३० तस्बिरमा मुस्ताङको आध्यात्मिक यात्रा

३० तस्बिरमा मुस्ताङको आध्यात्मिक यात्रा

  • पौष २४, २०८१ बुधबार २२:३६

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा फोटोग्राफर किशोर कायस्थको "मुस्ताङ नोस्टाल्जिया: दुई दशकको यात्रा" प्रदर्शनी जारी छ । 

फोटोग्राफर किशोर कायस्थले मुस्ताङमा विगत दुई दशकमा खिचेका ३० वटा पानोरामिक तस्बिरहरू यस प्रदर्शनीमा समावेश गरिएको छ ।

फोटोका माध्यमबाट फोटोग्राफर किशोर कायस्थले मुस्ताङको मनमोहक भू-दृश्य, समृद्ध इतिहास र सांस्कृतिक रहस्यमयलाई जीवन्त राखेका छन् । उनले दुई दशकलाई आफ्नो आध्यात्मिक यात्रा भन्छन् ।

IMG_4222 - Copy.webp

२० वर्ष पहिला उनी मुस्ताङ पुगेका थिए । तर भौगोलिक प्रतिकूलताले उनलाई सजिलै मुस्ताङको मजा लिन दिएन । “मैले त्यहाँ शारीरीक रूपमा अशक्त धेरै विदेशीहरू देखे, एकजना दृष्टिविहीन विदेशी पर्यटक हुनुहुन्थ्यो । तपाईँ कसरी यहाँ सम्म आउनुभयो भनेर प्रश्न गर्दा उहाँले म पृथ्वीलाई स्मेल गर्न (सुँघ्न) सक्छु, मेरो आँखा नभएर के भयो त ? भन्नुभयो”, कायस्थ सम्झन्छन्, “मलाई त्यो कुराले धेरै छोयो । त्यसपछि मैले यो प्रोजेक्टको योजना बनाएको हुँ ।” 

IMG_4226.webp

उनका अनुसार फोटोग्राफी एउटा पेशा वा कला भन्दा बढी जीवन जिउने एउटा तरिका हो । यो फोटो प्रदर्शनी गर्न पाउनु आफ्नो लाइफको ह्याप्पी मोमेन्ट (जीवनकै सर्वाधिक हर्षको क्षण) भएको उनी बताउँछन् ।

IMG_4174.webp 

गहेन्द्र धिमाल फाउन्डेसनले अमेरिकी दूतावासको सहकार्यमा गरेको प्रदर्शनी माघ १ गते सम्म सञ्चालन हुनेछ ।

IMG_4250.webp

IMG_4209.webpIMG_4331.webp

IMG_4280.webpIMG_4267.webp

IMG_4247.webpIMG_4208.webp


Related Story

नेपाली क्यारिकेचर २०८० मा पत्रकारदेखि कलाकारसम्मका मुखाकृति

कार्टुनिस्ट क्लब नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जारी ‘नेपाली क्यारिकेचर २०८०’ सम्पन्न भएको छ । गत फागुन २७

'सार्वभौम वन' अर्थात् विकासका नाममा भइरहेको विनास विरुद्धको विद्रोह

गत मंसिर २३ गतेदेखि बबरमहलस्थित नेपाल कला परिषदमा भारतीय फिल्ममेकर तथा अभियन्ता अमर कन्वरको 'सार्वभौम वन' को प्रदर्शनी भइरहेको छ

१५ फोटोमा हेर्नुहोस्, कान्तिपुरमा सम्पादक 'हराएको' दुःखद खबर

सम्पादकले समाचार कक्षमा पत्रकारलाई काम लगाउँछ, मार्गनिर्देशन गर्छ, पठनीय समाचार लेख्न प्रेरित गर्छ । लुकेर बसेका विषयको खोजी गर्न सम्वाददाताहरूलाई

अन्तर्राष्ट्रिय फोटोग्राफीको अवार्ड जित्ने अछामको यो फोटो

सोनी वर्ल्ड फोटोग्राफी अवार्डसको यो वर्षको नेसनल अवार्ड घोषणा भएको छ। यो वर्ष प्रज्ज्वल भट्टराईले अछामको रामारोशनमा खिचेको यो फोटोले