अन्तर्राष्ट्रिय फोटोग्राफीको अवार्ड जित्ने अछामको यो फोटो

अन्तर्राष्ट्रिय फोटोग्राफीको अवार्ड जित्ने अछामको यो फोटो

Copyright: © Prajwal Bhattarai, Nepal, Winner, National Awards, 2021 Sony World Photography Awards
  • माघ २९, २०७७ बिहीबार २२:५४

सोनी वर्ल्ड फोटोग्राफी अवार्डसको यो वर्षको नेसनल अवार्ड घोषणा भएको छ। यो वर्ष प्रज्ज्वल भट्टराईले अछामको रामारोशनमा खिचेको यो फोटोले नेपालको तर्फबाट अवार्ड जित्यो।

सोनीको प्रायोजनमा वर्ल्ड फोटोग्राफी अवार्डस् हरेक वर्ष हुने गर्छ। यो अवार्डसमा प्रोफेसनल, ओपन, युथ र स्टुडेन्ट गरी मूलतः चार वटा विधामा प्रतियोगिता हुने गर्छ। तर विभिन्न देशका फोटोग्राफरहरुलाई प्राथमिकता दिनका लागि यी विधामा इन्ट्री गर्ने छुट्टाछुट्टै देशका लागि छुट्टाछुट्टै नेसनल अवार्ड पनि दिने गरिन्छ।

प्रज्ज्वलले यो फोटो अछामको रामारोशनमा भलिबल खेल्दै गर्दा खिचेका हुन्। भलिबल नेपालको राष्ट्रिय खेल हो। उच्च पहाडी भागमा पनि यो लोकप्रिय छ। यो फोटोमा ढुङ्गाको प्रवेश द्वारभित्र एउटा सार्वजनिक विद्यालयको चौर देखिन्छ। त्यहाँ छुट्टी भएपछि गाउँलेहरुले भलिबल खेल्दा रहेछन्। उनले यो फोटो खिच्दा त्यहाँ कुहिरो लागेको थियो। माइसन्सारमा पूरा पढ्नुहोस् 


Related Story

३० तस्बिरमा मुस्ताङको आध्यात्मिक यात्रा

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा फोटोग्राफर किशोर कायस्थको "मुस्ताङ नोस्टाल्जिया: दुई दशकको यात्रा" प्रदर्शनी जारी छ । फोटोग्राफर किशोर कायस्थले मुस्ताङमा

नेपाली क्यारिकेचर २०८० मा पत्रकारदेखि कलाकारसम्मका मुखाकृति

कार्टुनिस्ट क्लब नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जारी ‘नेपाली क्यारिकेचर २०८०’ सम्पन्न भएको छ । गत फागुन २७

'सार्वभौम वन' अर्थात् विकासका नाममा भइरहेको विनास विरुद्धको विद्रोह

गत मंसिर २३ गतेदेखि बबरमहलस्थित नेपाल कला परिषदमा भारतीय फिल्ममेकर तथा अभियन्ता अमर कन्वरको 'सार्वभौम वन' को प्रदर्शनी भइरहेको छ

१५ फोटोमा हेर्नुहोस्, कान्तिपुरमा सम्पादक 'हराएको' दुःखद खबर

सम्पादकले समाचार कक्षमा पत्रकारलाई काम लगाउँछ, मार्गनिर्देशन गर्छ, पठनीय समाचार लेख्न प्रेरित गर्छ । लुकेर बसेका विषयको खोजी गर्न सम्वाददाताहरूलाई