सुरेश रजक निधनको छानबिन किन हुन सकेन?

सुरेश रजक निधनको छानबिन किन हुन सकेन?

  • चैत्र १५, २०८२ आइतबार १८:२९

वर्षदिन बित्यो । सुरेश रजकका परिवारजन अझै पनि राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पर्खिरहेका छन्, छानबिनको माग गरिरहेका छन्


२०८१ चैत १५ गते दिउँसो २ बजेर २७ मिनेटमा काठमाडौंको तीनकुनेस्थित जलिरहेको 'मार्बल हाउस' को तेस्रो तलाको झ्यालमा पत्रकार सुरेश रजक देखा पर्छन् । 

तल सडकमा जारी राजतन्त्र पक्षधरहरूको प्रदर्शनलाई नियालिरहेका हुन्छन् । एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन उनी प्रदर्शनको भिडियो खिचिरहेका हुन्छन् ।

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले दंगा नियन्त्रणका लागि अश्रुग्यास प्रहार गर्न थाल्छ । प्रदर्शनकारीहरूबीच भागाभाग हुन्छ । मार्बल हाउसको झ्यालमा सुरेश देखिएको केहीबेरमा उक्त घर दनदनी बल्न थाल्छ ।

पानी प्रहार गरी दङ्गा नियन्त्रण गर्ने नेपाल प्रहरीको मेसिन ‘वाटर क्यानन’ घटनास्थलबाट मात्र करिब २५० मिटरको दूरीमा हुन्छ ।

सुरेशलाई जीवितै उद्दार गर्न सकिन्थ्यो । तर, उनी भएको तेस्रो तलासम्म कोही पनि पुग्न सकेन । साँझ सोही तलाबाट पूर्ण रुपमा जलेको अवस्थामा उनको शव निकालियो । 

गत वर्ष चैतमा तीनकुनेमा भएको राजावादीको प्रदर्शन कसरी आगजनीमा परिणत भयो र पत्रकार सुरेश रजकको ज्यान गयो? मिडिया कुराकानीले तीन महिना लगाएर गरेको दृश्य अनुसन्धानले उक्त त्रासदीपूर्ण घटनाको मिनेट-मिनेटको विश्लेषण गरेको थियो । 

मिडिया कुराकानीको ३३ मिनेट लामो भिडियोले तीनकुने घटनामा सुरक्षा संयन्त्रको कमाण्ड, परिचालन र समन्वयमा भएका गम्भीर त्रुटि उजागर गरेको थियो । 

आन्दोलन कसरी हिंसात्मक बन्यो ?

Reconstructing The Death of Suresh Rajak _ VISUAL INVESTIGATIONS _ Media Kurakani (5).jpeg

त्यस दिन राजतन्त्र पक्षधरले र्‍याली आयोजना गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको सडक हुँदै नयाँ बानेश्वर जोड्ने मुख्य जङ्क्सन तीनकुनेमा हजारौँ मानिस भेला भएकाका थिए ।

दिउँसो १ बजेर ५३ मिनेटमा तीनकुनेस्थित ‘मार्बल हाउस’ को झ्यालमा पहिलो ढुंगा प्रहार हुन्छ ।  

भिडियो फुटेजहरूमा "हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ " लगायतका नाराबाजी भइरहेको देखिन्छ ।

बाहिरबाट आक्रमण सुरु भएपछि भवनभित्र रहेका कर्मचारीहरू ज्यान जोगाउन भाग्छन् । पत्रकार सुरेश रजक प्रदर्शनकारीहरूले उक्त भवनको मुलगेट फुटाएपछि उनीहरूसँगै भित्र छिरेका थिए । उनी फुटेको झ्यालबाट भित्र छिरेर तेस्रो तलामा पुगेको भिडियोहरूमा देखिन्छ । 

दिउँसो २ बजेर २४ मिनेटमा पहिलो तलामा आगोको ज्वाला देखिन थाल्छ र धुवाँ तीव्र गतिमा माथितिर फैलिन्छ । त्यसको तीन मिनेटपछि सुरेश तेस्रो तलाको झ्यालमा देखा पर्छन् । उनलाई देखेपछि बाहिर रहेका प्रत्यक्षदर्शीहरू "भित्र कोही मान्छे थुनिएको छ!" भन्दै चिच्याएको पनि देखिन्छ । 

