'सार्वभौम वन' अर्थात् विकासका नाममा भइरहेको विनास विरुद्धको विद्रोह

'सार्वभौम वन' अर्थात् विकासका नाममा भइरहेको विनास विरुद्धको विद्रोह

  • पौष २२, २०८० आइतबार २३:४१

गत मंसिर २३ गतेदेखि बबरमहलस्थित नेपाल कला परिषदमा भारतीय फिल्ममेकर तथा अभियन्ता अमर कन्वरको 'सार्वभौम वन' को प्रदर्शनी भइरहेको छ । फोटो सर्कलले गरेको यो प्रदर्शनी आउँदो चैत १८ सम्म चल्ने छ । 

फिल्ममेकर कन्वरले सुधिर पट्टनाइक(समदृष्टि) र शेरना दस्तुरको सहकार्यमा रचना गरेको 'सार्वभौम वन' मा डकुमेन्ट्री, फोटो, विभिन्न प्रजातिका रैथाने बिउबिजन, लिखित दस्तावेज, चित्र लगायतका विभिन्न दस्तावेजहरूलाई  प्रस्तुत गरिएको  छ ।

के हो 'सार्वभौम वन'?

'सार्वभौम वन ' विकासका नाममा हुने विनास विरुद्धको विद्रोह हो । भारतको उडिशामा राज्यले विकासका नाममा कसरी त्यहाँका रैथाने जनजाति तथा किसानलाई जबर्जस्ती विस्थापन गरिरहेको छ भन्ने कथा यसमा छ । सार्वभौम वन अपराध, राजनीति, मानवअधिकार तथा पर्यावरणबारे उन्नत बुझाइको एक विचारोत्तेजक अन्वेषण हो ।  

सन् १९५० को दशकदेखि नै उडिशामा रैथाने जनजाति तथा किसानहरूलाई जबर्जस्ती विस्थापन गर्ने क्रुर जीवनचक्र अहिलेसम्म चलिरहेको छ ।

पछिल्ला २५ वर्षमा थुप्रै पर्वत श्रृंखला, वनजंगल तथा कृषियोग्य जमिन व्यावसायिक प्रयोजनका लागि खनिज उत्खनन् समूह तथा व्यापारिक प्रतिष्ठानहरूलाई दिइएको वा बेचिएको छ । 

फलस्वरुप, त्यहाँका थुप्रै वनजंगल, पर्वत श्रृंखला र कृषियोग्य जमिन व्यापारिक प्रतिष्ठानहरूले हडप्न सुरु गरे । यस्ता प्रतिष्ठानहरूलाई पोस्दै राज्यले उल्टो त्यहाँका आदिवासी स्थानीयहरूमाथि दमन गर्‍यो । 

राज्यले मात्रै दमन गरेन, राजनीतिक दलका नेताहरू, सरकारी अधिकारी, प्रहरी, प्रशासन तथा आपराधिक समूहको मिलेमतोमा उनीहरूलाई चरम यातना दिइयो ।

राज्यले सजिलै मानिसहरूको जमिन अधिग्रहण गर्न थाल्यो । बदनियतपूर्ण तरिकाले त्यसको प्रक्रिया सजिलो बनाइएको थियो ताकि बिना कुनै झन्झट मानिसहरूलाई लखेटेर व्यापारिक महत्त्वाकांक्षा पूरा गर्न सकियोस् । 

राजनीतिक दलहरू, सरकारी विभागहरू तथा न्यायालयभित्र भ्रष्टाचार विकराल बन्यो । किसान, माझीहरू र रैथाने आदिवासी समुदायहरूद्वारा स्थानीय प्रतिरोधको श्रृंखला सुरु भयो । 

'सार्वभौम वन' तिनै रैथाने जनजाति तथा किसान, वनजंगल, पर्वत श्रृंखला र कृषियोग्य जमिनहरूको संरक्षणको आह्वान हो । फिल्ममेकर कन्वरले सन् १९९९ देखिका दस्तावेजहरूलाई प्रदर्शनमा समेटेका छन् ।  

फोटोमा हेर्नुहोस् प्रदर्शन-

कन्वरले सार्वभौम वनमा एउटा रुखलाई प्रतिबिम्बित गर्दै विकासका नाममा हुने विनास र आदिवासीमाथि हुने दमनको विरोध गरेका छन् ।  

'सर्वभौम वन'का मुख्य पात्र निधान (रुख) हो । आफ्नाहरु लुटिएपछि (प्राकृतिक स्रोत र साधन दोहन) उनि यतिबेला न्यायको पर्खाईमा छन् । उनिसँग विधोसंकारि (व्यवसायिक प्रतिष्ठान)हरु विरुद्ध धेरै प्रमाणहरु छन् । तर न्यायधिस (राज्यसत्ता) मुकदर्शक बनेर बसेको छ। 

निधान आफ्नाहरुको न्ययको लागि दिनरात डटीरहेको छ । उनले अदालत झकझक्यायो, संविधान बनायो तर उनको लागि बोल्दिने कोही भएनन् । 

IMG_9366.JPG

न्याय चियाइरहेको निधान (रुख)। र, निधानलाई चियाइरहेका दर्शक, जो निधानको लडाईमा सारथि बन्दै छन् ।

The Sovereign Forest, Nepal art council, 2080-09-22 (10).jpg

निधानले आफ्नाहरूको न्यायका लागि लड्न बनाएको संविधान, जहाँ कोरिएका छन्, उनका अधिकारका गाथा ।

The Sovereign Forest, Nepal art council, 2080-09-22 (20).JPG

न्यायाधीशले अन्देखा गरेको दस्तावेज र लाचार संविधान ।

The Sovereign Forest, Nepal art council, 2080-09-22 (14).JPG

राज्यसत्ता र न्यायाधीशले अन्देखा गरेका दस्तावेजहरूमा विकासका कारण विस्थापितहरूका कथा लिपिबद्ध छन् ।

The Sovereign Forest, Nepal art council, 2080-09-22 (15).JPG

'सार्वभौम वन' पुँजीवादी विकास विरुद्धको लडाईँको दस्तावेजीकरण पनि हो ।

The Sovereign Forest, Nepal art council, 2080-09-22 (19).jpg

माटोको गन्धसँग रत्तिने किसानहरूलाई अराष्ट्रिय करार गर्न राज्यसत्ताले विकासका नाममा अनेक प्रमाणहरू तयार पारेको छ । 

The Sovereign Forest, Nepal art council, 2080-09-22 (18).JPG

निधानको दुखान्त अडियोमा पनि सुन्न सकिन्छ । 

The Sovereign Forest, Nepal art council, 2080-09-22 (16).jpg

निधानको व्यथा बुझेपछि प्रमाण नियालिहरेका दर्शक, जो निधानको राज्यसत्तासँग चिढिएका छन् ।

The Sovereign Forest, Nepal art council, 2080-09-22 (22).jpg

निधानको पक्षमा खटिएका पाइलाहरू ।

The Sovereign Forest, Nepal art council, 2080-09-22 (1).JPG

निधानलाई जोगाउनका लागि आफ्नो ज्यान जोखिममा पार्नेहरूको दस्तावेज नियाल्दै दर्शक ।

The Sovereign Forest, Nepal art council, 2080-09-22 (21).jpg

नथाकेका पाइलाहरू ।

The Sovereign Forest, Nepal art council, 2080-09-22 (24).jpg

अझैपनि निधानको पक्षमा खटिरहेका छन् रैथाने किसानहरू ।


Related Story

३० तस्बिरमा मुस्ताङको आध्यात्मिक यात्रा

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा फोटोग्राफर किशोर कायस्थको "मुस्ताङ नोस्टाल्जिया: दुई दशकको यात्रा" प्रदर्शनी जारी छ । फोटोग्राफर किशोर कायस्थले मुस्ताङमा

नेपाली क्यारिकेचर २०८० मा पत्रकारदेखि कलाकारसम्मका मुखाकृति

कार्टुनिस्ट क्लब नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जारी ‘नेपाली क्यारिकेचर २०८०’ सम्पन्न भएको छ । गत फागुन २७

१५ फोटोमा हेर्नुहोस्, कान्तिपुरमा सम्पादक 'हराएको' दुःखद खबर

सम्पादकले समाचार कक्षमा पत्रकारलाई काम लगाउँछ, मार्गनिर्देशन गर्छ, पठनीय समाचार लेख्न प्रेरित गर्छ । लुकेर बसेका विषयको खोजी गर्न सम्वाददाताहरूलाई

अन्तर्राष्ट्रिय फोटोग्राफीको अवार्ड जित्ने अछामको यो फोटो

सोनी वर्ल्ड फोटोग्राफी अवार्डसको यो वर्षको नेसनल अवार्ड घोषणा भएको छ। यो वर्ष प्रज्ज्वल भट्टराईले अछामको रामारोशनमा खिचेको यो फोटोले