कानुनको खिल्ली उडाउँदै दैनिक पत्रिकाहरूले यसरी छापे रक्सीको विज्ञापन

कानुनको खिल्ली उडाउँदै दैनिक पत्रिकाहरूले यसरी छापे रक्सीको विज्ञापन

  • फाल्गुण २३, २०८१ शुक्रबार ०२:२५

नियामक निकायहरू मौन रहँदा पत्रिकाहरूले पाठकलाई भ्रम पर्ने गरी मदिराको प्रचार गरिरहेका छन्


देशका तीन प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरूले पत्रकारिताको आधारभूत सिद्धान्त र आचारसंहिता विपरीत मदिराको विज्ञापनलाई समाचारको रूपमा प्रस्तुत गरेको पाइएको छ । कान्तिपुर, अन्नपूर्ण पोस्ट र नयाँ पत्रिका जस्ता प्रतिष्ठित पत्रिकाहरूले फागुनको तेस्रो साता मिल्दोजुल्दो शीर्षक र एउटै किसिमको सामग्री प्रकाशित गरेर पाठकहरूलाई झुक्याउने काम गरेका छन् ।

एउटै सामग्री, फरक मिति

फागुन १९ मा कान्तिपुर दैनिकमा 'यती डिस्टिलरीद्वारा नेपाली लोककलाको प्रवर्द्धनार्थ योगदानबापत पौभा कलाकार समुन्द्रमान सिंह श्रेष्ठ सम्मानित' शीर्षकको सामग्री छापियो । 

त्यसको भोलिपल्ट फागुन २० गते अन्नपूर्ण पोष्टले पनि उही विषयवस्तु (समुन्द्रमान सिं भनेर) छाप्यो । फागुन २२ गते नयाँ पत्रिकाले पनि सोही विषयमा सामग्री प्रकाशित गर्‍यो ।

यी सबै सामग्रीमा ‘प्रेस विज्ञप्ति’ भनेर उल्लेख गरिएको छ । तीनवटै पत्रिकाले एउटै सामग्री, उही शीर्षक र एउटै स्थान- पत्रिकाको पछिल्लो पृष्ठमा ‘विज्ञप्ति’ दाबी गरिएको उक्त सामग्री छापेका छन् । 

तर यो कुनै संयोग नभएर मदिराजन्य पदार्थको विज्ञापन गर्न नमिल्ने कानुनी प्रावधानलाई छल्न अपनाइएको रणनीति भएको प्रष्ट देखिन्छ ।

समाचारको आवरणमा रक्सीको प्रचार

यी पत्रिकाहरूले छापेको विज्ञप्तिमा के छ ? हेर्दा, यो यती डिस्टिलरी प्रालिले पौभा कलाकार समुन्द्रमान सिंह श्रेष्ठलाई नेपाली परम्परागत कलाको संरक्षण र विश्व स्तरमा यसको प्रवर्द्धनमा योगदान पुर्‍याएकोमा सम्मान गरेको जस्तो देखिन्छ ।

advertising raksi.jpeg

अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको मदिराको विज्ञापन । यस्तै सामग्री कान्तिपुर र नयाँ पत्रिकामा पनि छापिएका छन् ।


तर विज्ञप्तिको मूल विषय यो होइन । विज्ञप्तिले स्पष्ट रूपमा ओल्ड दरबार ह्विस्की र कलाकार श्रेष्ठको कलाकृति 'द मिथिकल ट्रेजर्स' लाई ओल्ड दरबार ह्विस्कीको पछिल्लो संस्करण ‘फिफ्टिन इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की’ मा समावेश गरिएको उल्लेख गरेको छ । यो प्रत्यक्ष रूपमा मदिराको प्रचार हो, जुन नेपालको कानुनले निषेध गरेको छ ।

आचारसंहिता र कानुनी प्रावधानको उल्लङ्घन

पत्रकार आचारसंहिता २०७३ को बुँदा ७ (१) अनुसार पत्रकार तथा सञ्चारमाध्यमले पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पष्ट अन्तर हुनेगरी सम्प्रेषण गर्नुपर्दछ । 

साथै, आचारसंहिताको बँदा ७ (२) मा विज्ञापनलाई विज्ञापन कै रुपमा र समाचारलाई समाचारकै रुपमा प्रस्तुत गर्नुपर्ने भनिएको छ ।

patrakar ain.JPG

राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा १४ ले जनस्वास्थ्यलाई हानि पुर्‍याउने धुम्रपान तथा मदिराजस्ता पदार्थहरूको विज्ञापन प्रसारणलाई निरुत्साहित गर्ने व्यवस्था गरेको छ ।

prasaran ain.JPG

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ ले प्रचलित कानुनले विज्ञापन गर्न निषेध गरेको विषयमा विज्ञापन गर्न नहुने व्यवस्था गरेको छ ।

bigyapan ain.JPG

यस्तै, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ (१) मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन भनिएको छ ।

janswasthya.JPG

सर्वोच्च अदालतले २०७९ फागुनमा मदिराको विज्ञापन र प्रचार प्रसारमा रोक लगाउन सरकारलाई आदेश दिइसकेको छ ।

