ओझेलमा विकास पत्रकारिता

ओझेलमा विकास पत्रकारिता

  • आषाढ २३, २०७९ बिहीबार १५:५५

मुना बराल-


विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै आएको हो । राणा शासक श्री ३ जुद्धशमशेरले १९९० सालको भूकम्पपछि आधुनिकीकरण र पूर्वाधार विकासको जग बसाउने उद्देश्यले युरोपेली पूर्वाधार विकास अनुसरण गर्न अध्ययन टोली नै पठाएका थिए । तीन दशक लामो निरङ्कुश पञ्चायती कालखण्डमा पूर्वाधार विकासका एजेन्डा जोडतोडले उठाइएको हो । त्यतिबेला पूर्वाधार विकासका अवधारणा र बहसमा जोड दिइएको थियो । 

अहिले विकाससम्बधी बहस सामाजिक, आर्थिक, पर्यावरण, मानव विकास आदिसम्म आइपुगेको छ । हामी भने पूर्वाधार विकासमा निकै पछाडि छौँ । उदाहरण खोज्न अन्यत्र जानु पर्दैन, राजधानीजस्तो ठाउँमा चुनावको मूल एजेन्डा फोहोर व्यवस्थापन भएबाट स्पष्ट हुन्छ ।

२०४७ पछि तीन दशकदेखि पालैपालो शासन सत्तामा पुगेका राजनीतिक दलले विकासलाई मूल लक्ष्य बताउँदै आएका छन् । प्रत्येक दलले विकासलाई चुनावी एजेन्डामा प्राथमिकता साथ राखेका छन् । सरकारको नीति तथा कार्यक्रम र बजेट भाषणमा पूर्वाधार तथा आर्थिक विकास प्राथमिकताका साथ कार्यक्रममा समेटिएको हुन्छ तर कार्यक्रम कार्यान्वयनमा त्यस्तो भएको पाइँदैन । 

विकाससम्बन्धी एजेन्डा चर्को सुनिए पनि त्यसलाई नेपालका मिडिया र पत्रकारिता जगत्ले कसरी स्थान दिएका छन् भन्ने एउटा महìवपूर्ण बहसको विषय हो । खासमा विकास राजनीतिक वा प्रशासनिक काम मात्र होइन, पत्रकारिताको पनि जिम्मेवारीभित्र पर्छ । धेरै विकासोन्मुख र अल्पविकसित मुलुकमा विकास र पत्रकारितालाई लिएर बहस हुन थालेको हो । सन् १९६० को देशकदेखि नै सुरु भएको यो बहस सात दशकपछि पनि नेपालको सन्दर्भमा उत्तिकै सान्दर्भिक देखिन्छ ।

मूलतः विकाससम्बन्धी बहस, धारणा र घटनाक्रमलाई सञ्चार माध्यममा पर्याप्त स्थान दिएर विकासका लक्ष्य प्राप्तिका लागि प्रत्यक्ष÷परोक्ष सहयोग पुर्‍याउनु विकास पत्रकारिताको उद्देश्य हुन्छ । पञ्चायतकालमा तत्कालीन राजा महेन्द्रले सञ्चार माध्यमलाई विकासका लागि उत्प्रेरकको भूमिकामा उपयोग गर्न ‘विकासका लागि सञ्चार’ योजना नै ल्याएका थिए । उतिबेलै गोर्खापत्रलगायत सरकारी सञ्चारमाध्यममा विकाससम्बन्धी यथेष्ठ समाचार आउँथ्यो, विशेषगरी घरगाउँका खबर र विषयवस्तुलाई सञ्चारमाध्यमले स्थान दिनुलाई विकास पत्रकारिताका रूपमा हेरिएको पाइन्छ ।

२०४६ मा प्रजातन्त्र पुनर्बहालीसँगै विकाससम्बन्धी बहस अझ ट्डकारो सुनिएको हो । मिडियामा विकासका समाचार र विचारले भने राजनीतिक वा अन्य सामाजिक आर्थिक विषयवस्तुको तुलनामा निकै न्यून प्राथमिकता पाएको पाइन्छ । त्यस्ता समाचार र विषय वस्तुमाथि फलोअप पनि बिरलै हुने गरेको छ । 

पूरा पढ्नुहोस्


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल

पल प्रकरण : रंग पत्रकारको हैसियत देखाउने घटना

ईश्वरकुमार मैनाली -टेलिभिजनको भिडियो सम्पादक हुँदै म्युजिक भिडियोमा प्रवेश गरेका पूर्णविक्रम शाह उर्फ पल शाह नेपाली चलचित्रका स्थापित नायक हुन्।