अन्ततः पत्रकारको रोकिएको तलब दिन ‘द हिमालयन टाइम्स’ तयार

अन्ततः पत्रकारको रोकिएको तलब दिन ‘द हिमालयन टाइम्स’ तयार

  • जेठ ८, २०८३ शुक्रबार १६:५०

पत्रकार अनुज अरोरा र ‘द हिमालयन टाइम्स’ को प्रकाशक संस्था इन्टरनेसनल मिडिया नेटवर्क नेपाल प्रालिबीचको लामो पारिश्रमिक विवाद अन्ततः सहमतिमा टुङ्गिएको छ । 

२०८३ जेठ ७ गते बिहीबार श्रम तथा रोजगार कार्यालय, टेकुको रोहवरमा दुवै पक्षबीच निर्णय कार्यान्वयन गर्ने सहमति भएसँगै विवाद समाधानतर्फ मोडिएको हो ।

श्रम अदालत र श्रम तथा रोजगार कार्यालयको फैसला बमोजिम अरोराले पाउनुपर्ने २० लाख ५ सय ५५ रुपैयाँ ९४ पैसामध्ये १५ प्रतिशत कर कट्टा गरी १७ लाख ४ सय ७२ रुपैयाँ ५५ पैसाको चेक उक्त संस्थाले अरोरालाई हस्तान्तरण गरेको छ । 

निर्णय कार्यान्वयनका लागि दुई पक्षबीच भएको सहमति पत्रमा प्रतिष्ठानका तर्फबाट व्यवस्थापन प्रतिनिधि प्रभाशंकर श्रीवास्तवले नेपाल इन्भेस्टमेन्ट बैंकको चेक (नं. ३०१३******) अरोरालाई हस्तान्तरण गरिएको उल्लेख छ । 

के विचाराधीन मुद्दाले फैसला कार्यान्वयन रोक्छ? ‘द हिमालयन टाइम्स’ को दाबी र कानुनी यथार्थ के विचाराधीन मुद्दाले फैसला कार्यान्वयन रोक्छ? ‘द हिमालयन टाइम्स’ को दाबी र कानुनी यथार्थ

पत्रकार अरोराले उक्त चेक प्रतिष्ठानको रोक्का भएका बैंक खाता फुकुवा भएपछि मात्र प्रयोग गर्ने सहमति भएको छ । 

सोही आधारमा श्रम कार्यालयलाई कम्पनीको चल/अचल सम्पत्ति र कारोबारमा लगाइएको रोक्का फुकुवा गर्न दुवै पक्षले अनुरोध गरेका छन् ।

यदि खाता फुकुवा भएपछि पनि चेक साटिएन वा बाउन्स भएमा प्रतिष्ठानको बैंक खाता पुनः रोक्का गर्न कम्पनीले मन्जुरी दिएको छ ।

“रोक्का खाता फुकुवा भएपश्चात पनि चेक cash नभएमा वा बाउन्स भएमा प्रतिष्ठानको खाता पुनः रोक्का भएमा प्रतिष्ठानको कुनै आपत्ति नहुने….”, सहमतिपत्रमा उल्लेख छ । 

२०६० सालदेखि दुई दशकसम्म उक्त संस्थामा समाचार सम्पादक पदमा काम गरेका अरोराले २०७६ सालदेखि आफ्नो पारिश्रमिक पूर्ण रूपमा पाएका थिएनन् । 

अरोराले श्रम कार्यालय र अदालतको आदेशअनुसार दुई वर्ष पहिला नै आफूले पाउनुपर्ने पारिश्रमिकमा ढिलाई गरिएकाले क्षतिपूर्ति पनि पाउनुपर्ने बताउँछन् । 

“भुक्तानी ढिलाइका लागि मैले क्षतिपूर्ति पनि पाउनुपर्ने हो तर त्यस सम्बन्धमा अझै अन्यौल छ । अहिलेलाई मैले पाउनुपर्ने रकमको चेक बुझेको छु”, अरोराले भने, “सहमतिपत्रमा चेक बाउन्स भएमा उनीहरूको खाता पुनः रोक्का गरिने प्रष्ट लेखिएकाले चेक बाउन्स हुँदैन भन्ने मलाई विश्वास छ ।”