आम नागरिक झुक्याउने रणनीति

यी विज्ञप्ति दाबी गरिएका सामग्रीहरू पढ्दा आम पाठकले यिनलाई समाचार नै ठान्ने अवस्था छ । मदिरा कम्पनीले कलाकारको सम्मान गरेको समाचार जस्तो देखिए पनि यसको मूल उद्देश्य त ‘ओल्ड दरबार ह्विस्की’ को नयाँ उत्पादनको प्रचार गर्नु हो ।

के यस्तो पाठक झुक्याउने तरिकाले प्रकाशित गरिएका विज्ञापनलाई नियामक निकायले कारबाही गर्लान् ? के पत्रकारिताको मूल्य र मान्यता जोगाउन यी पत्रिकाहरूले आफ्नो गल्ती सच्याउनेछन् ? यी प्रश्नहरू करिब निरर्थक जस्तै छन् । किनभने फागुन पहिलो साता नयाँ पत्रिकाले ‘पाथीभरा केबलकार विवाद र वास्तविकता’ शीर्षकमा छापेको केबलकारको प्रबर्द्धनात्मक सामग्रीका बारेमा नियामक निकायहरू चुपचाप छन् । ‘मिराकल वास’को नाममा भ्रमको खेती, मलजल गर्दै मिडिया ‘मिराकल वास’को नाममा भ्रमको खेती, मलजल गर्दै मिडिया

कानुनले निषेध गरेका बस्तुको विज्ञापन गरेर पत्रिकाहरूले अपराध गरेको वरिष्ठ पत्रकार भवानी बरालको भनाई छ । 

“ती पत्रिकाहरूले भ्रम पर्ने गरी विज्ञप्तिको नाम दिएर विज्ञापन छापेका छन् । यहाँनेर प्रचलित राष्ट्रिय प्रसारण ऐन, विज्ञापन (नियमन गर्ने) ऐन र जनस्वास्थ्य सेवा ऐन, यी तीनवटै ऐन आकर्षित हुन्छन्”, बराल भन्छन्, “ऐनको बरखिलाफ गएर ती पत्रिकाहरूले रक्सीको विज्ञापन उत्पादन, प्रसारण र प्रचारप्रसार सबै गरिदिए ।” 

राज्य कमजोर भएका बेला यी पत्रिकाहरूले ऐन मिचेर हामीहरू नेपाली मिडियाको टाइकुन हुँ, हामीले जे गरे पनि हुन्छ भन्ने किसिमले उक्त सामग्री छापेको उनको भनाई छ । उनी थप्छन्, “ऐन सबै मिडियाको लागि हो, सानो मिडियालाई ऐन लाग्ने र ठूलालाई नलाग्ने भन्ने हुँदैन ।”  


Related Story

सञ्चार सामग्री जफत गर्नु संविधानको ठाडो उल्लंघन : पत्रकार महासंघ

जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको

किशोर श्रेष्ठ पक्राउ प्रकरणमा महिला आयोग अध्यक्षको आफ्नै पीडा र गम्भीर खुलासा

'पटक पटक प्रेस काउन्सिल जाँदा पनि न्याय पाइनँ' जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननको मुद्दामा पक्राउ गरेपछि

किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिल नेपालः ‘कार्यालयमा प्रहरी छापा’ को विरोध गर्दै पत्रकारलाई पनि जिम्मेवार बन्न आग्रह

प्रेस काउन्सिलले किशोर श्रेष्ठ पक्राउ र उनको सञ्चार गृहमा छापा मारिएको शैलीप्रति आपत्ति जनाउँदै पत्रकारहरूलाई स्वतन्त्रताको नाममा स्वच्छन्द नहुन आग्रह

किशोर श्रेष्ठ पक्राउ प्रकरणः के भन्छ प्रेस काउन्सिल ऐन र आचारसंहिताको ‘विधि’?

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरेपछि सञ्चार जगत् र कानुनी वृत्तमा एउटा बहस सुरु

किशोर श्रेष्ठ पक्राउ अघिका दुई मुख्य घटना

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनको निवासबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक

मिडियाका कटु आलोचक उमेश श्रेष्ठ प्रेस काउन्सिलको नेतृत्त्वमा

नेपाली पत्रकारितामा उमेश श्रेष्ठ 'सालोक्य' एउटा यस्तो नाम हो, जसले गएका दुई दशकदेखि मूलधारका मिडियाका ससाना गल्तीदेखि ठूला विचलनसम्मलाई निर्भयतापूर्वक

फरक फरक निकायमा एउटै व्यक्ति दाबेदारः विज्ञता कि पदको भोक ?

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको नेतृत्वका लागि आवेदन दिएका नामहरूको प्रारम्भिक लेखाजोखा सरकारले प्रेस काउन्सिल नेपाल, गोरखापत्र संस्थान

मोनेटाइजेसन मोहदेखि सीमामा विदेशी मिडियाको अवैध सक्रियतासम्म, पत्रकारितामा देखिएका ७ विकृति

प्रेस काउन्सिल नेपालले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका केही नकारात्मक प्रवृत्तिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिता