'इट्स माई शो' को विवादित अंश 'गसिप' मात्रै भएको कान्तिपुर टिभीको तर्क

'इट्स माई शो' को विवादित अंश 'गसिप' मात्रै भएको कान्तिपुर टिभीको तर्क

  • आषाढ १८, २०८१ सोमबार २०:१९

कान्तिपुर टेलिभिजनले 'इट्स माई शो' कार्यक्रमको विवादबारे प्रेस काउन्सिल नेपाललाई जवाफ लेख्दै सार्वजनिक रंगमञ्चका चर्चाका विषयलाई गसिपका रुपमा उठाइएको तर्क गरेको छ ।

प्रेस काउन्सिल नेपालले असार १४ गते शुक्रबार काटेको २४ घण्टे पूर्जीको जवाफ दिँदै कान्तिपुर टिभीले कार्यक्रम मनोरञ्जनात्मक भएको र सार्वजनिक रङ्गमञ्चका विषयलाई गसिपका रुपमा उठाइएको लेखेको हो ।

यद्यपि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रयास गर्ने पत्रमा उल्लेख छ । 


>>> त्यो ‘ह्वाट्स द फ्लप’, यो ‘इट्स माई शो’ !


काउन्सिलले पत्रमा सोधेको थियो- कसैलाई अनुचित हानी पुर्‍याउने, अवहेलना, मानमर्दन हुने प्रकृतिको जवाफको अपेक्षा गर्दै कार्यक्रमको प्रारूप तयार गर्ने र त्यस उपर व्यक्त भएका जवाफ विना सम्पादन के कसरी सम्प्रेषण हुन गएको हो र यसले समाजमा कस्तो असर पर्छ भन्ने कुराको जिम्मेवारी सञ्चार माध्यमले लिनुपर्छ कि पर्दैन ? 

कान्तिपुर टिभीका मानव संशाधन विभाग प्रमुख पुष्पराज गिरीले पठाएको जवाफमा काउन्सिलले उठाएका विषयमा जिम्मेवार संचार माध्यमका रुपमा कान्तिपुर अत्यन्तै संवेदनशिल र गम्भीर रहेको दाबी गरिएको छ ।

"प्रस्तुत कार्यक्रम कुनै पनि व्यक्तिको व्यक्तिगत जीवन तथा गोपनीयता विपरीत सार्वजनिकरुपमा चरित्रहत्या, मानमर्दन हुने किसिमले प्रस्तुत गर्ने गलत र दुराशय भावनाबाट उत्पादन तथा प्रशारण गरिएको होइन", गिरीले लेखेको जवाफमा उल्लेख छ, "प्रस्तुत कार्यक्रममा उपस्थित पाहुनाहरु नेपाली चलचित्र क्षेत्रमा Public Figure (सार्वजनिक व्यक्तित्व) तथा सार्वजनिक जीवनमा परिचित र क्रियाशील व्यक्तित्वहरु हुनुहुन्छ । त्यसकारण उक्त कार्यक्रममा त्यस प्रकारका विषयवस्तुहरु समावेश भएका हुन् तथापि उक्त प्रशारित कार्यक्रमका केही अंशलाई मात्र लिएर कोही व्याख्या गरिरहनु उचित होइन ।" 

कार्यक्रमको ढाँचा अनुसार यस प्रकारको कार्यक्रम मनोरञ्जनात्मक भएको र सार्वजनिक रंगमञ्चमा उठेका चर्चाका विषयहरूलाई गसिपको रुपमा उठाइएको तर्क जवाफमा गरिएको छ ।

भविष्यमा यस प्रकारका विषयवस्तुहरू उत्पादन तथा प्रसारण गर्दा थप सचेत र गम्भीर भई कार्यक्रम उत्पादन तथा प्रसारण गर्नका लागि सम्बन्धित कार्यक्रम निर्माता, कार्यक्रम सञ्चालक लगायत सम्पूर्ण उत्पादन टिमलाई जानकारी तथा निर्देशन गरिएको जवाफमा लेखिएको छ ।

आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन हरसम्भव प्रयासरत रहेको पनि जवाफमा उल्लेख छ । 