रजक एभिन्युज टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार थिए । विशेष गरी उनी सडक आन्दोलन/प्रदर्शनको रिपोर्टिङमा सक्रियढङ्गले खटिन्थे । सुरेशका साथीहरू उनलाई साहसी र रिपोर्टिङमा निकै सचेत र मिहिनेती व्यक्तिका रूपमा चिन्छन् । 

उनी किन पहिले नै फुटाइएको झ्यालबाट भवनभित्र छिरे भन्ने अझै प्रष्ट छैन । यद्यपि, हाम्रो खोज र 'थ्रिडी स्पेसियल मोडलिङ' (3D spatial modelling) ले के पुष्टि गरेको छ भने उनको त्यो असामान्य प्रवेश विन्दुले गर्दा नै आगो माथितिर फैलिँदै जाँदा उनी भवनभित्र एक्लो पर्न पुगे ।

एउटा कुरा प्रष्ट छ- दिउँसो २ बजेर २७ मिनेटमा उनी जीवितै थिए र झ्यालबाट प्रष्ट देखिन्थे । त्यतिबेला उनी बाँच्ने सम्भावना थियो तर त्यसका लागि तत्काल उद्धार हुनुपर्थ्यो जुन हुन सकेन । 

हामीले कसरी गर्‍यौँ खोज ? 

Reconstructing The Death of Suresh Rajak _ VISUAL INVESTIGATIONS _ Media Kurakani.jpegमिडिया कुराकानीले निम्न माध्यमहरूको प्रयोग गरी तीन लगाएर त्यस दिनको घटनाक्रमको पुनर्निर्माण गरेको थियो:

  • प्रत्यक्षदर्शी र सामाजिक सञ्जालबाट प्राप्त २०० भन्दा बढी भिडियो फुटेजहरू ।
  • मेटाडेटा प्रमाणीकरण र समयावधि मिलान ।
  • ध्वनि संकेतहरूको क्रस-रेफरेन्सिङ, जस्तै नाराबाजी, साइरन आदिको आवाज ।
  • भित्र छिर्ने र निस्कने ढोकाहरूको नक्सांकन गर्न मार्बल हाउसको थ्रिडी (3D) मोडल ।

यसरी भवनभित्र र बाहिरका फुटेजहरूलाई एउटै समयक्रममा मिलाएर मिनेट-मिनेटको घटनाक्रम (क्रोनोलोजी) तयार पार्न हामी सफल भयौँ ।

दमकल नजिकै, तर उद्धारमा ढिलाइ

Reconstructing The Death of Suresh Rajak _ VISUAL INVESTIGATIONS _ Media Kurakani (3).jpeg

हाम्रो खोजको निष्कर्ष के हो भने मार्बल हाउसमा आगो लाग्दा नेपाल प्रहरीको दङ्गा नियन्त्रणमा प्रयोग हुने ‘वाटर क्यानन’ घटनास्थलबाट मात्र करिब २५० मिटरको दूरीमा थियो । तैपनि, आगो निभाउने कार्य ५० मिनेटभन्दा बढी ढिलो गरी मात्र सुरु भयो । 

सशस्त्र प्रहरी बलको दमकल नयाँ बानेश्वरतिरबाट आएको देखिन्छ तर भिड र धुवाँका कारण अघि बढ्न सक्दैन । काठमाडौँ महानगरको रातो रङको दमकल त अझ ढिलो गरी आइपुगेको थियो ।

यसरी उद्धारका उपकरणहरू नजिकै भए तापनि समन्वय र कमाण्डको असफलताका कारण ती समयमै प्रयोग हुन सकेनन् ।

यसरी सुरेश रजकको ज्यान बचाउन सकिने सम्भावना बाँकी भइन्जेल उद्धारको प्रयत्न गर्न सुरक्षा निकाय चुकेको देखिन्छ । 

भिड नियन्त्रण र कमाण्डको अन्योल

भिडियो प्रमाणहरूले प्रहरीको घेरा पटक-पटक परिवर्तन भइरहेको देखाउँछन् । भिडमाथि अश्रुग्यास प्रहार भइरहेको थियो । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गर्दै भवनको गेटतर्फ अघि बढेका थिए ।

