टीभीका प्राइम टाइममा देखाइने यी टक शाेहरूले हामीलाई के सिकाउँछन् ?

टीभीका प्राइम टाइममा देखाइने यी टक शाेहरूले हामीलाई के सिकाउँछन् ?

  • बैशाख ३१, २०७८ शुक्रबार १८:५४

सौरभ कार्की -


प्राचीन रोममा शासकहरू ठूलाठूला कलोसियमहरू निर्माण गर्ने गर्दथे । ती कलोसियम अर्थात् स्टेडियमहरूमा, शासकहरूले आमजनतालाई बोलाउँथे । त्यहाँ मानिसहरूबीच लडाइँ, मानिस र जनावरबीच लडाइँ अनि जनावर र जनावरहरूबीच पनि लडाइँको आयोजना गर्दथे । कलोसियममा प्रवेश शुल्क लाग्दैनथ्यो तर पनि खास वर्गका मानिसहरूका लगि भने कलोसियमभित्र पनि निश्चित स्थानहरू भने छुट्याइएको हुन्थ्यो ।

रोमका जनता बिहानदेखि रातिसम्म काम गर्थे र उनीहरूका लागि कुनै पनि बिदाको समय छुट्याइएको थिएन । लगातार श्रममा घोटिँदा पनि जीवनस्तर सुधार नहुँदा मानिसहरूमा निराशा उत्पन्न हुन्छ र त्यो निराशाले क्रान्तिको उद्घोष गर्नेछ भन्ने कुरा शाषकहरूलाई राम्रोसँग ज्ञान थियो । त्यसबेला एउटा भनाइ प्रचलित थियो, 'उनीहरूलाई थोरै रोटी र धेरै सर्कसहरूदेउ ।' रगतको खेल देखाएर मनोरञ्जन दिइने भनिएका ती कलोसियमहरू, शाषकहरूले मानिसहरूलाई उनीहरूको आमचासोको विषयभन्दा पर राख्ने सबैभन्दा उत्तम विकल्प थियो ।

कलोसियममा लडाइँ गर्ने मानिसहरूलाई ग्लाडिएटर भनिन्थ्यो, जो आफ्नो जीवनमरणका लागि संघर्ष गर्ने गर्दथे । ग्लाडिएटरहरूलाई कलोसियममा लडाइँ गर्नकै लागि तयार गरिन्थ्यो र उनीहरूको जीवन लडाइँमै बित्ने गर्दथ्यो । ती ग्लाडिएटरहरू दासहरू हुने गर्दथे । ४ सय वर्षबीचको दौरानमा यस्ता कलोसियमहरूमा ४ लाखभन्दा बेसी ग्लाडिएटर अर्थात्् मानव जीवनहरू समाप्त भएका थिए ।

सन् ३२५ मा यस्ता कलोसियमहरूमा ग्लाडिएटर लडाउने खेल सधैँँका लागि बन्द गराइएको भए तापनि, आजको आधुनिक युगसम्म आइपुग्दा ती कलोसियमहरू हाम्रो देशका टेलिभिजनहरूमा प्राइम टाइम बहसको नयाँ स्वरूप लिएर आएका छन् । टेलिभिजन च्यानलहरूमा हरेक दिन बेलुका ७ देखि १० बजेसम्मको समय आमजनताको खास मुद्दा भड्काउन यस्ता कलोसियमहरू सञ्चालित हुने गरेका छन् ।

हरेक टेलिभिजन च्यानलहरू फरकफरक ग्लाडिएटरहरूलाई उभ्याएर तमासा देखाउने गर्दछन् भने कतिपय टेलिभिजनहरूमा भने कार्यक्रम सञ्चालक आफैँ पनि तमासाका लागि ग्लाडिएटरको रूपमा उपस्थित हुने गर्दछन्, जहाँ खास मुद्दाबारे कुनै बहस हुँदैन, जवाफदेहिताको खोजी हुँदैन र आमजनताको ध्यान भड्काउन सक्दो प्रयास गरिन्छ र तमासाहरू मात्र देखाइन्छ ।

राज्यको चौथो अंग भनिएको पत्रकारिता र टेलिभिजन च्यानलमा चल्ने गरेका यी बहसहरूका कार्यक्रमहरू समसामयिक विषयमा हुने भनिए तापनि उनीहरूले समसामयिक विषय तिनैलाई देख्छन् जहाँ बढीभन्दा बढी ग्लाडिएटरको भूमिका खोज्न सकियोस् । उनीहरू तथ्यांकमा भन्दा बढी मनगढन्ते सवाल जवाफमा बढी रुचि राख्छन् ।