परिवर्तनपछिको पहिलो शो नै विवादमा

swastima-oshin-smragee.jpg

‘मिडिया पर्सनालिटी’ का रुपमा चिनिएकी ओसिन सिटौलाले आफू प्रस्तोता भएपछिको कार्यक्रमको पहिलो एपिसोडमा अभिनेत्रीहरू स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बोलाएकी थिइन् । 

ओसिन प्रस्तोताका रुपमा आउनुअघि यो कार्यक्रम सुरजसिंह ठकुरीले सञ्चालन गर्थे । सुरज ‘इट्स माई शो’ सुरु भएदेखि नै कार्यक्रमका प्रस्तोता थिए । 

ओसिनले होस्ट गरेको ‘इट्स माई शो’ मा र्‍यापिड फायर र बजर राउण्ड सेग्मेन्ट राखिएको थियो । दुबै राउण्डमा सोधिएका प्रश्नहरूले विवाद निम्त्याए । 

र्‍यापिड फायर राउण्डमा सोधिएका प्रश्नहरूमध्ये कुनैको जवाफ दिन नसकेमा कार्यक्रमका अतिथिले आफ्नो शरीरमा लगाएका सामग्रीमध्ये एउटा केही फुकाल्नु पर्ने उदेकखालको नियम राखिएको थियो । 

त्यस्तै बजर राउण्डमा होस्टले अरू कलाकारहरूको वैयक्तिक विषयमा प्रश्नहरू सोधेकी थिइन् भने अतिथिहरूले पनि सहजै जवाफ दिएका थिए ।  

टेलिभिजन कार्यक्रममा वैयक्तिक विषयमा कुरा गरिएको भन्दै कलाकार, अभियन्ताहरू र सर्वसाधारणहरूले सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् । पढ्नुस्ः त्यो ‘ह्वाट्स द फ्लप’, यो ‘इट्स माई शो’ !


Related Story

सञ्चार सामग्री जफत गर्नु संविधानको ठाडो उल्लंघन : पत्रकार महासंघ

जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको

किशोर श्रेष्ठ पक्राउ प्रकरणमा महिला आयोग अध्यक्षको आफ्नै पीडा र गम्भीर खुलासा

'पटक पटक प्रेस काउन्सिल जाँदा पनि न्याय पाइनँ' जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननको मुद्दामा पक्राउ गरेपछि

किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिल नेपालः ‘कार्यालयमा प्रहरी छापा’ को विरोध गर्दै पत्रकारलाई पनि जिम्मेवार बन्न आग्रह

प्रेस काउन्सिलले किशोर श्रेष्ठ पक्राउ र उनको सञ्चार गृहमा छापा मारिएको शैलीप्रति आपत्ति जनाउँदै पत्रकारहरूलाई स्वतन्त्रताको नाममा स्वच्छन्द नहुन आग्रह

किशोर श्रेष्ठ पक्राउ प्रकरणः के भन्छ प्रेस काउन्सिल ऐन र आचारसंहिताको ‘विधि’?

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरेपछि सञ्चार जगत् र कानुनी वृत्तमा एउटा बहस सुरु

किशोर श्रेष्ठ पक्राउ अघिका दुई मुख्य घटना

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनको निवासबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक

मिडियाका कटु आलोचक उमेश श्रेष्ठ प्रेस काउन्सिलको नेतृत्त्वमा

नेपाली पत्रकारितामा उमेश श्रेष्ठ 'सालोक्य' एउटा यस्तो नाम हो, जसले गएका दुई दशकदेखि मूलधारका मिडियाका ससाना गल्तीदेखि ठूला विचलनसम्मलाई निर्भयतापूर्वक

फरक फरक निकायमा एउटै व्यक्ति दाबेदारः विज्ञता कि पदको भोक ?

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको नेतृत्वका लागि आवेदन दिएका नामहरूको प्रारम्भिक लेखाजोखा सरकारले प्रेस काउन्सिल नेपाल, गोरखापत्र संस्थान

मोनेटाइजेसन मोहदेखि सीमामा विदेशी मिडियाको अवैध सक्रियतासम्म, पत्रकारितामा देखिएका ७ विकृति

प्रेस काउन्सिल नेपालले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका केही नकारात्मक प्रवृत्तिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिता