पत्रकार सुरक्षाको माग गर्दै पत्रकार महासंघको देशव्यापी प्रदर्शन, थप आन्दोलन घोषणा

पत्रकार सुरक्षाको माग गर्दै पत्रकार महासंघको देशव्यापी प्रदर्शन, थप आन्दोलन घोषणा

  • चैत्र १५, २०८१ शनिबार २३:०२

नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन गरेको छ ।

महासंघको ७१औँ स्थापना दिवसको पूर्वसन्ध्यामा पत्रकार रजकको हत्या भएपछि वार्षिकोत्सवलाई विरोध सभामा परिणत गरेको महासंघले शनिबार बिहान माइतीघरमा विरोध प्रदर्शन र सभा गरेको छ ।

महासंघका प्रदेश समिति र ७७ वटै जिल्ला शाखाहरूले पनि पत्रकार रजकको हत्या तथा पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । ज्यान जोखिममा राखेर भिडियो खिचिरहेका सुरेश, जो अराजक प्रदर्शनकारीको आगजनीमा अस्ताए ज्यान जोखिममा राखेर भिडियो खिचिरहेका सुरेश, जो अराजक प्रदर्शनकारीको आगजनीमा अस्ताए

माइतीघरमा भएको विरोधसभामा महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले रिपोर्टिङमा खटिएका पत्रकार रजकको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे। उनले पत्रकार रजकको परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरे ।

विरोधसभामा बोल्दै महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायतले गणतन्त्रमा पनि कार्यस्थलमा पत्रकार हत्या हुनु दुःखद भन्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरे । राजावादी हिंसाको शिकार भए पत्रकार: रिपोर्टिङ गर्दागर्दै आगोमा जलेर मृत्यु राजावादी हिंसाको शिकार भए पत्रकार: रिपोर्टिङ गर्दागर्दै आगोमा जलेर मृत्यु

महासंघका महासचिव रामप्रसाद दाहालले हत्या गरिएका पत्रकार रजकलाई न्यायसहित घाइते पत्रकारहरूको उपचार, राहत तथा क्षतिपूर्ति र पत्रकारहरूको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गरे । उनले यी मागहरू पूरा नभए महासंघ निरन्तर सडक संघर्षमा उत्रिन बाध्य हुने समेत घोषणा गरे ।

शुक्रबारको प्रदर्शनमा आक्रोशित प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा गरेको थियो भने फोटो खिचेको निहुँमा पत्रकार दिनेश गौतममाथि भौतिक आक्रमण गरेका थिए ।

महासंघद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

नेपाल पत्रकार महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको छ ।

बैठकले विरोध कार्यक्रमको क्रममा शनिबार क्षति पुर्‍याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी तथा सञ्चार सामग्रीको विवरण संकलन गर्ने निर्णय गरेको छ । साथै आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गरेको छ ।

सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय समेत गरिएको छ । राजावादी अराजकताको निशानामा मिडिया पनिः अन्नपूर्ण पोस्टमा आगजनी, कान्तिपुरमा ढुंगामुढा राजावादी अराजकताको निशानामा मिडिया पनिः अन्नपूर्ण पोस्टमा आगजनी, कान्तिपुरमा ढुंगामुढा

यसैबीच, महासंघले मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह र उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली छन् ।


Related Story

सुरेश रजक निधनको छानबिन किन हुन सकेन?

वर्षदिन बित्यो । सुरेश रजकका परिवारजन अझै पनि राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पर्खिरहेका छन्, छानबिनको माग गरिरहेका छन् २०८१ चैत १५

शिक्षक आन्दोलनमा पानीको फोहोराबाट पत्रकार सविना कार्की गम्भीर घाइते

काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपको समाचार संकलन गरिरहेकी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की प्रहरीले हानेको पानीको

ज्यान जोखिममा राखेर भिडियो खिचिरहेका सुरेश, जो अराजक प्रदर्शनकारीको आगजनीमा अस्ताए

राजतन्त्र पुनर्स्थापनाका नाममा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा दुईजनाको निधन भएको छ । प्रहरीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा

पत्रकार महासंघले भन्यो- प्रेसमाथिको आक्रमण निन्दनीय, रजकको निधनमा दुःख व्यक्त

नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको प्रदर्शनमा सहभागी समूहले गरेको हिंसात्मक गतिविधिको निन्दा गरेको छ । शुक्रबार बेलुका जारी

राजावादी हिंसाको शिकार भए पत्रकार: रिपोर्टिङ गर्दागर्दै आगोमा जलेर मृत्यु

राजावादीहरूको प्रदर्शनको रिपोर्टिङका क्रममा एक पत्रकारको प्रदर्शनकारीहरूले गरेको आगजनीमा परेर मृत्यु भएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोनलको

Mob justice or premeditated murder? The tragic case of journalist Suresh Bhul

In the quiet neighborhood of Kantipur in Gauriganga Municipality, Ward No. 11, Suresh Bhul, a 30-year-old journalist, was known for

चार महिनाअघि सुरेश भुलले भनेका थिए– ‘चौतर्फी घेराबन्दीमा छु, मलाई सिद्ध्याउँछन्’

पत्रकार सुरेश भुलको हत्या एउटा सशक्त स्वरलाई दबाउने नियोजित प्रयासझैं देखिन्छ कात्तिक २३ गते । शुक्रबार । बिहान ६ बजे ।

किन बढ्दैछ पत्रकारमाथि आक्रमण ? सोसल मिडिया झन् असहिष्णु

मिडियामा प्रकाशित समाचार सामग्रीमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी वा थप कानुनी उपचार खोज्नु साटो मिडिया र पत्रकारलाई कुटपिट गरी