४३ युट्युब च्यानलमाथि कारबाहीका लागि साइबर ब्युरोलाई प्रेस काउन्सिलको पत्राचार

४३ युट्युब च्यानलमाथि कारबाहीका लागि साइबर ब्युरोलाई प्रेस काउन्सिलको पत्राचार

  • आश्विन २१, २०८१ सोमबार २१:२९

प्रेस काउन्सिल नेपालले ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । ती युट्युब च्यानलहरूले 'तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गरेको' काउन्सिलको दाबी छ । 

असोज २१ गते प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलका सह प्रशासकीय अधिकृत तथा सहप्रवक्ता रामशरण बोहोराले 'एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको' ले ती युट्युब च्यानललाई कानुनी कारबाहीको लागि पठाएको जनाएका छन् । 

सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमले 'गलत सामग्री' प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारवाहीका लागि प्रहरीमा पठाउँदै आएको काउन्सिलले जनाएको छ । पछिल्लोपटक कारबाहीमा परेका युट्युब च्यानलको विस्तृत विवरण काउन्सिलले वेबसाइटमा राखेको छ । 

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत साउन महिनायता 'हिंसा, आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएको निराधार, अफबाह फैलाउने, अतिरञ्जित थम्बनेल सहितका शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउने विरुद्ध कारवाही तीव्र पारिएको' सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

गत चैत २० गतेदेखि युट्युब व्यवस्थापन, सूचीकरण र अभिलेखिकरणसम्बन्धी कार्यविधि बनाई नियमित अनुगमन र कारबाही गर्दै आएको काउन्सिलको विज्ञप्तिमा उल्लेख छ । 

काउन्सिलले साउन यता मात्र आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगर्ने ३ वटा सञ्चारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखेको छ । त्यस्ता सञ्चारमाध्यम राज्य तहबाट पाइने कुनै पनि सुविधा पाउनबाट वञ्चित हुने छन् । कालोसूचीमा पर्ने सञ्चारमाध्यममा एबीपीक्राइमन्यूज डट कम, टिभीअन्नपूर्ण डटकम र सेतोखरी डटकम छन् । यो आर्थिक वर्षमा कायन्सिलमा ७६ वटा उजुरी दर्ता भएका छन् भने २६९ सामाग्री काउन्सिलले स्वअनुगमन गरी कारवाही गरेको छ ।

पत्रकारिताको मूल्य मान्यताअनुरुप पत्रकारिता गर्ने उद्धेश्यका साथ सञ्चालित युट्युब च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउन कार्यविधि बनाई काम गर्दै आएको काउन्सिलको दाबी छ । हाल युट्युब च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासाहरू बढ्दै गएको सन्दर्भमा कार्यविधि बनी नियमन गर्न थालिएको काउन्सिलले जनाएको छ ।

मिडियाअन्तर्गत सञ्चालनमा रहेका तर आचासंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइन सञ्चारमाध्यमलाई हटाउन निर्देशन दिई सचेत गराइएको, अरु ५ वटा माध्यमका विवादास्पद सामग्री हटाइ स्पष्टीकरण सोधिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, ४ वटा दर्ता सूचीकरण नभएका वेबपोर्टल एवं सामाजिक सञ्जालका सामग्री हटाउन सचेत गराएको काउन्सिलले जनाएको छ । 

विधिवत रुपमा सञ्चालनमा नआई सामग्री सम्प्रेषण गर्ने तर पटकपटक सचेत गराउँदा पनि अवज्ञा गर्ने एक वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, विवादास्पद समाचार सम्प्रेषण गर्दै आएका अनलाइनपाना डटकम, स्वास्थ्यलाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभी डट कम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी काउन्सिलले निगरानी गरेको जनाएको छ । 

सम्बन्धित सामग्रीहरूः

🔗🔗के अबको पत्रकारिता भिजुअल नै हो? युट्युबमा नेपाली मिडियाका ठूला नाम

🔗🔗पत्रकारिताको कसीमा ‘युट्युबर’

🔗🔗पल शाह प्रकरणलाई यसरी गिजोल्दैछन् युट्युबर र कथित अभियन्ता

🔗🔗युट्युबको मायामोह, सूचनाको खडेरी !

🔗🔗युट्युबर जो अरुको निजी जीवनमा घुस्दै चरित्रहत्या गरिरहेछन्

🔗🔗सोसल मिडियाको उत्तेजनाबाट धरानलाई मणिपुर बन्न जोगाऔँ

🔗🔗'सामाजिक सञ्जाल विधेयक' यत्तिकै ऐन बनेमा बेहोर्नुपर्ने हुनसक्छ सेन्सरसिपसहित १५ खतरा

🔗🔗सञ्जालप्रति सरकारको कुनियत: नियमनको बहाना, सेन्सरको चाहना


Related Story

डलरको लोभमा फेसबुक रिलमार्फत साम्प्रदायिक विद्वेषको खेती

काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल ठहर गरेका कुल ९० वटा सामग्रीमध्ये ६२ वटा त फेसबुक रिल मात्रै रहेका छन् । प्रेस काउन्सिल

काठमाडौंमा डिजिटल प्लाटफर्म सुशासनसम्बन्धी क्षेत्रीय कार्यशाला, दुई टुलकिट अनुमोदन

दक्षिण एसियामा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सुदृढ गर्ने उद्देश्यले काठमाडौँमा आयोजित 'डिजिटल प्लाटफर्मको सुशासनका लागि युनेस्को निर्देशिका कार्यान्वयन' सम्बन्धी

Why Social Media Makes You Angry?

सोसल मिडियाका कतिपय सामग्रीले हामीलाई किन आक्रोषित बनाउँछ भनेर कहिल्यै सोच्नुभएको छ ? हेर्नेबित्तिकै रिस उठाउने यस्ता पोस्टको असर समाजमा कस्तो

जेन जी आन्दोलन: सूचना रिक्ततादेखि सूचना महामारीसम्म

मुलधारका मिडियाले सामाजिक सञ्जालका दृश्य सामग्रीलाई सम्पादन र विश्लेषण नगरी सीधै प्रसारण गरेपछि नागरिकलाई सत्य र झूठ छुट्याउन गाह्रो भयो भदौ

सोसल मिडिया प्लेटफर्म बन्द गर्ने सरकारको निर्णय, सूचिमा फेसबुकदेखि हाम्रोपात्रोसम्म

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गरी

३० दिनपछि स्वतः हट्दैछन् फेसबुकका लाइभ भिडियो, जोगाउन के गर्ने ?

फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ । अर्थात्, लाइभ गरेको ३० दिनपछि जुनसुकै भिडियो फेसबुकको

सामाजिक सञ्जाल विधेयक: नागरिक अभिव्यक्तिमाथि अंकुशको डर

सरकारी विभागको एकल निर्णयबाट इन्टरनेटमा नागरिकको आवाज बन्द गर्ने खतरनाक प्रावधान सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनलाई नियमन गर्ने उद्देश्यले सरकारले हालै

इन्टरनेट सेन्सरसिपको हतियार बन्न सक्छ सामाजिक सञ्जाल विधेयक

सरकारले प्रस्ताव गरेको सामाजिक सञ्जाल विधेयक २०८१ ले इन्टरनेटमा स्वतन्त्र अभिव्यक्ति, सञ्चारको हक र गोपनीयताको अधिकारमा गम्भीर सेन्सरसिप लगाउने खतरा