'सिधाकुरा'का प्रकाशक र सम्पादक थुनामुक्त

'सिधाकुरा'का प्रकाशक र सम्पादक थुनामुक्त

तस्बिर: सिधाकुराको भिडियोबाट लिइएको स्कृनसट
  • आश्विन २०, २०८१ आइतबार २१:४३

सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुङ्गाना एक सातापछि थुनामुक्त भएका छन् । अदालतको अवहेलना मुद्दामा केन्द्रीय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार थुनामुक्त भएका हुन् । 

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले अदालतको अवहेलना गरेको ठहर गर्दै गत असोज १३ गते आइतबार दुवै जनालाई तीन महिना जेल सजाय सुनाएको थियो । तर, उनीहरूले माफी मागेमा सात दिन मात्रै थुनामा राख्न आदेश दिइएको थियो । दुवै जनाले अदालत समक्ष माफी मागेपछि उनीहरु ७ औँ दिनमा थुनामुक्त भएका हुन् । 


🔗🔗 पत्रकारलाई जेल पठाउन सर्वोच्चले सोधेका ६ प्रश्न र आदेशका जवाफहरू


"सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै हामी गत १३ गते ९ बजेर ९ मिनेटमा कारागार छिरेका थियौँ," थुनामुक्त भएलगत्तै मिडियासँग ढुंगानाले भने, "आदेशप्रति हामीलाई कुनै गुनासो छैन । भित्र बसेर हामीलाई फाइल खोल्न थप सहज भएको छ । हामीले कारागारभित्र धेरै कुरा सिकेर फर्किएका छौँ ।  न्यायमूर्तिहरूप्रति सम्मान छ ।"

आफूहरुले पाएको अडियो प्रमाणित गर्न सक्ने कुनै फरेन्सिक नभएका कारण सो अडियो बहसका लागि सार्वजनिक गरिएको सम्पादक ढुङ्गानाको दाबी छ । जुन मुद्दामा छानबिन हुनुपर्ने हो त्यो छोडेर आफूहरूमाथि छानबिन गरिएको उनको आरोप छ । 

"एउटा अडियो हामी...सम्भवत: हामी मात्र होइन, नेपालको कुनै पनि मिडियासँग त्यसलाई प्रमाणित गर्न सक्ने वा फरेन्सिक गर्न सक्ने पूर्वाधार छैन । हामीले त्यसलाई पब्लिकमा सार्वजनिक गरेर सार्वजनिक बहस सिर्जना गर्ने हो," उनले थपे, "त्यसैका लागि हामीले त्यो अडियो सार्वजनिक गर्‍यौँ । प्रस्तुत विषयको स्वतन्त्र छानबिन होस् भन्ने हामीले चाहेका थियौँ । तर भैदियो के भने विषयमाथि होइन, हामीमाथि छानबिन भयो, हामीमाथि मुद्धा चल्यो । अर्को दुईवटा मुद्धा त हामीमाथि छँदै छ ।"


🔗🔗 मिडियाका सञ्चालक समेत मुछिएको भनिएको ‘स्टिङ अपरेसन’ पछिका तरङ्ग र बुझ्नैपर्ने १० कुरा


गत वैशाख १४ गते सिधाकुराले ‘EXCLUSIVE’ भन्दै शृङ्खलाबद्ध सामग्रीहरू प्रकाशन गरेपछि उक्त प्रकरण सर्वोच्चमा न्यायिक परीक्षणको विषय बनेको थियो । 'स्टिङ अपरेसन' मा आधारित भनेर प्रकाशित भई पछि हटाइएका ती श्रव्यदृश्य सामग्रीहरूमा सर्वोच्चका वरिष्ठतम् न्यायधीश, वरिष्ठ अधिवक्ता, मिडियाका सञ्चालकहरूलाई समेत मुछिएको थियो । 

उक्त कार्यले अदालतको न्याय सम्पादनमा गम्भीर असर परेको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधाकुराविरुद्ध अदालतको अवहेना मुद्दामा निवेदन दिएका थिए । 

सम्बन्धित सामग्रीहरूः

🔗🔗पत्रकारलाई जेल पठाउन सर्वोच्चले सोधेका ६ प्रश्न र आदेशका जवाफहरू

🔗🔗पत्रकारलाई जेल हाल्ने सर्वोच्चको फैसला संविधान विपरीतः पत्रकार महासंघ

🔗🔗'सिधाकुरा'का प्रकाशक र सम्पादकलाई तीन महिना कैद सजाय

🔗🔗विकृत पत्रकारिताको राम्रो उदाहरण

🔗🔗‘सिधाकुरा’ ले प्रसारण गरेको सनसनीपूर्ण अडियो 'फेक' पुष्टि

🔗🔗सिधाकुराका प्रकाशक र सम्पादकविरुद्ध अवहेलना मुद्दा

🔗🔗सर्वोच्चको सिधाकुरा- 'स्टिङ अपरेसन'को सामग्री हटाउनू [आदेशको पूर्णपाठ]

🔗🔗मिडियाका सञ्चालक समेत मुछिएको भनिएको ‘स्टिङ अपरेसन’ पछिका तरङ्ग र बुझ्नैपर्ने १० कुरा

 


Related Story

पत्रकारलाई जेल पठाउन सर्वोच्चले सोधेका ६ प्रश्न र आदेशका जवाफहरू

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले सिधाकुरा अनलाइनका प्रकाशक र सम्पादकसहित उनीहरूलाई बनावटी घटनाको नक्कली अडियो दिने 'स्रोत' लाई अदालतको अवहेलनामा

पत्रकारलाई जेल हाल्ने सर्वोच्चको फैसला संविधान विपरीतः पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई जेल पठाउने सर्वोच्च अदालतको फैसलाप्रति चिन्ता व्यक्त गरेको

'सिधाकुरा'का प्रकाशक र सम्पादकलाई तीन महिना कैद सजाय

सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक र सम्पादकलाई तीन महिना कैद सजाय सुनाएको छ । सर्वोच्चको ९ सदस्यीय पूर्ण इजलासले अदालतको

सिधाकुराका प्रकाशक र सम्पादकविरुद्ध अवहेलना मुद्दा

सिधाकुरा डट कमका प्रकाशक र सम्पादकविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता तथा उपरजिस्ट्रार