राष्ट्रिय साइबर सुरक्षा नीति तथा इन्टरनेट गेटवेसम्बन्धी विश्लेषणपत्र सार्वजनिक

राष्ट्रिय साइबर सुरक्षा नीति तथा इन्टरनेट गेटवेसम्बन्धी विश्लेषणपत्र सार्वजनिक

  • August 10, 2024 Saturday 19:42

डिजिटल राइट्स नेपालले नेपालको डिजिटल परिदृश्यमा देखिएका साइबर सुरक्षासम्बन्धी महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्ने दुई विश्लेषण पत्र सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको पहिलो प्रकाशन, "राष्ट्रिय साइबर सुरक्षा नीति सम्बन्धी विश्लेषण पत्र"मा राष्ट्रिय साइबर सुरक्षा नीति २०८० को विस्तृत विश्लेषण गर्दै उक्त नीतिले मानव अधिकारमा पार्ने सम्भावित प्रभावहरूको चर्चा गरिएको छ । दोस्रो प्रकाशन, "राष्ट्रिय इन्टरनेट गेटवे सम्बन्धी विश्लेषण पत्र"ले नेपालमा प्रस्तावित राष्ट्रिय इन्टरनेट गेटवे (NIG) को गहन विश्लेषण प्रस्तुत गर्छ ।

राष्ट्रिय साइबर सुरक्षा नीति सम्बन्धी विश्लेषण पत्रले उक्त नीतिमा निहित महत्त्वपूर्ण प्रावधानहरूको विश्लेषण गर्दै कतिपय नीतिगत व्यवस्थाले कसरी अनलाइन सामग्रीमा नियन्त्रण, विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सम्भावित दमन,  सेन्सरसीप तथा सेल्फसेन्सरसीपको सम्भावनालाई बढाउँछ, र पर्याप्त सुरक्षा उपायहरू बिनाको बढ्दो निगरानी एवम् डाटा सङ्कलनले कसरी नागरिकहरूको गोपनीयता अधिकारमा असर पर्न सक्छ भन्ने गम्भीर मुद्दाहरू उठाउँछ । 

राष्ट्रिय इन्टरनेट गेटवे सम्बन्धी विश्लेषण पत्रले प्रस्तावित केन्द्रीकृत राष्ट्रिय इन्टरनेट गेटवे (National Internet Gateway- NIG) ले इन्टरनेट स्वतन्त्रतालाई सीमित गर्न सक्ने, सरकारलाई डिजिटल सामग्री फिल्टर गर्न र नियन्त्रण गर्न अनुमति दिने, सूचना माथिको विश्वव्यापी पहुँचलाई सीमित गर्ने, र इन्टरनेटको सम्भावित खण्डीकरण लगायतका विषयहरू उल्लेख छन् । पत्रका अनुसार राष्ट्रिय इन्टरनेट गेटवेमार्फत गरिने इन्टरनेट नियन्त्रणको विकेन्द्रीकरण इन्टरनेट सञ्चारमाथिको व्यापक निगरानीलाई समेत सहज बनाउनेछ, परिणामस्वरूप नेपालका प्रयोगकर्ताहरूको गोपनीयता र सुरक्षा सङ्कटमा पर्न सक्छ । 

डिजिटल राइट्स नेपालले इन्टरनेट गभर्नेंस इन्स्टिच्युट (IGI), इन्टरनेशनल सेन्टर फर नट-फर-प्रफिट ल (ICNL), र इन्टरनेट सोसाइटी (ISOC) सँगको सहकार्यमा तयार गरेका यी प्रकाशनहरू नेपाल सरकारद्वारा प्रस्ताव गरिएका नीतिहरूले नेपालको डिजिटल अधिकार र इन्टरनेट गवर्नेन्स वातावरणमा पार्ने सम्भावित प्रभावहरू बुझ्नका लागि महत्त्वपूर्ण स्रोत हुने डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक अधिवक्ता सन्तोष सिग्देलले बताए । 


Related Story

Political Dissent in Nepal: Arrests for Social Media Posts Raise Censorship Concerns

Man Bahadur Karki (29) stands barefoot inside the iron bars of the Metropolitan Police Circle, Durbarmarg. The ground floor of the

टिकटक प्रतिबन्धको प्रभावः नेपाल पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा

नेपाल पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा परेको छ । डिजिटल अधिकारको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था एक्सेस नाउ ले

बालबालिकामा इन्टरनेटको लत

सञ्जु अधिकारी- समयसंगै इन्टरनेटमा व्यक्तिको पहुँच र यसको प्रयोग गर्ने शैलीमा व्यापक परिवर्तन आएको छ। प्रविधिले फड्को मारेसँगै यसको प्रयोगले समाजका

Browser Cookies Make People More Cautious Online, study finds

Elizabeth Stoycheff from the Conversation - Website cookies are online surveillance tools, and the commercial and government entities that use them

Marketing In New Media

Aashish Mishra-  Nepal is witnessing a media shift. Radio, once the primary source of news and information for the majority of

इन्टरनेट गतिमा भैरहेको ठगी रोक

कान्तिपुर सम्पादकीय-  इन्टरनेट प्रयोगकर्ताहरूको संख्या जति बढ्दो छ, यसका सेवाप्रदायकहरू पनि त्यही रूपमा थपिइरहेका छन् । उनीहरूका बीचमा तीव्र प्रतिस्पर्धा त छ,

तपाईं विज्ञापन हेर्दै हुनुहुन्छ, विज्ञापनले तपाईंलाई हेर्दैछ

मिस्टर जुकरबर्ग ! हिजो राति तपाईं कुन होटलमा बस्नुभएको थियो, हामीलाई भन्न सक्नुहुन्छ ?' 'अऽऽऽऽऽऽ (हिच्किचाउँदै)– भन्न सक्दिनँ ।' 'तपाईंले यो साता क–कसलाई

‘मिम’को समाजशास्त्र

सुवास चापागाईं- मिम एउटा विशाल र जटिल अवधारणा हो, जसको नेपाली मिडिया तथा बौद्धिक वृत्तमा खासै चर्चा भएको पाइँदैन दुई दशकयता इन्टरनेटको