प्रेस स्वतन्त्रतालाई कुनै पनि निकायको आदेशले सीमित गर्न हुँदैनः महासंघ

प्रेस स्वतन्त्रतालाई कुनै पनि निकायको आदेशले सीमित गर्न हुँदैनः महासंघ

काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय ।
  • बैशाख १८, २०८१ मंगलबार २०:३५

नेपालको संवैधानिक व्यवस्थाका आधारमा प्रेस स्वतन्त्रतालाई कुनै पनि निकायको आदेशले सीमित गर्न नहुने नेपाल पत्रकार महासंघले भनेको छ ।

नेपालको प्रेस तथा सम्पादकीय स्वतन्त्रताको फराकिलो परिधिलाई कुनै पनि निकायको आदेश तथा निर्देशनले सीमित गर्न नसक्ने र गर्न पनि नहुने ठम्याई महासंघको रहेको छ ।

सिधाकुरा डट कमले 'द डार्क फाइल' शृंखलाअन्तर्गत प्रकाशन गरेका समाचार सामग्री २४ घण्टाभित्र हटाउन सर्वोच्च अदालतले दिएको आदेशप्रति महासंघले चासो व्यक्त गरेको छ ।  

सर्वोच्च अदालतले सिधाकुरा डट कममा श्रृंखलाबद्ध रुपमा प्रकाशित सन्सनीखोज समाचार सामग्रीहरू २४ घण्टाभित्र हटाउन सोमबार आदेश दिएको थियो । न्यायाधीशहरू नहकुल सुवेदी र टंकप्रसाद ढुंगानाको संयुक्त इजालसले मुद्दाको अन्तिम किनारा नलागेसम्म उत्पादन, प्रसारण, पुनः प्रसार लगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्न भनेको छ ।

सर्वोच्चको आदेशपछि सिधाकुरा डट कमले 'डार्क फाइल' शृंखलाअन्तर्गत प्रकाशन गरेका सामग्रीहरू हटाएको छ ।

यसबारे विस्तृत पढ्नुहोस्ः मिडियाका सञ्चालक समेत मुछिएको भनिएको ‘स्टिङ अपरेसन’ पछिका तरङ्ग र बुझ्नैपर्ने १० कुरा

महासंघले मंगलबार विज्ञप्ति सार्वजनिक गरेर सर्वोच्च अदालतको आदेशमा उल्लेख भएको ‘यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनः प्रसारणलगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नु/नगराउनु’ भन्ने विषय र छानबिन बिना सामग्री हटाउने आदेश संविधानको भावनासँग बाझिएको निश्कर्ष निकालेको छ ।

‘सञ्चार सामग्रीसँग चित्त नबुझे न्यायिक निरुपणको बाटो रोज्ने अधिकार जोकोही नागरिकलाई हुने र त्यसका आआफ्नै विधि र अभ्यास छन्, महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जारी प्रचलित विधि र अभ्यासलाई बेवास्ता गरेर सञ्चार सामग्री प्रवाह गरेकै विषयलाई फौजदारी कानुन आकर्षित गरी त्यस आधारमा मनाशाय जोकोहीबाट पनि प्रकट हुनु सर्वथा गलत हो । यसले प्रेस स्वतन्त्रतामाथि निरन्तर हमला गर्ने गम्भीर खतरा निम्त्याउन सक्ने तर्फ हामी सचेत हुन जरुरी छ’ ।

सञ्चारमाध्यममा प्रकाशित/प्रशारित सामग्रीको नियमनको दायित्व प्रेस काउन्सिलको भएको भन्दै काउन्सिलले जस्तोसुकै अवस्थामा पनि आफ्नो दायित्व गम्भिरतापूर्वक निर्वाह गर्नुपर्ने महासंघले भनेको छ ।

‘सिधा कुरा डटकममा प्रकाशित सामग्रीको विषयमा सम्मानित सर्वोच्च अदालतमा प्रवेश गरिसकेको भएता पनि नेपालको संविधानको मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यास तथा सम्पादकीय स्वतन्त्रताको प्रवद्र्धनमा कुनै पनि आँच नआउने गरी निरुपण हुनुपर्ने कुरामा पत्रकार महासंघ दृढ छ’,- महासंघको विज्ञप्तिमा भनिएको छ ।

महासंघले सिधा कुरा डटकमलाई पत्रकार आचारसंहिताताको पुर्ण पालना गर्न आग्रह गरेको छ ।

पढ्नुस्ः सर्वोच्चको सिधाकुरा- 'स्टिङ अपरेसन'को सामग्री हटाउनू [आदेशको पूर्णपाठ]

440589672_748815924081037_3673495803363389116_n.jpg


Related Story

सञ्चार सामग्री जफत गर्नु संविधानको ठाडो उल्लंघन : पत्रकार महासंघ

जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको

किशोर श्रेष्ठ पक्राउ प्रकरणमा महिला आयोग अध्यक्षको आफ्नै पीडा र गम्भीर खुलासा

'पटक पटक प्रेस काउन्सिल जाँदा पनि न्याय पाइनँ' जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननको मुद्दामा पक्राउ गरेपछि

किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिल नेपालः ‘कार्यालयमा प्रहरी छापा’ को विरोध गर्दै पत्रकारलाई पनि जिम्मेवार बन्न आग्रह

प्रेस काउन्सिलले किशोर श्रेष्ठ पक्राउ र उनको सञ्चार गृहमा छापा मारिएको शैलीप्रति आपत्ति जनाउँदै पत्रकारहरूलाई स्वतन्त्रताको नाममा स्वच्छन्द नहुन आग्रह

किशोर श्रेष्ठ पक्राउ प्रकरणः के भन्छ प्रेस काउन्सिल ऐन र आचारसंहिताको ‘विधि’?

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरेपछि सञ्चार जगत् र कानुनी वृत्तमा एउटा बहस सुरु

किशोर श्रेष्ठ पक्राउ अघिका दुई मुख्य घटना

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनको निवासबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक

मिडियाका कटु आलोचक उमेश श्रेष्ठ प्रेस काउन्सिलको नेतृत्त्वमा

नेपाली पत्रकारितामा उमेश श्रेष्ठ 'सालोक्य' एउटा यस्तो नाम हो, जसले गएका दुई दशकदेखि मूलधारका मिडियाका ससाना गल्तीदेखि ठूला विचलनसम्मलाई निर्भयतापूर्वक

फरक फरक निकायमा एउटै व्यक्ति दाबेदारः विज्ञता कि पदको भोक ?

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको नेतृत्वका लागि आवेदन दिएका नामहरूको प्रारम्भिक लेखाजोखा सरकारले प्रेस काउन्सिल नेपाल, गोरखापत्र संस्थान

मोनेटाइजेसन मोहदेखि सीमामा विदेशी मिडियाको अवैध सक्रियतासम्म, पत्रकारितामा देखिएका ७ विकृति

प्रेस काउन्सिल नेपालले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका केही नकारात्मक प्रवृत्तिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिता