टिकटक प्रतिबन्धको प्रभावः नेपाल पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा

टिकटक प्रतिबन्धको प्रभावः नेपाल पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा

  • May 22, 2024 Wednesday 23:14

नेपाल पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा परेको छ । डिजिटल अधिकारको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था ‘एक्सेस नाउ’ ले इन्टरनेट प्रतिबन्धविरुद्धको अभियान ‘किप इट अन’को सहकार्यमा प्रकाशित प्रतिवेदन ‘इन्टरनेट सटडाउन इन २०२३- स्रिङ्किङ डेमोक्रेसी, ग्रोइङ भायोलेन्स’मा नेपाललाई पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा राखिएको हो।

 

प्रतिवेदन अनुसार सबैभन्दा धेरै इन्टरनेट सटडाउन हुने देशको सूचिमा भारत लगातार छैठौं पटक पहिलो स्थानमा रहेको छ । त्यस्तै सन् २०२३ मा नेपालसहित मोजाम्बिक, केन्या र सुरिनाममा पहिलो पटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा समावेश भएका हुन् । भारतमा २०२३ मा ११६ पटक इन्टरनेट सटडाउन भएको प्रतिवेदनमा उल्लेख छ ।

२०२२ को तुलनामा २०२३ मा ४१ प्रतिशतले वृद्धि

सन् २०२२ को तुलनामा सन् २०२३ मा इन्टरनेट सटडाउनको घटना ४१ प्रतिशतले वृद्धि भएको छ । 'एक्सेस नाउ'ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ मा ३९ देशहरूमा २८३ वटा इन्टरनेट सटडाउनका घटना भएका थिए । सन् २०२२ मा ४० देशमा २०१ वटा इन्टरनेट सटडाउनका घटना भएका थिए ।

सन् २०२३ मा हिंसात्मक घटनाहरूका कारण ९ देशमा ७४ पटक इन्टरनेट सटडाउन भएको थियो । त्यस्तै, विरोध प्रदर्शनहरूका कारण १५ देशमा ६३ पटक, परीक्षाका कारण ६ देशमा १२ पटक र निर्वाचनका कारण ५ देशमा ५ पटक र प्राकृतिक विपद्का कारण ४ देशमा ४ पटक इन्टरनेट सटडाउन भएको प्रतिवेदनमा उल्लेख छ । 

नेपाल सूचिमा पर्नुको कारण टिकटकमा प्रतिबन्ध

नेपाल इन्टरनेट सटडाउन हुने देशको सूचिमा पहिलो पटक पर्नुको कारण भिडियो प्लेटफर्म टिकटकमा लगाइएको प्रतिबन्ध हो । सामाजिक सद्भावमा खलल पुगेको भन्दै २०८० कात्तिक २७ गते सरकारले टिकटक बन्द गर्ने घोषणा गरेको थियो।

'सेनेगलदेखि इथियोपिया, नेपालदेखि भारत, इजरायलदेखि रुसका सरकारहरू निरन्तर रूपमा इन्टरनेट र संवेदनशील डिजिटल सञ्चार प्लेटफर्महरू बन्द गर्न लागिपरेका छन्', एक्सेस नाउको प्रतिवेदनमा भनिएको छ- ‘अभिव्यक्ति कुण्ठित गर्ने, महत्त्वपूर्ण सूचनामा पहुँच रोक्ने र मानवताविरुद्ध जघन्य अपराध ढाकछोप गर्ने र मानिसहरूको आधारभूत आवश्यक्ता पुरा गर्न अवरोध सिर्जना गर्ने गरेको छ।'

एक्सेस नाउले प्रतिवेदनमा नेपालमा टिकटक प्रतिबन्ध गरेको र सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएर सबै सामाजिक सञ्जाललाई कडाई गर्न लागेको टाइम मा नोभेम्बर १३, २०२३ मा प्रकाशित समाचारलाई रिफरेन्स लिएको छ ।

इन्टरनेट सटडाउन गर्नुको कारण फरक

इन्टरनेट सटडाउन गर्ने देशहरूले सटडाउन गर्नुको अपर्याप्त वा खराब कारणहरू दिने गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय सुरक्षा, सार्वजनिक सुरक्षा, गलत सूचना र घृणायुक्त अभिव्यक्तिको प्रसार रोक्न इन्टरनेट सटडाउन गर्ने गरेको दाबी सरोकारवालाले गरेपनि वास्तविक कारण चाहिँ अरूलाई दमन गर्न, मौन राख्न र नियन्त्रणको प्रयास गर्न इन्टरनेट वा कुनैपनि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने गरिएको प्रतिवेदनको निष्कर्ष छ । 

