त्यो ‘ह्वाट्स द फ्लप’, यो ‘इट्स माई शो’ !

त्यो ‘ह्वाट्स द फ्लप’, यो ‘इट्स माई शो’ !

  • आषाढ १६, २०८१ शनिबार २३:४०

महिलाद्वेषी अभिव्यक्ति र प्रस्तुतिबारे प्रेस काउन्सिलको प्रश्न तर कान्तिपुर टिभीको मौनता


वर्षदिनअघि महिलाको स्वभिमानप्रति सम्वेदनशील रहेको दाबीसहित प्रसारण भइसकेको कार्यक्रम हटाएको कान्तिपुर टेलिभिजनले एक वर्ष नपुग्दै प्रसारित त्यस्तै प्रकृतिको कार्यक्रमबारे भने मौनता साँधेको छ । हालै कान्तिपुर टेलिभिजनबाट प्रशारित ‘इट्स माई शो’ मा महिलाको चरित्रमाथि प्रश्न उठाइएको छ । 

अघिल्लो साल बलात्कार अभियोगमा सफाई पाएका अभिनेता पल शाह अतिथि रहेको ‘ह्वाट्स द फ्लप’ को व्यापक विरोध भएपछि कार्यक्रम हटाइएको थियो । त्यसपछि उक्त कार्यक्रम नै बन्द छ । 

प्रस्तोता र फर्म्याट परिवर्तन गरी सञ्चालित कान्तिपुर टेलिभिजनको अर्को चर्चित कार्यक्रम ‘इट्स माई शो’ को पहिलो एपिसोडमा महिलाको चरित्रमाथि प्रश्न उठाइएपछि भएको विरोधलाई भने कान्तिपुरले सुनेको छैन । 

गत साल असार २३ गते कान्तिपुर टेलिभिजनको ‘ह्वाट द फ्लप’ कार्यक्रममा अभिनेता पल शाहसँगको अन्तर्वार्ता सार्वजनिक भएको केही दिनपछि अर्थात् साउन ४ गते कान्तिपुरले उक्त अन्तर्वाता हटाउन बाध्य भएको थियो । कान्तिपुरले अन्तर्वाता मात्रै हटाएन, अभिनेता समेत रहेका सन्दिप क्षेत्रीले सञ्चालन गर्दै आएको उक्त कार्यक्रम पुनः सञ्चालन गर्न समेत सकेन । 

त्यतिबेला कान्तिपुर टेलिभिजनले सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको थियो । "गत असार २३, शनिबार प्रसारित “हृवाट द फ्लप” मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं," कान्तिपुरद्वारा जारी सूचनामा भनिएको थियो, "महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै "हृवाट द फ्लप' कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णत: रोकिएको जानकारी गराउँछौं ।"

महिलाको स्वभिमानप्रति सम्वेदनशील देखिए जस्तो गर्ने कान्तिपुर टिभी वर्षदिन नबित्दै महिलाको चरित्रमाथि प्रश्न उठाउने कार्यक्रमको प्रसारणमा लचिलो देखिएको छ ।  

अहिले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘इट्स माई शो’ महिलाद्वेषी अभिव्यक्ति र प्रस्तुतिकै कारण विवादमा परेको छ । इट्स माइ शो को होस्ट परिवर्तन पश्चात प्रशारण भएको पहिलो शो विवादमा परेको हो । 

परिवर्तनपछिको पहिलो शो नै विवादमा

swastima-oshin-smragee.jpg

'इट्स माई शो' मा दायाँबाट क्रमशः अतिथिका रुपमा निम्त्याइएकी अभिनेतृ स्वस्तिमा खड्का, कार्यक्रम प्रस्तोता ओसिन सिटौला र अर्की अतिथि अभिनेतृ साम्राज्ञी राज्यलक्ष्मी शाह । फोटोः कान्तिपुर टिभी


‘मिडिया पर्सनालिटी’ का रुपमा चिनिएकी ओसिन सिटौलाले आफू प्रस्तोता भएपछिको कार्यक्रमको पहिलो एपिसोडमा अभिनेत्रीहरू स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बोलाएकी थिइन् । 

ओसिन प्रस्तोताका रुपमा आउनुअघि यो कार्यक्रम सुरजसिंह ठकुरीले सञ्चालन गर्थे । सुरज ‘इट्स माई शो’ सुरु भएदेखि नै कार्यक्रमका प्रस्तोता थिए । 

ओसिनले होस्ट गरेको ‘इट्स माई शो’ मा र्‍यापिड फायर र बजर राउण्ड सेग्मेन्ट राखिएको थियो । दुबै राउण्डमा सोधिएका प्रश्नहरूले विवाद निम्त्याए । 

र्‍यापिड फायर राउण्डमा सोधिएका प्रश्नहरूमध्ये कुनैको जवाफ दिन नसकेमा कार्यक्रमका अतिथिले आफ्नो शरीरमा लगाएका सामग्रीमध्ये एउटा केही फुकाल्नु पर्ने उदेकखालको नियम राखिएको थियो । 

त्यस्तै बजर राउण्डमा होस्टले अरू कलाकारहरूको वैयक्तिक विषयमा प्रश्नहरू सोधेकी थिइन् भने अतिथिहरूले पनि सहजै जवाफ दिएका थिए ।  

कार्यक्रमकी होस्ट ओसिन सिटौलाले बजर राउन्डमा प्रश्न सोध्छिन्- ‘धिरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन् ?’

प्रश्नको जवाफ दिन स्वस्तिमाले हतार गर्दै बजर बजाइन् । र, जसिता गुरुङको नाम लिइन्। लगत्तै साम्राज्ञीले भनिन्, ‘प्रदीप खड्का, धीरज मगर र अहिले अनमोल केसी।’ 

त्यस्तै, अर्को प्रश्नमा ओसिनले सोधिन्, ‘अनमोल केसीका कतिवटा गर्लफेन्ड थिए र उनीहरूको नाम के हो?’ 
स्वस्तिमाले आना शर्मा र अश्मी श्रेष्ठको नाम लिइन्। साम्राज्ञीले भने आफूलाई थाहा नभएको बताइन् ।

कान्तिपुर टिभीको विवादित ‘इट्स माई शो’ बारे प्रेस काउन्सिल नेपालले कान्तिपुर टिभीलाई २४ घण्टे पूर्जी काटेको छ । कार्यक्रमको प्रस्तुति र संवाद अश्लील एवं आपत्तिजनक रहेको काउन्सिलको निष्कर्ष छ । आपत्तिजनक ढंगले कार्यक्रम चलाएको, गोपनीयता हनन हुने काम गरेको र अश्लीलता देखाएको भन्दै पूर्जी काटिएको हो ।

काउन्सिलले पत्रमा सोधेको छ- कसैलाई अनुचित हानी पुर्‍याउने, अवहेलना, मानमर्दन हुने प्रकृतिको जवाफको अपेक्षा गर्दै कार्यक्रमको प्रारूप तयार गर्ने र त्यस उपर व्यक्त भएका जवाफ विना सम्पादन के कसरी सम्प्रेषण हुन गएको हो र यसले समाजमा कस्तो असर पर्छ भन्ने कुराको जिम्मेवारी सञ्चार माध्यमले लिनुपर्छ कि पर्दैन ? 

वैयक्तिक गोपनीयता नाघेकोमा सोसल मिडियामा आपत्ति

कार्यक्रममा निजी विषयमा कुरा गरिएको भन्दै कलाकारहरूले सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् । 
‘इट्स माई शो’ का संस्थापक प्रस्तोता सुरजसिंह ठकुरीले पनि आफ्नो २३ वर्षको मिहिनेतले बनेको ब्रान्ड ध्वस्त भएको भन्दै चित्त दुखाएका छन् । उनले कार्यक्रमले निम्त्याएको विवादबारे इन्स्टाग्राममा असन्तोष पोख्दै हाल आफू कार्यक्रमसँग कुनै पनि हैसियतमा नजोडिएको स्पष्ट पारेका छन् ।

पूर्व मिस नेपाल अश्मी श्रेष्ठले अन्तर्वार्ताको नाममा अरूको व्यक्तिगत जीवनबारे छलफल गर्ने संस्कृतिलाई पूर्ण रूपमा अस्वीकार गरेकी छन् । आधारहीन तथ्यहरू प्रस्तुत गर्दै टिभी शोमा अतिथिहरूलाई निश्चित तरिकाले बोल्न दबाब सिर्जना गर्नु पूर्णतया अनैतिक रहेको उनले इन्स्टाग्राममा लेखेकी छन् । 

कलाकार जसिता गुरूङले पनि आपत्ति जनाउँदै लेखेकी छन्- के हामी साँच्चै [एक] महिलाले अर्को महिलालाई तल झार्ने कुराको विरोधमा छौं ? 

‘के तपाईंलाई थाहा छ मैले मेरो विगतमा के भोगेको छु? के तपाईंलाई लाग्दैन मेरो परिवारले तपाईंको अन्तर्वार्ता र समाचार हेरिरहेका होलान् ? एक महिलाको रूपमा तपाईं समाजको लागि कस्तो उदाहरण प्रस्तुत गर्दै हुनुहुन्छ ?’ जसिताले सोधेकी छन्, ‘कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्नु र छलफल गर्नुको कारण के हो ?’ 

