कान्तिपुर टिभीमा हेरफेर : दिलभुषणको राजीनामा, विजय पौडेल प्रधान सम्पादक, रुपेश सम्पादक

कान्तिपुर टिभीमा हेरफेर : दिलभुषणको राजीनामा, विजय पौडेल प्रधान सम्पादक, रुपेश सम्पादक

  • पौष ८, २०८० आइतबार ०५:३०

कान्तिपुर टेलिभिजनमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ । प्रधान सम्पादक दिलभुषण पाठकले राजीनामा दिएका छन् । पाठकको बिदाईसँगै प्रधान सम्पादकमा विजय पौडेल आउने भएका छन् । यस्तै कान्तिपुर टिभीको सम्पादकमा रुपेश श्रेष्ठले जिम्मेवारी पाएका छन् । 

यी निर्णयहरू औपचारिक रुपमा घोषणा हुन बाँकी छ । हामीले सम्पर्क गरेका सबैजसो श्रोतहरूले यसको पुष्टि गरेका छन् । तर घोषणा बाँकी रहेको भन्दै औपचारिक प्रतिक्रिया दिन स्रोतहरू मानेनन् ।  

लोकप्रिय कार्यक्रम 'टफ टक' का प्रस्तोतासमेत रहेका पाठक २०७८ भदौ १ गतेदेखि कान्तिपुर टेलिभिजनको प्रधान सम्पादक थिए । पाठकले यसअघि २०७२ सालको भूकम्प र मुलुकले संघीयता कार्यान्वयन गर्दै तीन तहको निर्वाचनमा होमिँदा कान्तिपुर टेलिभिजनमा कुशलतापूर्वक सम्पादकीय नेतृत्व गरेका थिए । त्यसपछि प्रशान्त अर्यालले साढे तीन वर्ष कान्तिपुर टिभीमा प्रधान सम्पादक रहे । 

कान्तिपुर टेलिभिजनमा करिब एक दशक काम गरेका पौडेलले लोकप्रिय कार्यक्रम 'सरोकार' पनि सञ्चालन गर्दथे । उनले २०७२ सालमा कान्तिपुर छोडेका थिए ।  २०७५ सालमा उनी नेपाल लाइभ अनलाइनमा सम्पादक भए । 

पौडेलले २०५६ मा रेडियो सगरमाथाबाट पत्रकारिता सुरु गरेका थिए ।  पौडेलसँग च्यानल नेपाल, कान्तिपुर टेलिभिजन, एपीवान टेलिभिजन र इमेज च्यानलमा काम गरेको अनुभव छ । उनी इमेज च्यानलमा ‘सम्भाष’ कार्यक्रम सञ्चालन गर्थे । पछिल्ला दिनमा उक्त कार्यक्रम हिमालय टिभीमा आउँथ्यो ।

कान्तिपुर टेलिभिजनमा सम्पादकको जिम्मेवारी पाएका रुपेश श्रेष्ठ श्रव्यदृश्यमा लोकप्रिय पत्रकार हुन् । २०५९ सालमा रेडियो नेपालको १०० मेगाहर्जमा क्लासिक एफएमबाट सुरु भएको उनको टेलिभिजन पत्रकारिता भने कान्तिपुर टेलिभिजनबाटै भएको हो ।

२०६३ मा कान्तिपुर टेलिभिजनमा काम थालेका रुपेश २०७२ भदौमा त्यहाँबाट बिदा भए । पछि २०७७ देखि उनले कान्तिपुरमा लोकप्रिय कार्यक्रम 'फायर साइड' सञ्चालन गरे ।

एपीवान टेलिभिजनमा पनि उनले सम्पादकीय भूमिकामा रहेर काम गरे । पछिल्लो समयमा उनी ग्यालेक्सी फोरके टेलिभिजनमा प्रधान सम्पादक रहे । उनी 'पब्लिक स्पिकिङ' विषयका चर्चित प्रशिक्षक पनि हुन् । 


Related Story

के नेपाल टेलिभिजनले वरिष्ठ पत्रकार किशोर नेपालको अन्तर्वार्ता नबजाएको हो? विवाद र वास्तविकता

स्पष्ट सञ्चारको अभावमा नेपाल टेलिभिजन र वरिष्ठ पत्रकार किशोर नेपालबीच सामाजिक सञ्जालमा चर्किएको विवाद वरिष्ठ पत्रकार किशोर नेपाल र सार्वजनिक सेवा

त्यो ‘ह्वाट्स द फ्लप’, यो ‘इट्स माई शो’ !

महिलाद्वेषी अभिव्यक्ति र प्रस्तुतिबारे प्रेस काउन्सिलको प्रश्न तर कान्तिपुर टिभीको मौनता वर्षदिनअघि महिलाको स्वभिमानप्रति सम्वेदनशील रहेको दाबीसहित प्रसारण भइसकेको कार्यक्रम हटाएको

टेलिभिजनमा आलाकार्ट मूल्य प्रणाली लागू, दर्शकका लागि यसको अर्थ के हो?

सरकारले टेलिभिजन प्रसारणमा आलाकार्ट (à la carte) मूल्य प्रणाली लागू गरेको छ । सूचना तथा प्रसारण विभागले आइतबार पत्रकार सम्मेलन

पत्रकारिताका सिकारुदेखि अनुभवीसम्मलाई अलपत्र पारेको टेलिभिजन

प्रसारण भएको एक वर्ष नपुग्दै बन्द भएको टिभी पहिलेका पत्रकार कर्मचारीको बक्यौता रकम नतिर्दै पुनः सञ्चालनको तयारीमा स्नातक तह पहिलो वर्षमा

जाँदाजाँदै दिलभुषणले भने- 'कान्तिपुर टेलिभिजनमा पेशागत मर्यादाविपरीतका गतिविधि'

पत्रकार दिलभुषण पाठकले कान्तिपुर टेलिभिजनमा व्यक्ति केन्द्रित स्वार्थ र पेशागत मर्यादाविपरीतका गतिविधि बढ्दै गएको जिकिर गरेका छन् । हालै कान्तिपुर टेलिभजनको

टेलिभिजनको बहुआयामिक पक्ष

दधिराम खतिवडा - टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री हो, जसलाई दूरदर्शन यन्त्र पनि भन्ने गरिन्छ । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको

टीभीका प्राइम टाइममा देखाइने यी टक शाेहरूले हामीलाई के सिकाउँछन् ?

सौरभ कार्की - प्राचीन रोममा शासकहरू ठूलाठूला कलोसियमहरू निर्माण गर्ने गर्दथे । ती कलोसियम अर्थात् स्टेडियमहरूमा, शासकहरूले आमजनतालाई बोलाउँथे । त्यहाँ मानिसहरूबीच

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल

सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार फुलमान वललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले वललाई महाप्रबन्धक नियुक्त गरेको सरकारका