किन बढ्दैछ पत्रकारमाथि आक्रमण ? सोसल मिडिया झन् असहिष्णु

किन बढ्दैछ पत्रकारमाथि आक्रमण ? सोसल मिडिया झन् असहिष्णु

प्रेस स्वतन्त्रतामा हस्तक्षेप हुने गरी जारी मिडिया कानुनको विरोधमा प्रदर्शन गर्दै पत्रकारहरू । फाइल फोटो साभारः एपी
  • आश्विन १०, २०८० बुधबार ००:५५

मिडियामा प्रकाशित समाचार सामग्रीमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी वा थप कानुनी उपचार खोज्नु साटो मिडिया र पत्रकारलाई कुटपिट गरी तर्साउने प्रवृत्ति बढ्दो


पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटनाहरू बढिरहेका छन् । प्रकाशित समाचार सामग्रीलाई आधार बनाएर पत्रकारमाथि धम्कीमात्र होइन, भौतिक आक्रमण समेत हुन थालेका छन् । 

गत सोमबार (असोज ८ गते) रातोपाटीका पत्रकार कृष्णसिंह धामीमाथि नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनका कार्यकर्ताहरूले भौतिक आक्रमण गरे ।

सोमबार दिउसो ललितपुर बखुन्डोलस्थित अनलाइनको कार्यालय जाँदै गर्दा ५\६ जनाको समूहमा आएका व्यक्तिहरूले धामीमाथि सांघातिक आक्रमण गरे । टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि पुल्चोकस्थित सुमेरु अस्पताल पुर्‍याइयो । 

धामीले भदौ २५ गते त्रिभुवन विश्वविद्यालयले मापदण्ड नै नपुगेका कलेजलाई विषयगत स्वीकृति दिइएकोबारे समाचार लेखेका थिए । उक्त समाचार छापिएको भोलिपल्टै विप्लवनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले 'पत्रकारलाई सजाय दिने' चेतावनी दिइएको थियो । 

उक्त संगठनका अध्यक्ष प्रकाश सीका नाममा निकालिएको विज्ञप्तिमा समाचारमा पार्टीका महासचिव विप्लव सीको नाम जोडिएकोमा आपत्ति जनाइएको थियो । विज्ञप्तिमा 'रातोपाटी अनलाइन र पत्रकार धामीलाई माफी माग्न र गल्ती तत्काल सच्याउन चेतावनी' दिइएको थियो । 'साम्राज्यवादी र दलाल पुँजीवादीद्वारा पालितपोषित र परिचालित पत्रिका र सम्बन्धित पत्रकारलाई सजाय दिने' चेतावनी विज्ञप्तिमा दिइएको थियो । लगत्तै धामीमाथि आक्रमण भयो । 

यो पछिल्लो एउटा घटना हो । पछिल्लो समय भएका केही घटनाहरू हेर्ने हो भने पनि पत्रकारमाथि कुटपिट, धम्की र दुर्व्यवहार लगायतका घटनाहरू बढिरहेको देखिन्छ ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष तथा नेपाल समाचारपत्रका संवाददाता मोतिराम तिमल्सिनामाथि सत्तारुढ नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले भौतिक कारबाहीको धम्की दिए ।

पत्रकार महासंघ रौतहट शाखाका कार्यसमिति सदस्य एवं हिमालय टेलिभिजनका सम्वाददाता राकेश यादवमाथि समाचार संकलनका क्रममा कुटपिट र दुर्व्यवहार भयो । क्रसर उद्योगका कर्मचारीले उनको क्यामरासमेत फुटाइदिए ।

समाचारकै विषयलाई लिएर नीतिन्यूज डटकमका पत्रकार शंकर तिवारीलाई राप्रपा प्रवक्तासमेत रहेका प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीका सहयोगीले धम्की दिएका थिए ।

बढ्दै प्रेस स्वतन्त्रता हनन

कुटपिटबाट घाइते यादव अस्पतालमा । फोटो साभारः अनलाइनखबर


भदौ महिनामा मात्र ९ वटा प्रेस स्वतन्त्रता हननको घटना दर्ता भएका छन् । नेपाल पत्रकार महासंघको अभिलेख अनुसार २०८० बैशाख देखि भदौसम्म २९ वटा प्रेस स्वतन्त्रता हननका घटना दर्ता भएका छन् । पछिल्लो पाँच महिनाको अभिलेख हेर्ने हो भने क्रमशः प्रेस तथा पत्रकारमाथि धम्की र आक्रमणका घटनाहरू क्रमशः बढिरहेको देखिन्छ । 

नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार सन् २०२२ मे ३ देखि २०२२ अप्रिल २६ सम्म ५५ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । यी घटनाहरूमा ९३ जना पत्रकार तथा सञ्चारकर्मी (पुरूष ७०, महिला २३) र ८ सञ्चारसंस्था पीडित भएका प्रतिवेदनमा उल्लेख छ । 

प्रेस स्वतन्त्रता हननमा प्रविधिको प्रयोग

प्रेस स्वतन्त्रता हननका घटनामा इन्टरनेटमा आधारित न्यु मिडियाको प्रयोग हुन थालेको छ । पत्रकार महासंघका अनुसार नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटनामा पनि नयाँ नयाँ तरिका अपनाइएको छ । प्रकाशित तथा प्रसारित समाचारमा असहमति राख्ने व्यक्ति वा समूहले सञ्चार संस्था र पत्रकारमाथि नयाँ नयाँ तरिका अपनाएर आक्रमण गर्न थालेका हुन् । 

'अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने लगायतका कार्य बढिरहेको महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

महासंघको अभिलेखअनुसार सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ घटना भएका छन् । यी घटनाहरूमा १३२ पुरुष र १८ जना महिला पत्रकारसहित ६ सञ्चारसंस्था प्रभावित भएका छन् । सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका ६२ घटना भएका थिए । ६२ घटनामा १९० जना पत्रकार तथा ४ सञ्चारमाध्यम प्रभावित भएका थिए ।

संप्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसको कानुनी उपचार खोज्न सकिने वा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रचलित प्रावधान छ । तर यसविपरीत प्रेस स्वतन्त्रता हननका घटना लोकतान्त्रित पद्दतिविरूद्ध रहेको सञ्चार विज्ञ भुवन केसी बताउँछन् । 

'मानिसहरूमा आलोचना सुन्न सक्ने क्षमता कम छ र प्रतिवादमा उत्रिन्छन्", सेन्टर फर मिडिया रिसर्च-नेपाल आबद्ध केसी भन्छन्, "मिडिया र पत्रकारहरूमा पनि आफ्नो आलोचना सुन्न नचाहने परिपाटी छ ।"

MAP - 2023 World Press Freedom Index.pngपत्रकार विनोद ढुंगेल पनि नेपालमा सहिष्णुताको संस्कृति नहुँदा पत्रकारमाथि आक्रमण भएको बताउँछन् । "मानिसहरूले सत्य स्वीकार गर्न सक्दैनन्", ढुंङ्गेल भन्छन्, "मिडिया र पत्रकारहरूले पनि आफ्नो कामको समीक्षा गर्नपर्छ । केही गल्ती भएमा भूलसुधार गर्नुपर्छ । तर गल्ती नगरेको अवस्थामा डराउन भएन, एकजुट भएर प्रेस स्वतन्त्रताको लागि लाग्नुपर्छ ।" 

अनुसन्धानात्मक समाचार सामग्री लेखेपछि आउन सक्ने सुरक्षा चुनौति कसरी सामना गर्ने भनेर पत्रकार अनभिज्ञ हुँदा उनीहरूमाथि सुरक्षा खतरा भएको केसी बताउँछन् । "नेपालमा प्रेस फ्रिडमको अभ्यास छ तर व्यवहारमा छैन", उनी भन्छन्, "मिडिया साक्षरता भनेको के हो बुझेका छैनन्, प्रेस काउन्सिल र अदालतको भूमिका पनि बुझेका छैनन् ।"

ढुंगेल पनि मिडियाहरूले समाचार सामग्री छापेपछि आउनसक्ने चुनौती आँकलन गरेर काम गरेमा पत्रकारहरूमाथि भौतिक सुरक्षाको खतरा कम गर्न सकिने बताउँछन् । 

रिपोटर्स विदाउट बोर्डर्स (आरएसएफ) ले सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२३ मा नेपाल ९५ औँ स्थानमा छ । आरएसएफले विश्वका १८० मुलुकमा प्रेस स्वतन्त्रताको अवस्था मूल्यांकन गर्ने गर्छ ।

नेपाल सन् २०२२ मा ७६ औँ स्थानमा रहेकोमा यो वर्ष खस्किएर ९५ औँ स्थानमा पुगेको हो । दक्षिण एसियामा भने नेपाल प्रेस स्वतन्त्रता सूचकांकमा भुटान भन्दा पछि र अन्य देशभन्दा अघि छ ।  

आममनोविज्ञान झन् नकारात्मक

पत्रकारमाथि कुटपिट तथा धम्कीका समाचारहरूमा आउने कमेन्टहरू हेर्ने हो भने झन् डरलाग्दो स्थिति छ । नागरिकको वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षासँग सम्बन्धित प्रेस स्वतन्त्रताको प्रयोग गरी समाचार लेख्ने पत्रकारहरू कुटिँदा सोसल मिडियामा त्यसको विरोध कम बरु समर्थन बढी भएजस्तो देखिन्छ । 

Screenshot photo.jpg

मिडिया र पत्रकारप्रति मानिसहरू यति धेरै नकारात्मक हुनुको कारण के हो ? सञ्चार विज्ञ भुवन केसी आफूलाई पर्दा दुख मान्ने तर अरूलाई पर्दा रमाउने परिपाटीले यस्तो अवस्था आएको बताउँछन् । 

पत्रकार कृष्णसिंह धामीमाथि आक्रमण भएको समाचारमा सोसल मिडियामा आएका कमेन्ट हेर्ने हो भने मिडिया र पत्रकारप्रतिको सामाजिक मनोविज्ञान देखिन्छ ।

पत्रकारको हकहितका निम्ति खुलेका पत्रकार महासंघसहित कयौँ संघ/संस्थाहरूले प्रेस स्वतन्त्रता हननका घटनामा विज्ञप्तिसम्म निकाल्ने गरे पनि खासै सुनुवाई हुँदैन । सञ्चार विज्ञ केसी भन्छन्, जुन घटनामा चर्को आवाज उठ्छ, त्यो विषयमा राज्यले 'एक्सन' लिन्छ, आवाज उठेन भने सुनुवाई हुँदैन ।

"राजनीतिक दलनिकट पत्रकारका संघ संस्थाहरूले पक्षपात गर्छन् र आफूनिकट पत्रकारका बारेमा बोल्ने नत्र नबोल्ने प्रवृत्ति छ", उनी भन्छन्, "यस्ता घटनामा सबै मिलेर प्रतिवाद गर्नुपर्छ ।"


Related Story

सुरेश रजक निधनको छानबिन किन हुन सकेन?

वर्षदिन बित्यो । सुरेश रजकका परिवारजन अझै पनि राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पर्खिरहेका छन्, छानबिनको माग गरिरहेका छन् २०८१ चैत १५

शिक्षक आन्दोलनमा पानीको फोहोराबाट पत्रकार सविना कार्की गम्भीर घाइते

काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपको समाचार संकलन गरिरहेकी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की प्रहरीले हानेको पानीको

पत्रकार सुरक्षाको माग गर्दै पत्रकार महासंघको देशव्यापी प्रदर्शन, थप आन्दोलन घोषणा

नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन

ज्यान जोखिममा राखेर भिडियो खिचिरहेका सुरेश, जो अराजक प्रदर्शनकारीको आगजनीमा अस्ताए

राजतन्त्र पुनर्स्थापनाका नाममा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा दुईजनाको निधन भएको छ । प्रहरीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा

पत्रकार महासंघले भन्यो- प्रेसमाथिको आक्रमण निन्दनीय, रजकको निधनमा दुःख व्यक्त

नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको प्रदर्शनमा सहभागी समूहले गरेको हिंसात्मक गतिविधिको निन्दा गरेको छ । शुक्रबार बेलुका जारी

राजावादी हिंसाको शिकार भए पत्रकार: रिपोर्टिङ गर्दागर्दै आगोमा जलेर मृत्यु

राजावादीहरूको प्रदर्शनको रिपोर्टिङका क्रममा एक पत्रकारको प्रदर्शनकारीहरूले गरेको आगजनीमा परेर मृत्यु भएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोनलको

Mob justice or premeditated murder? The tragic case of journalist Suresh Bhul

In the quiet neighborhood of Kantipur in Gauriganga Municipality, Ward No. 11, Suresh Bhul, a 30-year-old journalist, was known for

चार महिनाअघि सुरेश भुलले भनेका थिए– ‘चौतर्फी घेराबन्दीमा छु, मलाई सिद्ध्याउँछन्’

पत्रकार सुरेश भुलको हत्या एउटा सशक्त स्वरलाई दबाउने नियोजित प्रयासझैं देखिन्छ कात्तिक २३ गते । शुक्रबार । बिहान ६ बजे ।