विवादित कार्यक्रमको प्रस्तुति र कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघले ध्यानाकार्षण भएको जनाएको छ । 

‘आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ’, संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्यायसंगत ठहर्दैन र हुँदैन पनि ।’

अभिनेता अनमोल केसीले सबैलाई सम्मान गर्न अनुरोध गर्दै यो विवादमाथि व्यंग्य गरेका छन् । ‘यदि तिनीहरूले तपाईंलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस् ।  यदि तिनीहरूले तपाईंलाई अनादर गर्छन् भने, अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस्’, केसीले लेखेका छन्, ‘अरूको कार्यलाई तपाईंको राम्रो तरिकालाई कम गर्न नदिनुहोस्, किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरूलाई होइन ।’

पत्रकार नारायण अमृतले उक्त कार्यक्रमका अतिथिहरू अरु कसैको निन्तान्त निजत्वको विषयप्रति न्यायाधीश बनेको भन्दै खेद प्रकट गरेका छन् । 

लेखक एवं नागरिक अभियन्ता अर्चना थापा कार्यक्रमको प्रोमोबारे टिप्पणी गर्छिन्- कृतिम सेलिब्रेटी, सतही प्रदर्शन र तुच्छ विषयमा बन्ने यस्ता कार्यक्रमहरू कसले हेर्छन् ? दयनीय ! 

तर उक्त शोले युट्युबमा नाघ्न लागेको करिब १० लाख भ्युजले भने दर्शकहरूले कार्यक्रम सेलिब्रेट गरिरहेको देखाउँछ ।  

अर्की नागरिक अभियन्ता मोहना अन्सारी कार्यक्रममा वैयक्तिक विषयलाई हाँसोमजाक बनाइएको भन्दै समाजको ओज बढाउन नसक्ने कार्यक्रम व्यर्थ भएको बताउँछिन् । 


Related Story

के नेपाल टेलिभिजनले वरिष्ठ पत्रकार किशोर नेपालको अन्तर्वार्ता नबजाएको हो? विवाद र वास्तविकता

स्पष्ट सञ्चारको अभावमा नेपाल टेलिभिजन र वरिष्ठ पत्रकार किशोर नेपालबीच सामाजिक सञ्जालमा चर्किएको विवाद वरिष्ठ पत्रकार किशोर नेपाल र सार्वजनिक सेवा

टेलिभिजनमा आलाकार्ट मूल्य प्रणाली लागू, दर्शकका लागि यसको अर्थ के हो?

सरकारले टेलिभिजन प्रसारणमा आलाकार्ट (à la carte) मूल्य प्रणाली लागू गरेको छ । सूचना तथा प्रसारण विभागले आइतबार पत्रकार सम्मेलन

पत्रकारिताका सिकारुदेखि अनुभवीसम्मलाई अलपत्र पारेको टेलिभिजन

प्रसारण भएको एक वर्ष नपुग्दै बन्द भएको टिभी पहिलेका पत्रकार कर्मचारीको बक्यौता रकम नतिर्दै पुनः सञ्चालनको तयारीमा स्नातक तह पहिलो वर्षमा

जाँदाजाँदै दिलभुषणले भने- 'कान्तिपुर टेलिभिजनमा पेशागत मर्यादाविपरीतका गतिविधि'

पत्रकार दिलभुषण पाठकले कान्तिपुर टेलिभिजनमा व्यक्ति केन्द्रित स्वार्थ र पेशागत मर्यादाविपरीतका गतिविधि बढ्दै गएको जिकिर गरेका छन् । हालै कान्तिपुर टेलिभजनको

कान्तिपुर टिभीमा हेरफेर : दिलभुषणको राजीनामा, विजय पौडेल प्रधान सम्पादक, रुपेश सम्पादक

कान्तिपुर टेलिभिजनमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ । प्रधान सम्पादक दिलभुषण पाठकले राजीनामा दिएका छन् । पाठकको बिदाईसँगै प्रधान सम्पादकमा

टेलिभिजनको बहुआयामिक पक्ष

दधिराम खतिवडा - टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री हो, जसलाई दूरदर्शन यन्त्र पनि भन्ने गरिन्छ । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको

टीभीका प्राइम टाइममा देखाइने यी टक शाेहरूले हामीलाई के सिकाउँछन् ?

सौरभ कार्की - प्राचीन रोममा शासकहरू ठूलाठूला कलोसियमहरू निर्माण गर्ने गर्दथे । ती कलोसियम अर्थात् स्टेडियमहरूमा, शासकहरूले आमजनतालाई बोलाउँथे । त्यहाँ मानिसहरूबीच

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल

सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार फुलमान वललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले वललाई महाप्रबन्धक नियुक्त गरेको सरकारका