संघीयतामा मिडियाको अवस्था झल्काउने ‘प्रदेशमा मिडिया’

संघीयतामा मिडियाको अवस्था झल्काउने ‘प्रदेशमा मिडिया’

  • बैशाख २१, २०७९ बुधबार १४:०१

‘प्रदेशमा मिडिया’ नामक पुस्तक सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको यो पुस्तकमा संघ र प्रदेशहरुमा रहेका मिडियाको अवस्था केलाइएको छ ।

पुस्तकका अनुसार नेपालमा ८ हजार ९ सय ५३ मिडिया छन् । जसमा ४७ सय ८९ पत्रिका, ८ सय ८० एफएम रेडियो, १६४ टेलिभिजन र ३१ सय २० अनलाइन समाचार माध्यम छन् । नेपाल पत्रकार महासंघको सदस्यता लिएका पत्रकारहरूको संख्या १३ हजार ७७ छ ।

Pradesh ma Media Book Cover.jpgसूचना तथा प्रसारण विभागमा २०७८ साल फागुनको पहिलो सातासम्म इजाजत लिएका रेडियो र टेलिभिजन एवं प्रेस काउन्सिल नेपालमा अभिलेख भएका पत्रपत्रिका र अनलाइन समाचार माध्यमलाई आधार बनाइ पुस्तकमा प्रदेश र जिल्ला तहमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्यांक विष्लेषण गरिएको छ ।

प्रदेशहरुमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मिडिया र पत्रकार छन् । बागमती प्रदेशमा ५ हजार ५१ मिडिया छन् भने पत्रकारको संख्या ५ हजार ७ सय ७६ छ ।

राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक पी. खरेलले मिडियाको एकीकृत तथ्यांकले संघ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने भन्दै पुस्तकले मिडियाको वहुपक्षीय अध्ययनका लागि पनि सहयोग पुर्‍याउने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सही तथ्यांक विना समस्या पहिचान गर्न कठिन हुने धारणा व्यक्त गर्दै प्रदेश र स्थानीय तहमा मिडियाको नीति बनाउन सहयोग पुर्‍याउने बताए ।  

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मिडियाको तथ्यांकमा एकरुपता नहुँदा बेला बेलामा समस्या परेको उल्लेख गर्दै तथ्यांकमा एकरुपताका लागि डिजिटाइज सिस्टममा जानेबारे छलफल सुरु गरेको जानकारी दिए ।

बाग्मती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्यांकलाई व्यवस्थित गर्नका लागि संघ र प्रदेशबीच समन्वय हुन जरुरी भएको बताउनुभयो । उहाँले बाग्मती प्रदेशले मिडियाको विवरण राख्नका लागि अनलाइन प्रणालीको गृहकार्य गरिरहेको बताए ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष तृष्णा आचार्यले मिडियाको एकीकृत तथ्यांक र वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिइन् । पुस्तकले मिडियाको व्यावहारिक तथा नीतिगत पक्षमा थप छलफल र अनुसन्धान गर्न सहयोग  पुर्‍याउने विश्वास उनले व्यक्त गरिन् ।


Related Story

स्थापना दिवसमा पुरस्कृत गर्न अख्तियारले माग्यो समाचार तथा लेख रचना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो स्थापना दिवसको अवसरमा पुरस्कृत गर्न सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निवारण सम्बन्धी समाचार तथा लेख रचना

डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका #DigitalRights and #Safety Handbook [Download]

डिजिटल राइट्स नेपालले डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका सार्वजनिक गरेको छ । डिजिटल अधिकार तथा सुरक्षाका विषयमा नागरिकलाई

डेटा,  मोजो र अनलाइन पत्रकारितासहितका तालिममा अवसर

बागमती प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले विभिन्न तालिमका लागि निवेदन माग गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान

हरेक दुई वर्षमा प्रदान गरिने नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान गरिएको छ । यो पुरस्कार नेपाल–अमेरिका पत्रकार संघ

अनलाइन पत्रकार बन्‍न सिक्नैपर्ने १० सीप

म पनि अनलाइनमा काम गर्न चाहन्छु, मैले के गर्नुपर्छ? पढाइ सकियो, अब पत्रकारिता गर्नुपर्यो। लौ न कतै काम खोजिदेउ। म पनि अनलाइन

कोभिड १९ को दोस्रो लहर : रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने १५ कुरा

पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं । कोरोना COVID-19 को दोस्रो लहरका बारेमा समाचार

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६)

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) प्रस्तावनाः विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रतालगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, संवद्धर्न र प्रचलनका