सङ्कटमा मिडियाको नैतिक दायित्व

सङ्कटमा मिडियाको नैतिक दायित्व

@glenncarstenspeters from unsplash.com
  • जेठ २२, २०७८ शनिबार २२:०७

डा. कुन्दन अर्याल


संसारमा दिनहुँ हुने हरेक घटना वा गतिविधि समाचार बन्दैनन् । छानिएका केही विषयमा वा घटनाले मिडियामा ठाउँ पाउँछन् । यस सम्बन्धमा मिडियाका आफ्नै तर्कहरू हुन्छ, जसअनुसार न्यूज भ्यालु वा समाचारीय मूल्य तय गरिन्छन् । तर वितेको एक वर्षको अनुभवका आधारमा नेपाली मिडियामा कोभिड–१९ सम्बन्धी सामग्रीका छनोटका मापदण्डसम्बन्धी छलफल गर्न जरुरी देखिएको छ । कागज, स्क्रीन वा आवाज र छविमा आइरहेका पठन सामग्री वा श्रव्य दृश्य सामग्री सारभूत रूपमा कोभिड–१९ विरुद्धको लडाइँमा कतिसम्म प्रभावकारी भइरहेका छन् ? यो विषयमा सर्वप्रथम मिडियासँग सम्बन्धित सङ्घ–संस्था वा पत्रकारहरूले नै समीक्षा गर्नु पर्छ ।

पहिलो, कोभिड–१९ का विरुद्ध जनतादेखि सरकारसम्मलाई मिडियाले कति सजग बनाउँदै आएका छन् ? दोस्रो, खासगरी सामाजिक सञ्जाल वा अव्यावसायिकद्वारा सञ्चालित अफवाहहरू चिरेर सुसूचनाको प्रवाह गर्ने मामिलामा व्यावसायिक मिडिया कतिसम्म प्रभावकारी ठहरिएका छन् ? तेस्रो, विश्वभरका मानव समुदायका सामु अकल्पनीय चुनौतीका रूपमा आएको महामारीको समाचार मूल्यको निर्धारण नीति सरदरभन्दा माथि किन उठ्न सकेको देखिंँदैन ? आम रूपमा आएका मिडियाका सामग्रीहरूका आधारमा यस्ता केही प्रश्नहरूमा विमर्श अघि बढाउनु पर्ने देखिन्छ । यस वर्षको लोकतन्त्र दिवसका दिनसम्म नेपालगञ्जमा महामारी निकै फैलिइसकेको थियो । अस्पतालको क्षमताभन्दा बढी सङ्क्रमित उपचारको आशामा थिए । तर त्यसताका वा त्यसपछिको मिडियाका विषयवस्तुलाई मात्र सर्सर्ति हेर्ने हो भने पनि सारभूत रूपमा गम्भीरता उजागर हुन बाँकी नै रहेको देखिन्छ । डा. अर्यालको पूरा लेख गोरखापत्रमा पढ्नुहोस् । 


Related Story

सञ्चार सामग्री जफत गर्नु संविधानको ठाडो उल्लंघन : पत्रकार महासंघ

जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको

किशोर श्रेष्ठ पक्राउ प्रकरणमा महिला आयोग अध्यक्षको आफ्नै पीडा र गम्भीर खुलासा

'पटक पटक प्रेस काउन्सिल जाँदा पनि न्याय पाइनँ' जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननको मुद्दामा पक्राउ गरेपछि

किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिल नेपालः ‘कार्यालयमा प्रहरी छापा’ को विरोध गर्दै पत्रकारलाई पनि जिम्मेवार बन्न आग्रह

प्रेस काउन्सिलले किशोर श्रेष्ठ पक्राउ र उनको सञ्चार गृहमा छापा मारिएको शैलीप्रति आपत्ति जनाउँदै पत्रकारहरूलाई स्वतन्त्रताको नाममा स्वच्छन्द नहुन आग्रह

किशोर श्रेष्ठ पक्राउ प्रकरणः के भन्छ प्रेस काउन्सिल ऐन र आचारसंहिताको ‘विधि’?

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरेपछि सञ्चार जगत् र कानुनी वृत्तमा एउटा बहस सुरु

किशोर श्रेष्ठ पक्राउ अघिका दुई मुख्य घटना

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनको निवासबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक

मिडियाका कटु आलोचक उमेश श्रेष्ठ प्रेस काउन्सिलको नेतृत्त्वमा

नेपाली पत्रकारितामा उमेश श्रेष्ठ 'सालोक्य' एउटा यस्तो नाम हो, जसले गएका दुई दशकदेखि मूलधारका मिडियाका ससाना गल्तीदेखि ठूला विचलनसम्मलाई निर्भयतापूर्वक

फरक फरक निकायमा एउटै व्यक्ति दाबेदारः विज्ञता कि पदको भोक ?

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको नेतृत्वका लागि आवेदन दिएका नामहरूको प्रारम्भिक लेखाजोखा सरकारले प्रेस काउन्सिल नेपाल, गोरखापत्र संस्थान

मोनेटाइजेसन मोहदेखि सीमामा विदेशी मिडियाको अवैध सक्रियतासम्म, पत्रकारितामा देखिएका ७ विकृति

प्रेस काउन्सिल नेपालले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका केही नकारात्मक प्रवृत्तिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिता