क्लीन फीडः नेपालमा प्रसारित केही विदेशी टीभी च्यानलमा अझै किन विज्ञापन आउँछ

क्लीन फीडः नेपालमा प्रसारित केही विदेशी टीभी च्यानलमा अझै किन विज्ञापन आउँछ

  • पौष २७, २०७७ सोमबार २३:२०

नेपालमा विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन प्रसारण गर्न नपाउने नियम लागु भइसके पनि विज्ञापन आउने क्रम नरोकिएका गुनासाबीच विज्ञापन बोर्डको कार्यालयले नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली २०७७ अनुसार गत कार्तिक ७ गतेदेखि विज्ञापनरहित (क्लीन फीड) प्रसारण लागु भएको थियो।

"उक्त कानुनी व्यवस्थाविपरीत प्रसारण नगर्न, नगराउन सम्बद्ध सबैमा ध्यानाकर्षण गराइएको छ। अन्यथा कानुनबमोजिम कारबाही गरिने बेहोरा समेत सम्बद्ध सबैलाई जानकारी गराइन्छ," बोर्डको कार्यालयद्वारा आइतवार जारी सूचनामा भनिएको छ।

यसअघि गत असोज २८ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण नभएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै अघिल्लो सरकारले २०७४ साल साउन १ गतेदेखि क्लीन फीड लागु गर्ने निर्णय गरे पनि तयारीका लागि भन्दै पछि स्थगित गरिएको थियो।

क्लीन फीडबारे ऐनमा के छ?

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित क्लीन फीड प्रसारण गर्नुपर्नेछ। बीबीसीको रिपोर्ट पढ्नुस्


Related Story

के नेपाल टेलिभिजनले वरिष्ठ पत्रकार किशोर नेपालको अन्तर्वार्ता नबजाएको हो? विवाद र वास्तविकता

स्पष्ट सञ्चारको अभावमा नेपाल टेलिभिजन र वरिष्ठ पत्रकार किशोर नेपालबीच सामाजिक सञ्जालमा चर्किएको विवाद वरिष्ठ पत्रकार किशोर नेपाल र सार्वजनिक सेवा

त्यो ‘ह्वाट्स द फ्लप’, यो ‘इट्स माई शो’ !

महिलाद्वेषी अभिव्यक्ति र प्रस्तुतिबारे प्रेस काउन्सिलको प्रश्न तर कान्तिपुर टिभीको मौनता वर्षदिनअघि महिलाको स्वभिमानप्रति सम्वेदनशील रहेको दाबीसहित प्रसारण भइसकेको कार्यक्रम हटाएको

टेलिभिजनमा आलाकार्ट मूल्य प्रणाली लागू, दर्शकका लागि यसको अर्थ के हो?

सरकारले टेलिभिजन प्रसारणमा आलाकार्ट (à la carte) मूल्य प्रणाली लागू गरेको छ । सूचना तथा प्रसारण विभागले आइतबार पत्रकार सम्मेलन

पत्रकारिताका सिकारुदेखि अनुभवीसम्मलाई अलपत्र पारेको टेलिभिजन

प्रसारण भएको एक वर्ष नपुग्दै बन्द भएको टिभी पहिलेका पत्रकार कर्मचारीको बक्यौता रकम नतिर्दै पुनः सञ्चालनको तयारीमा स्नातक तह पहिलो वर्षमा

जाँदाजाँदै दिलभुषणले भने- 'कान्तिपुर टेलिभिजनमा पेशागत मर्यादाविपरीतका गतिविधि'

पत्रकार दिलभुषण पाठकले कान्तिपुर टेलिभिजनमा व्यक्ति केन्द्रित स्वार्थ र पेशागत मर्यादाविपरीतका गतिविधि बढ्दै गएको जिकिर गरेका छन् । हालै कान्तिपुर टेलिभजनको

कान्तिपुर टिभीमा हेरफेर : दिलभुषणको राजीनामा, विजय पौडेल प्रधान सम्पादक, रुपेश सम्पादक

कान्तिपुर टेलिभिजनमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ । प्रधान सम्पादक दिलभुषण पाठकले राजीनामा दिएका छन् । पाठकको बिदाईसँगै प्रधान सम्पादकमा

टेलिभिजनको बहुआयामिक पक्ष

दधिराम खतिवडा - टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री हो, जसलाई दूरदर्शन यन्त्र पनि भन्ने गरिन्छ । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको

टीभीका प्राइम टाइममा देखाइने यी टक शाेहरूले हामीलाई के सिकाउँछन् ?

सौरभ कार्की - प्राचीन रोममा शासकहरू ठूलाठूला कलोसियमहरू निर्माण गर्ने गर्दथे । ती कलोसियम अर्थात् स्टेडियमहरूमा, शासकहरूले आमजनतालाई बोलाउँथे । त्यहाँ मानिसहरूबीच