” सिग्देलले भने । 

हाते पुस्तिकामा अनलाइन अभिव्यक्तिको स्वतन्त्रता, गोपनीयता, तथ्यांक संरक्षण, सूचनामा पहुँच, इन्टरनेट शासन तथा साइबर सुरक्षा लगायतका विषयहरू समावेश गरिएका छन् । साथै पुस्तिकाले डिजिटल साक्षरता बढाउन र अनलाइन स्पेसलाई सुरक्षित बनाउनका लागि व्यवहारिक मार्गदर्शन र उपयोगी सुझावहरू समेत प्रदान डिजिटल राइट्स नेपालले जनाएको छ । 

डिजिटल अधिकार र सुरक्षा’ सम्बन्धी हाते पुस्तिकाले सुसूचित र सुरक्षित डिजिटल समाजलाई प्रबर्द्धन गर्ने  बढावा दिने एउटा महत्त्वपूर्ण कदम हुने प्रकाशकको दाबी छ । यो पुस्तिका अनलाइनमा रहेका आफ्ना अधिकारहरू बुझ्न र सुरक्षित गर्न खोज्नेहरूका लागि महत्त्वपूर्ण स्रोत रहने अपेक्षा प्रकाशकको छ ।

डिजिटल राइट्स नेपाल नेपालमा डिजिटल अधिकारको संरक्षण र प्रवर्द्धनमा समर्पित एक गैरनाफामुखी पहल हो । यस संस्थाले अनलाइन अभिव्यक्तिको स्वतन्त्रता, अनलाइन गोपनीयता, सूचनामा पहुँच, इन्टरनेट शासन, साइबर कानुन र नीतिहरू, र साइबर सुरक्षा जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित रही काम गर्दै आइरहेको छ ।

पुस्तिकाको सफ्टकपी पढ्नुहोस् तथा डाउनलोड गर्नुहोस् । 


Related Story

स्थापना दिवसमा पुरस्कृत गर्न अख्तियारले माग्यो समाचार तथा लेख रचना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो स्थापना दिवसको अवसरमा पुरस्कृत गर्न सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निवारण सम्बन्धी समाचार तथा लेख रचना

डेटा,  मोजो र अनलाइन पत्रकारितासहितका तालिममा अवसर

बागमती प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले विभिन्न तालिमका लागि निवेदन माग गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान

हरेक दुई वर्षमा प्रदान गरिने नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान गरिएको छ । यो पुरस्कार नेपाल–अमेरिका पत्रकार संघ

संघीयतामा मिडियाको अवस्था झल्काउने ‘प्रदेशमा मिडिया’

‘प्रदेशमा मिडिया’ नामक पुस्तक सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको यो पुस्तकमा संघ र प्रदेशहरुमा

अनलाइन पत्रकार बन्‍न सिक्नैपर्ने १० सीप

म पनि अनलाइनमा काम गर्न चाहन्छु, मैले के गर्नुपर्छ? पढाइ सकियो, अब पत्रकारिता गर्नुपर्यो। लौ न कतै काम खोजिदेउ। म पनि अनलाइन

कोभिड १९ को दोस्रो लहर : रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने १५ कुरा

पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं । कोरोना COVID-19 को दोस्रो लहरका बारेमा समाचार

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६)

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) प्रस्तावनाः विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रतालगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, संवद्धर्न र प्रचलनका