कार्यक्रम सञ्चालकहरूका लागि यो सजिलो, कम झन्झटिलो र कम खर्चिलो काम पनि हो । कोही एक ग्लाडिएटरलाई बोलायो र १ घन्टाको समय बिताइदियो । तर, मानिसहरूका आमजीवन र त्यसलाई प्रभावित गर्ने आमचासोका विषयहरूमा कुरा गर्न त त्यहीअनुसारको तयारी पनि चाहीन्छ । खोजी गर्नुपर्छ । मेहनत गर्नुपर्छ । तथ्यहरूमा बहस गर्नका लागि कार्यक्रम सञ्चालक पनि त्यसबारेमा जानकार हुनुपर्दछ । असलमा भन्ने हो भने प्राइम टाइम बहसका कार्यक्रम सञ्चालकहरू सबैभन्दा कम लगानीमा आममानिसहरूलाई सजिलै मूर्ख बनाइरहेका छन् ।

समावेशिताको कुनै पनि छनक नदेखिने यी १२ वटा बहसका कार्यक्रम हेरिरहँदा कार्यक्रम सञ्चालक १५ जनामध्ये सबै पुरुष देखिन्छन् । जम्मा एक जना आदिवासी जनजाति कार्यक्रम सञ्चालकको रूपमा देखिन्छन् भने दलित, महिला, मधेसी, सीमान्तकृत समुदाय, आदिबाट कसैको पनि उपस्थिति देखिँदैन । बहसका कुनै पनि कार्यक्रमहरू दलित, मधेस, जनजाति वा विपन्न गरिब जनताका मुद्दाका बारेमा भएको पाइँदैन । न त्यहाँ विद्यार्थी वर्गको, बेरोजगार युवाहरूको, महिलाहरूको, शिक्षाको, स्वास्थ्यको, वातावरणको, किसानहरूको, सीमान्तकृत समुदाय आदि कसैको आवाज नै सुन्न पाइन्छ । समसामयिक विषयमाथि कुरा गर्ने भनिरहँदा वातावरण तथा पर्यावरण, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, बेरोजगारी, भ्रष्टाचार, गरिबी आदि वा कुनै पनि प्रकारको हिंसाबारे उनीहरूको कार्यक्रममा विषय बनेको पाइँदैन । पढ्नुस् शिलापत्र डट कममा सौरभ कार्कीको लेख । 


Related Story

के नेपाल टेलिभिजनले वरिष्ठ पत्रकार किशोर नेपालको अन्तर्वार्ता नबजाएको हो? विवाद र वास्तविकता

स्पष्ट सञ्चारको अभावमा नेपाल टेलिभिजन र वरिष्ठ पत्रकार किशोर नेपालबीच सामाजिक सञ्जालमा चर्किएको विवाद वरिष्ठ पत्रकार किशोर नेपाल र सार्वजनिक सेवा

त्यो ‘ह्वाट्स द फ्लप’, यो ‘इट्स माई शो’ !

महिलाद्वेषी अभिव्यक्ति र प्रस्तुतिबारे प्रेस काउन्सिलको प्रश्न तर कान्तिपुर टिभीको मौनता वर्षदिनअघि महिलाको स्वभिमानप्रति सम्वेदनशील रहेको दाबीसहित प्रसारण भइसकेको कार्यक्रम हटाएको

टेलिभिजनमा आलाकार्ट मूल्य प्रणाली लागू, दर्शकका लागि यसको अर्थ के हो?

सरकारले टेलिभिजन प्रसारणमा आलाकार्ट (à la carte) मूल्य प्रणाली लागू गरेको छ । सूचना तथा प्रसारण विभागले आइतबार पत्रकार सम्मेलन

पत्रकारिताका सिकारुदेखि अनुभवीसम्मलाई अलपत्र पारेको टेलिभिजन

प्रसारण भएको एक वर्ष नपुग्दै बन्द भएको टिभी पहिलेका पत्रकार कर्मचारीको बक्यौता रकम नतिर्दै पुनः सञ्चालनको तयारीमा स्नातक तह पहिलो वर्षमा

जाँदाजाँदै दिलभुषणले भने- 'कान्तिपुर टेलिभिजनमा पेशागत मर्यादाविपरीतका गतिविधि'

पत्रकार दिलभुषण पाठकले कान्तिपुर टेलिभिजनमा व्यक्ति केन्द्रित स्वार्थ र पेशागत मर्यादाविपरीतका गतिविधि बढ्दै गएको जिकिर गरेका छन् । हालै कान्तिपुर टेलिभजनको

कान्तिपुर टिभीमा हेरफेर : दिलभुषणको राजीनामा, विजय पौडेल प्रधान सम्पादक, रुपेश सम्पादक

कान्तिपुर टेलिभिजनमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ । प्रधान सम्पादक दिलभुषण पाठकले राजीनामा दिएका छन् । पाठकको बिदाईसँगै प्रधान सम्पादकमा

टेलिभिजनको बहुआयामिक पक्ष

दधिराम खतिवडा - टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री हो, जसलाई दूरदर्शन यन्त्र पनि भन्ने गरिन्छ । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल

सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार फुलमान वललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले वललाई महाप्रबन्धक नियुक्त गरेको सरकारका