‘इन्टरनेट सटडाउन भएकोले धेरै ठाउँमा धेरै मानिसहरूलाई प्रभाव पारेको देख्यौं, यी बन्दहरूले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा मानवअधिकारको स्पष्ट उल्लङ्घन गरेको तथ्यको बावजुद, सरकारले जनता र समुदायलाई हानी पुर्‍याउने र जीवनलाई जोखिममा पार्ने आफ्नै राजनीतिक स्वार्थलाई अगाडि बढाउन जानाजानी सटडाउन गर्न लगाएका हुन्’- प्रतिवेदनमा भनिएको छ।

फेसबुक सबैभन्दा बढी प्रतिबन्धित सामाजिक सञ्जाल

सन् २०२३ मा धेरै देशहरूले विभिन्न सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएका थिए । सबैभन्दा बढी फेसबुकमा प्रतिबन्ध लगाइएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

फेसबुकलाई ११ वटा देशहरूले २३ पटक प्रतिबन्ध लगाए । त्यस्तै ह्वाट्सएपलाई ९ देशले १९ पटक, एक्सलाई १० वटा देशले २१ पटक, इन्स्टाग्रामलाई १० वटा देशले १२ पटक, युट्युबलाई ७ वटा देशले १७ पटक, स्काइपलाई २ वटा देशले १० पटक, टिकटकलाई ६ वटा देशले ६ पटक, ग्रीन्डर (Grindr) लाई १२ वटा देशले १२ पटक, सिगनललाई ३ वटा देशले ३ पटक, क्लबहाउसलाई ३ वटा देशले ३ पटक प्रतिबन्ध लगाएका थिए ।


Related Story

Political Dissent in Nepal: Arrests for Social Media Posts Raise Censorship Concerns

Man Bahadur Karki (29) stands barefoot inside the iron bars of the Metropolitan Police Circle, Durbarmarg. The ground floor of the

राष्ट्रिय साइबर सुरक्षा नीति तथा इन्टरनेट गेटवेसम्बन्धी विश्लेषणपत्र सार्वजनिक

डिजिटल राइट्स नेपालले नेपालको डिजिटल परिदृश्यमा देखिएका साइबर सुरक्षासम्बन्धी महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्ने दुई विश्लेषण पत्र सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको पहिलो

बालबालिकामा इन्टरनेटको लत

सञ्जु अधिकारी- समयसंगै इन्टरनेटमा व्यक्तिको पहुँच र यसको प्रयोग गर्ने शैलीमा व्यापक परिवर्तन आएको छ। प्रविधिले फड्को मारेसँगै यसको प्रयोगले समाजका

Browser Cookies Make People More Cautious Online, study finds

Elizabeth Stoycheff from the Conversation - Website cookies are online surveillance tools, and the commercial and government entities that use them

Marketing In New Media

Aashish Mishra-  Nepal is witnessing a media shift. Radio, once the primary source of news and information for the majority of

इन्टरनेट गतिमा भैरहेको ठगी रोक

कान्तिपुर सम्पादकीय-  इन्टरनेट प्रयोगकर्ताहरूको संख्या जति बढ्दो छ, यसका सेवाप्रदायकहरू पनि त्यही रूपमा थपिइरहेका छन् । उनीहरूका बीचमा तीव्र प्रतिस्पर्धा त छ,

तपाईं विज्ञापन हेर्दै हुनुहुन्छ, विज्ञापनले तपाईंलाई हेर्दैछ

मिस्टर जुकरबर्ग ! हिजो राति तपाईं कुन होटलमा बस्नुभएको थियो, हामीलाई भन्न सक्नुहुन्छ ?' 'अऽऽऽऽऽऽ (हिच्किचाउँदै)– भन्न सक्दिनँ ।' 'तपाईंले यो साता क–कसलाई

‘मिम’को समाजशास्त्र

सुवास चापागाईं- मिम एउटा विशाल र जटिल अवधारणा हो, जसको नेपाली मिडिया तथा बौद्धिक वृत्तमा खासै चर्चा भएको पाइँदैन दुई दशकयता इन्टरनेटको