सर्वोच्चको आदेशलगत्तै 'सिधाकुरा'ले हटायो सनसनीपूर्ण भिडियो

सर्वोच्चको आदेशलगत्तै 'सिधाकुरा'ले हटायो सनसनीपूर्ण भिडियो

  • बैशाख १८, २०८१ मंगलबार ००:४१

सिधाकुरा डट कमले 'डार्क फाइल' शृंखलाअन्तर्गत प्रकाशन गरेका सामग्रीहरू हटाएको छ । सोमबार सर्वोच्च आदालतको आदेशलगत्तै उक्त अनलाइनले वेबसाइट तथा युट्युबमा प्रकाशित सामग्रीहरू हटाएको हो । 

सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ‘द डार्क फाइल’ श्रृङ्खलाका समाचार सामग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको हो । उक्त विषयसँग सम्बन्धित अन्य कार्यक्रम र समाचार उत्पादन, प्रसारण र पुनः प्रसारण लगायत कुनै कार्य नगर्न पनि आदेशमा भनिएको छ । 

सिधाकुराले समाचार हटाएको जानकारी दिँदै भनेको छ- 'सिधाकुरामा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको सम्बन्धमा प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो श्रृङ्खलाका प्रकाशित सामग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको छ ।'

गत शुक्रबार 'EXCLUSIVE: ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टिङ अपरेसन’, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए' शीर्षकमा 'सिधाकुरा'ले सामग्रीहरू सार्वजनिक गरेको थियो ।

त्यसको भोलिपल्ट श्रृङ्खलाबद्ध रुपमा 'Part-2' र 'Part-3' भन्दै श्रृङ्खलावद्ध रुपमा सो सामग्री प्रकाशन/प्रसारण गर्दै आएका थिए । 

गत शुक्रबार ती सामग्रीहरू हटाउन प्रेस काउन्सिल नेपालले दिएको निर्देशन भने सिधाकुराले अस्वीकार गरेको थियो । 


यसबारे विस्तृत पढ्नुहोस्ः मिडियाका सञ्चालक समेत मुछिएको भनिएको ‘स्टिङ अपरेसन’ पछिका तरङ्ग र बुझ्नैपर्ने १० कुरा


सो सामग्री भ्रामक भएको र अदालतको अवहेलना भएको भन्दै आइतबार सिधाकुरा डट कमका प्रकाशक युवराज कडेँल र सम्पादक नवीन ढुंगानाविरुद्ध मुद्दा दर्ता भएको थियो । सर्वोच्च अदालतका सहायक प्रवक्ता तथा उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन निवेदनमार्फत् आइतबार अवहेलना मुद्दा दर्ता गरेका थिए । 

सोही मुद्दा माथि सुनुवाई गर्दै सोमबार अदालतले समाचार हटाउने आदेश दिएको हो । आदेशमा सिधाकुराले उठान गरेको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लङ्घन गरिएको देखिएमा कानुनबमोजिम कारबाही अघि बढाउन र सो को प्रतिवेदन १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गर्नु भनी प्रहरी महानिरिक्षकलाई लेखी पठाउन पनि भनिएको छ  । पढ्नुस्ः सर्वोच्चको सिधाकुरा- 'स्टिङ अपरेसन'को सामग्री हटाउनू [आदेशको पूर्णपाठ]


Related Story

सञ्चार सामग्री जफत गर्नु संविधानको ठाडो उल्लंघन : पत्रकार महासंघ

जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको

किशोर श्रेष्ठ पक्राउ प्रकरणमा महिला आयोग अध्यक्षको आफ्नै पीडा र गम्भीर खुलासा

'पटक पटक प्रेस काउन्सिल जाँदा पनि न्याय पाइनँ' जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननको मुद्दामा पक्राउ गरेपछि

किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिल नेपालः ‘कार्यालयमा प्रहरी छापा’ को विरोध गर्दै पत्रकारलाई पनि जिम्मेवार बन्न आग्रह

प्रेस काउन्सिलले किशोर श्रेष्ठ पक्राउ र उनको सञ्चार गृहमा छापा मारिएको शैलीप्रति आपत्ति जनाउँदै पत्रकारहरूलाई स्वतन्त्रताको नाममा स्वच्छन्द नहुन आग्रह

किशोर श्रेष्ठ पक्राउ प्रकरणः के भन्छ प्रेस काउन्सिल ऐन र आचारसंहिताको ‘विधि’?

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरेपछि सञ्चार जगत् र कानुनी वृत्तमा एउटा बहस सुरु

किशोर श्रेष्ठ पक्राउ अघिका दुई मुख्य घटना

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनको निवासबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक

मिडियाका कटु आलोचक उमेश श्रेष्ठ प्रेस काउन्सिलको नेतृत्त्वमा

नेपाली पत्रकारितामा उमेश श्रेष्ठ 'सालोक्य' एउटा यस्तो नाम हो, जसले गएका दुई दशकदेखि मूलधारका मिडियाका ससाना गल्तीदेखि ठूला विचलनसम्मलाई निर्भयतापूर्वक

फरक फरक निकायमा एउटै व्यक्ति दाबेदारः विज्ञता कि पदको भोक ?

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको नेतृत्वका लागि आवेदन दिएका नामहरूको प्रारम्भिक लेखाजोखा सरकारले प्रेस काउन्सिल नेपाल, गोरखापत्र संस्थान

मोनेटाइजेसन मोहदेखि सीमामा विदेशी मिडियाको अवैध सक्रियतासम्म, पत्रकारितामा देखिएका ७ विकृति

प्रेस काउन्सिल नेपालले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका केही नकारात्मक प्रवृत्तिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिता