फेसबुक पेजमा नेगेटिभ रिभ्यू बढेपछि मिडियाहरूले लुकाए रेटिङ

फेसबुक पेजमा नेगेटिभ रिभ्यू बढेपछि मिडियाहरूले लुकाए रेटिङ

  • जेठ १२, २०८१ शनिबार १३:२६

फेसबुक पेजहरूमा 'नेगेटिभ रिभ्यु' बढेपछि कतिपय प्रमुख मिडियाले रेटिङ हेर्न नमिल्ने बनाएका छन् । 

कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका विभिन्न प्रलेटफर्मका फेसबुक पेजहरूबाट सुरु भएको नेगेटिभ रिभ्यूको बाढीले अहिले अरु मिडियालाई पनि सताएको छ । प्रयोगकर्ताहरूले नकारात्मक प्रतिकृया दिन थालेपछि ती पेजहरूमा रेटिङ हेर्न नमिल्ने बनाइएको छ ।

उदाहरणका लागि इकान्तिपुर डट कमको फेसबुक पेजमा आएका नकारात्मक रिभ्युका कारण यसको रेटिङ घटेको छ । टेकपानामा शुक्रबार प्रकाशित समाचारअनुसार औसत रिभ्यु २.४ मा झरेको छ । यो रेटिङ हेर्न नमिल्ने बनाउनुअघिको कुरा हो । 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नागरिकता कसूरमा पक्राउ गरेपछि सञ्चार क्षेत्रबाट त्यसको विरोध भइरहेको छ भने समाजमा त्यसले मिश्रित प्रतिक्रिया उब्जाएको छ । जेठ ९ गते जब ठूला भनिएका सञ्चारमाध्यमका सम्पादकहरूले संयुक्त रुपमा पत्र लेखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराए, त्यसपछि एकथरी मानिसहरू सामाजिक सञ्जालमा मिडियामाथि खनिएका छन् ।  

गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेको कारणले लामिछाने मिडियामाथि शत्रुभावका साथ जाइलागेको सम्पादकहरूको ठहर रहेको छ । 

सम्पादकहरूले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएपश्चात मानिसहरूले मिडियाहरूका फेसबुक पेजमा निरन्तर नकारात्मक रिभ्यू गरेका छन् ।

मानिसहरूले निरन्तर नेगेटिभ रिभ्यू गरेपछि अनलाइनखबर र रातोपाटीले पनि रेटिङ लुकाएका छन् । शनिबार बिहानसम्म अनलाइनखबर र रातोपाटीमा रेटिङ हेर्न मिल्थ्यो ।

सेतोपाटी, नेपालखबर, खबरहब,अन्नपूर्ण पोस्ट, नागरिकले रेटिङ 'इनेबल' गरेका छैनन् । 

rating.jpg

अनलाइनखबर र रातोपाटीका फेसबुक पेजमा आएका केही प्रतिक्रिया ।


प्रयोगकर्ताले कुनै पनि फेसबुक पेजको रिभ्यू गर्न सक्छन् । यो भनेको उक्त पेजका बारेमा प्रयोगकर्ताको प्रतिक्रिया हो । इन्टरनेटमा धेरैजसो प्लेटफर्महरूले जुनसुकै उत्पादनका बारेमा प्रयोगकर्ताले प्रतिक्रिया दिन मिल्ने बनाएका हुन्छन् । राम्रो वा नराम्रो लागेमा प्रयोगकर्ताले रिभ्यू गर्न सक्छन् । मानिसहरूले गरेको रिभ्यूको आधारमा रेटिङ निर्धारण हुन्छ । राम्रो रिभ्यू भएमा रेटिङ बढ्छ, त्यस्तै नराम्रो रिभ्यू गरेमा रेटिङ घट्छ । फेसबुकमा यो बढीमा ५ मा हिसाब हुन्छ ।


Related Story

डलरको लोभमा फेसबुक रिलमार्फत साम्प्रदायिक विद्वेषको खेती

काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल ठहर गरेका कुल ९० वटा सामग्रीमध्ये ६२ वटा त फेसबुक रिल मात्रै रहेका छन् । प्रेस काउन्सिल

काठमाडौंमा डिजिटल प्लाटफर्म सुशासनसम्बन्धी क्षेत्रीय कार्यशाला, दुई टुलकिट अनुमोदन

दक्षिण एसियामा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सुदृढ गर्ने उद्देश्यले काठमाडौँमा आयोजित 'डिजिटल प्लाटफर्मको सुशासनका लागि युनेस्को निर्देशिका कार्यान्वयन' सम्बन्धी

Why Social Media Makes You Angry?

सोसल मिडियाका कतिपय सामग्रीले हामीलाई किन आक्रोषित बनाउँछ भनेर कहिल्यै सोच्नुभएको छ ? हेर्नेबित्तिकै रिस उठाउने यस्ता पोस्टको असर समाजमा कस्तो

जेन जी आन्दोलन: सूचना रिक्ततादेखि सूचना महामारीसम्म

मुलधारका मिडियाले सामाजिक सञ्जालका दृश्य सामग्रीलाई सम्पादन र विश्लेषण नगरी सीधै प्रसारण गरेपछि नागरिकलाई सत्य र झूठ छुट्याउन गाह्रो भयो भदौ

सोसल मिडिया प्लेटफर्म बन्द गर्ने सरकारको निर्णय, सूचिमा फेसबुकदेखि हाम्रोपात्रोसम्म

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गरी

३० दिनपछि स्वतः हट्दैछन् फेसबुकका लाइभ भिडियो, जोगाउन के गर्ने ?

फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ । अर्थात्, लाइभ गरेको ३० दिनपछि जुनसुकै भिडियो फेसबुकको

सामाजिक सञ्जाल विधेयक: नागरिक अभिव्यक्तिमाथि अंकुशको डर

सरकारी विभागको एकल निर्णयबाट इन्टरनेटमा नागरिकको आवाज बन्द गर्ने खतरनाक प्रावधान सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनलाई नियमन गर्ने उद्देश्यले सरकारले हालै

इन्टरनेट सेन्सरसिपको हतियार बन्न सक्छ सामाजिक सञ्जाल विधेयक

सरकारले प्रस्ताव गरेको सामाजिक सञ्जाल विधेयक २०८१ ले इन्टरनेटमा स्वतन्त्र अभिव्यक्ति, सञ्चारको हक र गोपनीयताको अधिकारमा गम्भीर सेन्सरसिप लगाउने खतरा