राजनीति, पत्रकारिता र चुनाव

राजनीति, पत्रकारिता र चुनाव

  • आश्विन १४, २०७९ शुक्रबार १८:१९

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन


किशोर नेपाल-

यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’ गर्दागर्दै सक्रिय राजनीतिमा लागेका र लाग्न चाहने पत्रकारको कुनै कमी छैन । तीमध्ये अहिले यो पंक्तिकारको स्मृतिमा रहेको एउटा नाउँ हो रत्नाकर भारती, बिबिसी लन्डनमा हिन्दी भाषाका कार्यक्रम प्रस्तोता । लोकतान्त्रिक समाजवादी राजनीतिसँग निकट सम्बन्ध राख्थे रत्नाकर भारती । उनी हाम्रो युवावस्थाका प्रसिद्ध पत्रकार थिए र बिबिसी लन्डनमा हिन्दी भाषाको सामयिक राजनीतिक कार्यक्रम ‘आजतक’ चलाउँथे । बिबिसी लन्डनबाट प्रसारित हुने त्यस कार्यक्रमले नेपालमा पनि धूम मच्चाएको थियो । कार्यक्रमले नेपालमा चलिरहेको लोकतन्त्र स्थापनाको आन्दोलनलाई राम्रोसँग समेट्ने गरेको थियो । नेपालमा मार्सल जुलुम शाक्य, देवेन्द्र नेपाली र हरिबोल भट्टराई पक्राउ परेका वेला बिबिसीले प्रसारण गरेको समाचारको झझल्को अहिले पनि छ मेरो सम्झनामा । 
रत्नाकर भारती समाजवादी पृष्ठभूमिका व्यक्ति थिए । भारतका समाजवादी नेताहरूसँग उनको राम्रो सम्बन्ध थियो । सन् १९७५ मा प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा संकटकाल लगाएर शासन गर्न थालेपछि सर्वोदय आन्दोलनका सूत्रधार जयप्रकाश नारायणको नेतृत्वमा भएको सम्पूर्ण क्रान्ति आन्दोलनपछि भएको चुनावमा रत्नाकर भारतीले चुनाव लडेका थिए । राजनीतिप्रति पत्रकारहरूको आकर्षणको एक उदाहरण हो यो । 

डा. राममनोहर लोहियाको समाजवादी विचार र आन्दोलनबाट नेपालका युवा प्रभावित थिए । यो प्रभावको पहिलो सूत्र थिए– प्रदीप गिरि । जो नेपालमा समाजवादी आन्दोलनको संरचनामा लागेका थिए । रत्नाकर भारतीसँग उनको सम्बन्धले पनि बिबिसीबाट नेपाली आन्दोलनका समाचार प्रसारण सहज बनेको थियो । 
यद्यपि, त्यतिवेला बिबिसीले नेपाली भाषामा नियमित कार्यक्रम चलाउन थालिसकेको थियो । मोटामोटी रूपमा रेडियो नेपालबाट प्रसारित हुने कार्यक्रमहरूको कार्बन कपीझैँ लाग्ने नेपाली कार्यक्रममा नेपाली राजनीतिको चर्चा कमै हुने गथ्र्यो । सञ्चालक खगेन्द्र नेपाली कार्यक्रमलाई आकर्षक र जीवन्त बनाउन चाहन्थे ।

खगेन्द्र नेपालीमा कस्ता सामग्रीले रेडियो कार्यक्रम आकर्षक बन्छ भन्ने ज्ञान प्रचूर थियो । स्वतन्त्रता र उदात्त समाजको माग गर्दै चेतनशील जनताले देश तताएको त्यो समयमा ‘त्यो तारा मात्रै होइन, जून पनि झारी दिउँला’ जस्ता गीत बजाएर कार्यक्रम जीवन्त हुने त कुरै थिएन । उनी कार्यक्रमलाई जीवन्त बनाउने सामग्रीको प्रयोग गर्न स्वतन्त्र थिएनन् । नेपाली राजा र बेलायती राजाबीच सुमधुर सम्बन्ध थियो त्यो वेला । त्यो सुमधुर सम्बन्धको सम्मान गर्नुपर्ने बाध्यताको सिर्जना गरेको थियो, बेलायतकी महारानी एलिजाबेथको सरकारले । अहिले नेपाल गणतान्त्रिक देशमा परिवर्तित भइसकेको छ । देशमा पूर्ण स्वतन्त्रता स्थापित भइसकेको छ । तैपनि, अतीतका ती ‘ह्यांग ओभर’ बाँकी नै छन् । ती ह्यांग ओभरको प्रभावमा बाँचेका छन्, हाम्रा देशका बुद्धिजीवी, विचारक, विश्लेषक, प्राध्यापक र पत्रकारहरू । 

बिहीबार बिहानै एउटा समाचारको शीर्षकले मलाई अलिकति झस्कायो । समाचार र समाचारका शीर्षक दुवै अनौठो प्रकृतिको थियो । समाचारमा अहिलेसम्म के वस्तु हो ? भनेर कसैले पनि टुंगो लगाउन नसकेको वैकल्पिक राजनीतिको चर्चा थियो । चर्चाका लागि दुई पात्र खडा गरिएका थिएः डा. बाबुराम भट्टराई र रवीन्द्र मिश्र । यी दुई पात्रबीच कुनै तादात्म्य स्थापित हुनै सक्दैन । डा. बाबुरामसँग धेरैका विमति होलान् । त्यो ठिकै छ । तर, पत्रकारका हिसाबले म डा. बाबुराम र रवीन्द्रलाई समान मूल्यमा तुलना गर्नै सक्दिनँ । यस्तो तुलना भ्रामक हुन्छ । संघर्षको निरन्तरतामा हुर्केका डा. बाबुरामको चरित्रले वेलावेलामा तरलताको सीमा उल्लंघन गर्छ । पूरा पढ्नुहोस्


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल

पल प्रकरण : रंग पत्रकारको हैसियत देखाउने घटना

ईश्वरकुमार मैनाली -टेलिभिजनको भिडियो सम्पादक हुँदै म्युजिक भिडियोमा प्रवेश गरेका पूर्णविक्रम शाह उर्फ पल शाह नेपाली चलचित्रका स्थापित नायक हुन्।