विज्ञापन बोर्डको अध्यक्षका लागि ६ जनाको आवेदन

विज्ञापन बोर्डको अध्यक्षका लागि ६ जनाको आवेदन

  • बैशाख २१, २०८२ आइतबार १८:३४

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यस पदका लागि पूर्वअध्यक्ष लक्ष्मण हुमागाईंसहित कविता शर्मा, सुजन राजा श्रेष्ठ, अशोक कुमार घिमिरे, पदमराज जोशी र अनन्तकान्त मैनालीले आवेदन दिएका छन् ।

२०७७ मा नियुक्त भएका हुमागाईंको चार वर्षे कार्यकाल सकिएपछि सरकारले वैशाख ५ गते नयाँ अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । अब यी ६ जना उम्मेदवारहरूले व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता दिनेछन् ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार मन्त्रिपरिषद्ले खुला प्रतिस्पर्धाको माध्यमबाट विज्ञापन बोर्डको अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ । 

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अन्तर्गत स्थापित संस्था विज्ञापन बोर्डको प्रमुख काम विज्ञापनहरूको नियमन, मापदण्ड निर्धारण र विज्ञापन सम्बन्धी नीति निर्माण गर्ने रहेको छ । 

Candidates for Advertising Board.jpg


Related Story

फेसबुक-टिकटकका विज्ञापन अब कर र बैंकिङ दायरामा, विदेशी विज्ञापनको डबिङमा रोक: यस्तो छ नयाँ विज्ञापन नीति

सरकारले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र व्यावसायिक बनाउने लक्ष्यका साथ 'राष्ट्रिय विज्ञापन नीति, २०८३' स्वीकृत गरेको छ । लामो समयदेखि

सरकारी सूचना अब सरकारी मिडियामा मात्र, प्रतिवाद गर्ने महासंघको चेतावनी

सरकारले सरकारी निकायहरूबाट प्रकाशन हुने सूचना तथा विज्ञापन अब सरकारी स्वामित्वका सञ्चार माध्यमहरूमा मात्र प्रकाशन तथा प्रसारण गर्ने भएको छ

विज्ञापनबाट यसरी भ्रम फैलाउँदै छन् कन्सल्टेन्सी

मिडिया तथा सामाजिक सञ्जालबाट भ्रम पैदा गरे कन्सलटेन्सीको स्वीकृति रद्ध हुने विभिन्न शैक्षिक परामर्शदाता संस्थाहरूले सामाजिक सञ्जाल र मिडियामा देशमा बसेर

‘मिराकल वास’को नाममा भ्रमको खेती, मलजल गर्दै मिडिया

मंसिर १५ गते काठमाडौंको तिलगंगास्थित होटल आनन्दमा एक 'विशेष' कार्यक्रम आयोजना गरियो । प्रभुकृपा दुःख निवारण समागम नाम दिइएको उक्त

नेपाल विज्ञापन संघमा नयाँ कार्यसमिति

नेपाल विज्ञापन संघको ११ औँ कार्यसमितिले पूर्णता पाएको छ । आइतबार भएको निर्वाचनमा सुदिप थापा निर्विरोध भएका छन् । प्रथम

विज्ञापन संघको अध्यक्षमा सुदिप थापा, कोषाध्यक्ष बाहेक मुख्य पदमा निर्विरोध [अन्तिम नामावली]

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध भएका छन् । यसअघिको संघको कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका थापा एएनएस क्रियसन (ANS

सरकारी विज्ञापनमा हुने अपचलन अब रोकिएला ? संशोधित विज्ञापन नियमावलीका खास व्यवस्था

विज्ञापन छाप्ने सञ्चारमाध्यमसँगै विज्ञापन कारोबार गर्ने एजेन्सीको पनि बिल समावेश गर्नुपर्ने व्यवस्थाले सरकारी विज्ञापनमा विद्यमान अपारदर्शिता अन्त्य हुने अपेक्षा विज्ञापन नियमन

तपाईं विज्ञापन हेर्दै हुनुहुन्छ, विज्ञापनले तपाईंलाई हेर्दैछ

मिस्टर जुकरबर्ग ! हिजो राति तपाईं कुन होटलमा बस्नुभएको थियो, हामीलाई भन्न सक्नुहुन्छ ?' 'अऽऽऽऽऽऽ (हिच्किचाउँदै)– भन्न सक्दिनँ ।' 'तपाईंले यो साता क–कसलाई