त्यो अस्तव्यस्तताका बीच, त्यहाँ कुनै पनि स्पष्ट 'इन्सिडेन्ट कमाण्डर' (घटना कमाण्डर) देखिएनन् । जिम्मेवारी जनपद प्रहरी, सशस्त्र प्रहरी बल र नगरका दमकल सेवाहरूबीच बाँडिएको वा एउटाबाट अर्कोमा सरिरहेको जस्तो देखिन्थ्यो ।

सुरक्षा प्रोटोकल, परिचालन र उद्धारमा गम्भीर त्रुटि भएको हाम्रो खोजको निष्कर्ष  छ । 

के सुरेशलाई बचाउन सकिन्थ्यो?

Screenshot 2026-03-29 at 8.00.55 PM.png

उपलब्ध प्रमाणहरूले एउटै निष्कर्ष निकाल्छन्: उनलाई बचाउन सकिन्थ्यो । सुरेश रजक धेरै मिनेटसम्म तेस्रो तलाको झ्यालमा जीवितै देखिएका थिए । उद्धारका लागि आवश्यक उपकरण घटनास्थल नजिकै उपलब्ध थिए । 

त्यतिबेला भिडलाई तितरबितर पारेर उद्धारको बाटो खोल्न पूर्णतः सम्भव थियो । तर, राज्य संयन्त्रमा देखिएको अन्योल, हिचकिचाहट र स्पष्ट कमाण्डको अभावले गर्दा उनी भवनभित्रै थुनिन पुगे । यदि त्यतिबेला निर्णायक कदम चालिएको भए, सम्भवतः उनलाई बचाउन सकिन्थ्यो । 

सुरेशका भाइ दिनेश जेनजी आन्दोलनपछिको चुनाव सरकारले सुरेशपत्निलाई रोजगारी दिनु बाहेक परिवारले न्याय पाएको अनुभूति नगरेको बताए । “भाउजुले जागिर पाउनुभएको छ । दाइलाई सहिद घोषणा गरियो । हामी यसमा खुसी नै छौँ”, मिडिया कुराकानीसँग दिनेशले भने, “तर हाम्रो मुख्य माग उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गरिनुपर्छ भन्ने हाम्रो मुख्य माग हो जसमा कसैको पनि ध्यान गएन ।”

महासंघले भन्यो- 'हत्या'

Screenshot 2026-03-29 at 2.06.15 PM.pngनेपाल पत्रकार महासंघले उपाध्यक्ष उमिदप्रसाद बागचन्दको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । 

महासंघको अध्ययनले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन रजकको मृत्यु प्रदर्शनकारीले भवनमा लगाएको आगो वा सम्भावित साङ्घातिक आक्रमणका कारण भएको निष्कर्ष निकाल्दै शंकास्पद र रहस्यमय देखिएको बताएको छ । 

“घटनामा प्रहरीको उद्धार कार्यमा ढिलासुस्ती र लापरवाही देखिएको तथा राज्यले पत्रकारहरूको भौतिक एवं पेसागत सुरक्षा सुनिश्चित गर्न नसकेको” महासंघले बताएको छ । 

अध्ययन समितिका संयोजक बागचन्द आफूहरूले गृह मन्त्रालय, सूचना तथा सञ्चारप्रविधि मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोगलाई दिएको बताउँछन् । “हामीले थप छानबिनको माग गरेका छौँ तर सम्बन्धित निकायहरूको चासो पुगेन ।” 

परिवार भने महासंघले पनि प्रभावकारी रुपमा दबाब दिन नसकेको बताउँछन् । “महासंघले हत्या भन्यो । हामीलाई पनि गम्भीर शंका छ तर महासंघले प्रभावकारी रुपमा दबाब सिर्जना गर्न सकेन”,  दिनेश भन्छन्, “दाइ मैले हेर्दाहेर्दै जलेको हो । प्रहरी, वाटर क्यानन धेरै नजिक थियो तर जलिरहेको भवनमा आगो निभाउनु साटो जलिरहोस् भनेर प्रहरीले छोडेको जस्तो लाग्छ । प्रहरीको भूमिका पनि शंकास्पद छ ।” 