श्रम तथा रोजगार कार्यालयले २०८१ असार ५ गते नै अरोराको पक्षमा फैसला गरेको थियो । तर, कम्पनीले 'मुद्दा विचाराधीन' रहेको दाबी गर्दै भुक्तानीमा आलटाल गरेपछि सर्वोच्च अदालतसम्म यो विवाद पुगेको थियो ।

२०८२ चैत २ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले फैसला कार्यान्वयन रोक्ने कम्पनीको माग अस्वीकार गरेपछि श्रम कार्यालयले २०८३ वैशाख २१ गते कम्पनीको देशभरका बैंक खाता र सम्पत्ति रोक्का गर्ने कडा कदम चालेको थियो । 

सोही दबाबका कारण अन्ततः व्यवस्थापन पक्ष अरोरालाई भुक्तानी दिन तयार भएको देखिन्छ । 

सहमतिसँगै दुई दशक 'द हिमालयन टाइम्स' मा बिताएका पत्रकार अरोराको पारिश्रमिक विवादको कानुनी प्रक्रिया अन्त्य हुने देखिएको छ । 


Related Story

पत्रकारहरूको प्रश्न – तलब त नदिने मिडियाले अरु सुविधा दियो भनेर कसले पत्याउँछ?

कोभिडदेखि नै तलबमा ठगिएका अन्नपूर्ण मिडिया नेटवर्कका ११ पत्रकारको श्रम कार्यालयलाई मार्मिक पत्र अन्याय र बेथितिका आवाजलाई आम नागरिकसम्म पुर्याउने पत्रकार

अन्नपूर्ण पोस्ट्मा सामूहिक राजीनामा: श्रम दायित्व छल्न व्यवस्थापनको यस्तो जुक्ति

श्रम दायित्वबाट पन्छिन व्यवस्थापनले सामूहिक राजीनामा गराएपछि अन्नपूर्ण मिडिया नेटवर्कका पत्रकार/कर्मचारी पर्ख र हेर को अवस्थामा अन्नपूर्ण मिडिया नेटवर्कमा लामो समयदेखि

के विचाराधीन मुद्दाले फैसला कार्यान्वयन रोक्छ? ‘द हिमालयन टाइम्स’ को दाबी र कानुनी यथार्थ

सरकारको आदेश तथा अदालतको फैसला कार्यान्वयन गर्न अटेर गरी बैंक खाता र सम्पत्ति रोक्का हुँदा पनि द हिमालयन टाइम्स ले

पत्रकारलाई पारिश्रमिक दिन अटेर गरेपछि 'द हिमालयन टाइम्स' को बैंक खाता र सम्पत्ति रोक्का

सर्वोच्च अदालतले समेत फैसला कार्यान्वयन रोक्न अन्तरिम आदेश दिन नमानेपछि द हिमालयन टाइम्स गम्भीर कानुनी र आर्थिक संकटमा श्रम तथा रोजगार

श्रमजीवी पत्रकारले हक माग्नु वैधः उच्च अदालत, रिपब्लिक मिडियाको निषेधाज्ञा खारेज

उच्च अदालत पाटनले श्रमजीवी पत्रकारको हक अधिकारका लागि महासंघले आवाज उठाउनुलाई न्यायोचित ठहर्याएको छ नेपाल रिपब्लिक मिडिया लिमिटेडले नेपाल पत्रकार महासंघ

नेपाल रिपब्लिक मिडियाको श्रम शोषणप्रति आईएफजेको गम्भीर चासो

नेपाल रिपब्लिक मिडियामा तत्काल श्रम शोषण अन्त्य गर्न सचेत गराउँदै आईएफजेले भन्यो- 'पारिश्रमिक बिना प्रेस स्वतन्त्रता फस्टाउन सक्दैन' नेपाल रिपब्लिक मिडिया

नागरिक दैनिकका सञ्चालक र प्रधान सम्पादकसहित चार जनाविरुद्ध अदालतको अवहेलना मुद्दा

श्रम अदालतको फैसला कार्यान्वयन नगरेको आरोपमा १ वर्ष कैदको माग नेपाल रिपब्लिक मिडिया लिमिटेड (नागरिक दैनिक) का सञ्चालक, प्रधान सम्पादक तथा

सामाजिक सुरक्षा कोषमा जान रिपब्लिक मिडिया सहमत, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने

नागरिक तथा रिपब्लिका दैनिकमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग गर्दै आन्दोलनरत पत्रकार र व्यवस्थापनबीच सहमति भएको छ । नेपाल रिपब्लिक मिडिया