मानवअधिकार आयोगको प्रतिवेदनै आएन

human right comission.jpg

त्यतिबेला मानवअधिकार आयोगका अधिकारीले केही दिनमै छानबिन प्रतिवेदन सार्वजनिक गर्ने बताएको स्मरण गर्दै दिनेश वर्षदिन बित्दा पनि उक्त प्रतिवेदन सार्वजनिक नहुनुको कारण आफूहरूलाई थाहा नभएको बताउँछन् । 

“दुई तीन दिनमा सार्वजनिक गर्छौँ भन्नुहुन्थ्यो तर एक वर्ष बित्दा पनि सार्वजनिक हुन सकेन । अहिले फोन गर्दा हामीले प्रतिवेदन दिइसक्यौँ, सार्वजनिक गर्ने काम आयोगको हो भन्नहुन्छ”, दिनेशले भने, “यदि सार्वजनिक नै गर्नु थिएन भने हामीलाई किन आश देखाइयो ?” एउटाले अर्कोलाई देखाउँदै जिम्मेवारीबाट भाग्ने काम भइरहेको परिवारको बुझाई छ । 

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता सहसचिव डा. टिकाराम पोखरेल छानबिन समितिले प्रतिवेदन बुझाए पनि सार्वजनिक नभएको स्वीकार्छन् । आयोगमा पेश भइसकेको प्रतिवेदन सार्वजनिक नहुनुको कारण भने आफूलाई थाहा नभएको उनले बताए । 

“हामीले चैत १५ गते तीनकुने आसपासमा भएका घटनाको समग्र प्रतिवेदन बनाएका हौँ । समितिले आफ्नो काम सकेर प्रतिवेदन बुझाइसकेको छ”, पोखरेलले मिडिया कुराकानीसँग भने, “तर आयोगले उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन । कारण मलाई पनि थाहा छैन । मेरो जानकारीमा भएको कुरा यत्ति हो ।”

आयोगका अध्यक्ष तपबहादुर मगरको सचिवालयले फोन उठाए पनि उनीसँग कुरा हुन भने सकेन । 


Related Story

शिक्षक आन्दोलनमा पानीको फोहोराबाट पत्रकार सविना कार्की गम्भीर घाइते

काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपको समाचार संकलन गरिरहेकी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की प्रहरीले हानेको पानीको

पत्रकार सुरक्षाको माग गर्दै पत्रकार महासंघको देशव्यापी प्रदर्शन, थप आन्दोलन घोषणा

नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन

ज्यान जोखिममा राखेर भिडियो खिचिरहेका सुरेश, जो अराजक प्रदर्शनकारीको आगजनीमा अस्ताए

राजतन्त्र पुनर्स्थापनाका नाममा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा दुईजनाको निधन भएको छ । प्रहरीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा

पत्रकार महासंघले भन्यो- प्रेसमाथिको आक्रमण निन्दनीय, रजकको निधनमा दुःख व्यक्त

नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको प्रदर्शनमा सहभागी समूहले गरेको हिंसात्मक गतिविधिको निन्दा गरेको छ । शुक्रबार बेलुका जारी

राजावादी हिंसाको शिकार भए पत्रकार: रिपोर्टिङ गर्दागर्दै आगोमा जलेर मृत्यु

राजावादीहरूको प्रदर्शनको रिपोर्टिङका क्रममा एक पत्रकारको प्रदर्शनकारीहरूले गरेको आगजनीमा परेर मृत्यु भएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोनलको

Mob justice or premeditated murder? The tragic case of journalist Suresh Bhul

In the quiet neighborhood of Kantipur in Gauriganga Municipality, Ward No. 11, Suresh Bhul, a 30-year-old journalist, was known for

चार महिनाअघि सुरेश भुलले भनेका थिए– ‘चौतर्फी घेराबन्दीमा छु, मलाई सिद्ध्याउँछन्’

पत्रकार सुरेश भुलको हत्या एउटा सशक्त स्वरलाई दबाउने नियोजित प्रयासझैं देखिन्छ कात्तिक २३ गते । शुक्रबार । बिहान ६ बजे ।

किन बढ्दैछ पत्रकारमाथि आक्रमण ? सोसल मिडिया झन् असहिष्णु

मिडियामा प्रकाशित समाचार सामग्रीमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी वा थप कानुनी उपचार खोज्नु साटो मिडिया र पत्रकारलाई कुटपिट गरी